मन्त्रीलाई कालोमोसो दल्ने चेतावनी

सामाजिक विकास मन्त्री नवलकिशोर साह ।

जनकपुरधाम । राष्ट्रिय जनता पार्टीका एकजना प्रभावशाली नेताले प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहलाई कालोमोसो दल्ने चेतावनी दिएका छन् । राजपा धनुषा अध्यक्ष मण्डलका सदस्य ज्ञानेन्द्र झा ज्ञानुले स्वयम् आफ्नो फेसबुकमा लेखेका छन् ‘हिम्मत भए जनकपुरको कुनै कार्यक्रममा सहभागी भएर देखाउनुस्, कालोमोसे दल्छौं । हामी पनि आफ्नो औकात देखाछौं ।’

नेता झाजस्तै धनुषाका अन्य केही युवा नेता कार्यकर्ताले मन्त्री साहलाई कालोमोसो गर्ने चेतावनी समाजिक सञ्जालबाट दिएका छन् । नेता झाले मन्त्री साहलाई पदबाट हटाउन पार्टी नेतृत्वसँग आग्रह गरेका छन् । यस विषयमा आज पार्टीका शीर्ष नेतृत्वलाई ज्ञापनपत्र बुझाउने र नहटाएसम्म संघर्षको कार्यक्रम गर्ने उनले बताए ।

मन्त्री साहले आफूलाई दुव्यर्हार गरेको नेता झाले आरोप लगाएका छन । मन्त्री साह पनि राजपाकै नेता हुन् । राजपाका प्रदेश सांसद जानकीशरण साहसँगै नेता झा शुक्रबार दिउँसो मन्त्री साहसँग भेटघाट गर्न मन्त्रालयकै चेम्बरमा पुगेका थिए । मन्त्री र मन्त्रालयको विषयमा अपरादर्शीता, भ्रष्टाचारलगायतको व्यापक जनगुनासो बढेको भनेपछि मन्त्री साहले दुव्यर्हार गरेको नेता झाले आरोप लगाए ।

‘तपाईं आफ्नो क्षेत्रमा मात्रै केन्द्रित भएर किन बजेट विनियोजन गर्नुहुन्छ ? प्रदेशका सबै जिल्लामा समानूपातिक ढंगले बजेट विनियोजन किन गर्नु हुन्न ? तपाईंको यस्ता कार्यशैलीप्रति प्रदेशका जनता रुष्ट छन्, जनगुनासो बढिरहेको छ, मन्त्रालयमा पारदर्शिता छैन, लगायतका कुरा भनिरहँदा मन्त्री साह एक्कासि आफूमाथि जाइलागेको नेता झाले बताए ।

राजपा धनुषा अध्यक्ष मण्डलका सदस्य ज्ञानेन्द्र झा ज्ञानु

‘मन्त्री साहले तपाईंको औकात नै के छ र ?’ भनेर आफूलाई अपमानित गरेको नेता झाको भनाइ छ । ‘मैले त उहाँलाई जनगुनासो बढेको छ । जनता असन्तुष्ट छन् भनेर कार्यशैली सुधार गर्न आग्रह गरेको थिएँ । तर उल्टै उहाँ ममाथि नै जाइलागे’ नेता झाले भने । बोल्नसमेत नजान्ने राजपाको तर्फबाट मन्त्री भएर घुर्की देखाउनु खेदजनक रहेको नेता झाको भनाइ छ ।

घटना पश्चात राजपाका धनुषा जिल्ला नेता कार्यकर्ताले मन्त्री साह जनकपुरधामको कुनै कार्यक्रममा सहभागी भए कालोमोसो गर्ने चेतावनी दिएका छन् । यसअघि पनि मन्त्री साहले पत्रकारलाई जुत्ताले हिर्काउने एक सार्वजनिक कार्यक्रममा अभिव्यक्ति दिएका थिए । त्यसपछि एकदिन मन्त्रालयकै कुर्सीमा बसेर तथानाम गाली गरेको भिडियो सार्वजनिक भएको थियो । एउटा कार्यक्रममा उनले ‘मेयरहरु पागल’ भनेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 84 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

रुपन्देहीमा सत्ता गठबन्धनको क्लिन स्विप, गृहमन्त्रीलाई बोहराले हराए

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – कार्तिक ३०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – कार्तिक ३०, २०७९