सडकमा निस्किँदा मास्क अनिवार्य, नलगाए पक्राउ

काठमाडौंं । लकडाउन जारी रहेका बेला सडकमा भिडभाड बढ्न थालेपछि गृह मन्त्रालयले घर बाहिर निस्कँदा मास्कको प्रयोग अनिवार्य गरेको छ ।  सोमबार गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालय र देशभरका जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिँदै सडकमा हिँड्दा मास्कको प्रयोग अनिवार्य गराउन भनेको हो ।

लकडाउन जारी रहेका बेला आमसर्वसाधारणलाई काम नपरी घर बाहिर ननिस्कन भनेको मन्त्रालयले मास्क नलगाई अटेर गरी जथाभावी रूपमा सडकमा निस्किए पक्राउ गरिने जनाएको छ । गृह मन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारीले अब मास्क नलगाई घरबाहिर निस्कनेलाई पक्राउ गरी संक्रामक रोग ऐन २०२० अनुसार कारबाही गरिने बताए ।

‘कोरोना संक्रमणको खतरा कायमै छ, लकडाउनसमेत जारी छ, यस्तो अवस्थामा काम नपरी घरबाट बाहिर ननिस्कन र निस्कनै परे मास्क प्रयोग गर्न भनेका हौं । मास्क नलगाई हिँडे प्रहरीले पक्राउ गर्न सक्छ,’ अधिकारीले भने ।
प्रहरीले सोमबारबाटै मास्क नलगाई सडकमा हिँड्नेहरूलाई पक्राउ गर्न थालिएको र देशभर मातहतलाई सोहीअनुसार गर्न निर्देशन गरिएको बताएको छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं डिआइजी निरजबहादुर शाहीले सडकमा हिँड्दा मास्कको प्रयोग अनिवार्य गरिएको र मास्क प्रयोग नगर्नेलाई पक्राउ गरिने बताए ।

‘सडकमा हिँड्दा मास्कको प्रयोग अनिवार्य गरिएको र मास्क प्रयोग नगर्नेलाई पक्राउ गर्न देशभरका मातहतका निकायलाई निर्देशन भइसकेको छ,’ केन्द्रीय प्रहरी प्रवक्ता शाहीले भने ।

गृहले आम सर्वसाधारणमा जरुरी कामबाहेक घरबाहिर ननिस्कन, निस्कँदा अनिवार्य मास्क लगाउन तथा एकअर्काबीच कम्तीमा दुई मिटरको सामाजिक दूरी कायम गर्न पटक पटक आग्रहसमेत गरिसकेको छ ।

सोमबार कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समिति (सिसिएमसी)को बैठकमा भएको छलफलमा गृहसचिव महेश्वर न्यौपानेले संक्रमण कायमै रहेका कारण थप सतर्कता आवश्यक रहेको बताएका थिए ।

बैठकलगत्तै गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालय र जिल्ला प्रशासन कार्यालयलाई मास्क प्रयोग नगर्ने र अटेर गर्नेलाई कारबाही गर्न निर्देशन दिएको हो ।

तपाइको प्रतिक्रिया
(Visited 503 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ– एमडीएमएस खरिद अनियमितताको अन्तरकथा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
‘हेभिवेट’ नेताको भिडन्तले सिन्धुपाल्चोकमा राेचक प्रतिस्पर्धा