५३ अर्ब ३८ करोडको विदेशी लगानी प्रतिबद्धता

काठमाडौं । चालू आर्थिक वर्षको अन्तिम महिना २१ असारसम्ममा ५३ अर्ब ३८ करोड ७ लाख ३४ हजारको विदेशी लगानीको प्रतिबद्धता भएको छ । पछिल्लो समय स्वदेशमा लगानीको वातावरण राम्रो बन्दै गएपछि विदेशी लगानी प्रतिबद्धतामा सकारात्मक देखिएको छ । उद्योग विभागका अनुसार चालू आर्थिक वर्षको अन्तिम महिना २१ असारसम्ममा उद्योग विभागमा २ सय १३ वटा विदेशी लगानीको उद्योग दर्ता भई ५३ अर्ब ३८ करोड ७ लाख ३४ हजार

रुपैयाँको विदेशी लगानी प्रतिबद्धता भएको हो । महामारीका रूपमा फैलिएको कोरोनाका कारण गरिएको लकडाउनबीचमा १० अर्ब ४२ करोडको विदेशी लगानी प्रतिबद्धता भएको विभागले जनाएको छ । १ वैशाखदेखि २१ असारसम्ममा ३६ वटा विदेशी लगानीका उद्योग दर्ता भई १० अर्ब ४२ करोड लगानी प्रतिबद्धता भएको हो । लकडाउनमा चिनियाँ लगानकर्ताले २९ वटा उद्योग दर्ता गरी ५ अर्ब ४२ करोडको लगानी प्रतिबद्धता गरेको छ । लकडाउनमा इन्डियाले भने जम्मा २ वटा उद्योग दर्ता गरेको छ भने १३ करोडको लगानी प्रतिबद्धता गरेको छ । भारत, चीनलगायत विभिन्न मुलुक गरेर लकडाउनको बीचमा १० अर्ब ४२ करोडको विदेशी लगानी प्रतिबद्धता भएको विभागले जनाएको छ ।

विभागका अनुसार गत आर्थिक वर्ष २०७५-७६ को ३१ असारसम्ममा ३१ अर्ब ५२ करोडको विदेशी लगानी प्रतिबद्धता भएको थियो भने चालू आर्थिक वर्ष २०७६-७७ को २१ असारसम्ममा ५३ अर्ब ३८ करोड विदेशी लगानीको प्रतिबद्धता भएको छ । गत वर्षको लगानी प्रतिबद्धतासँग तुलना गर्दा यस वर्ष २१ अर्ब ५२ करोड लगानी प्रतिबद्धता बढी हो । गत आर्थिक वर्षमा ३१ असारसम्ममा ३ सय ४४ वटा उद्योग दर्ता भई ३१ अर्ब ५२ करोड विदेशी लगानी प्रतिबद्धता भएको थियो । नेपालमा लगानी प्रतिबद्धता गर्नेमा छिमेकी मुलुक चीन र भारत रहेका छन् । विगतका वर्षमा नेपालमा लगानी गर्न आकर्षित भारत थियो भने पछिल्लो समय नेपालमा लगानी प्रतिबद्धता गर्नेमा सबैभन्दा अघि चीन देखिएको विभागले जनाएको छ ।

चालू आर्थिक वर्षको अन्तिम महिना २१ असारसम्ममा ५३ अर्ब ३८ करोड विदेशी लगानी प्रतिबद्धतामध्ये २३ अर्ब ९८ करोड चिनियाँ लगानीकर्ताले लगानी प्रतिबद्धता गरेको छ । चालू आर्थिक वर्षको २१ असारसम्ममा भारतीय लगानीकर्ताले विभागमा १६ वटा उद्योग दर्ता गरेका छन् भने १० अर्ब २३ करोड लगानी प्रतिबद्धता गरेको छ ।

विभागमा अनुसार चिनियाँ लगानीकर्ता सबैभन्दा धेरै पर्यटन क्षेत्र र सेवामुलूक क्षेत्रमा आकर्षित छन । चिनियाँ लगानीकर्ताले २१ असारसम्ममा विभागमा १ सय ६३ वटा उद्योग दर्ता गरेका छन् । जसमध्ये सबैभन्दा धेरै पर्यटन क्षेत्रमा र सेवामुलूक उद्योग दर्ता गरेका छन् । यसैगरी सूचना प्रविधि, पूर्वाधार निर्माणमा, कृषिजन्य उद्योग रहेका छन् । १ सय ६३ मध्येमा ६४ वटा पर्यटन उद्योग दर्ता गरेका छन् ८ अर्ब ९० करोडको लगानी प्रतिबद्धता गरेको छ ।

यस्तै, सेवामुलूक ५२ वटा उद्योग दर्ता गरेका छन् भने ७ अर्ब ६१ करोड लगानी प्रतिबद्धता गरेको छ । सूचना प्रविधिमा २८ वटा उद्योग ५ अर्ब २८ करोड लगानी प्रतिबद्धता गरेको छ । पूर्वाधार निर्माणमा १६ वटा उद्योग १ अर्ब ८६ करोड र कृषिजन्यमा तीनवटा उद्योग ३१ करोड ५ लाख लगानी प्रतिबद्धता गरेको छ । विभागका अनुसार २१ असार भारतबाट कृषिजन्य उद्योगमा २२ करोड, ऊर्जामा आधारित उद्योगमा ५ अर्ब ८२ करोड, सूचना प्रविधिमा १५ करोड, पूर्वाधारमा ६१ करोड, सेवामुलूकमा ३ अर्ब २८ करोड, पर्यटन क्षेत्रमा १५ करोड लगानी प्रतिबद्धता गरेको छ ।

यसैगरी, बेलायतले ६ अर्ब ६६ करोड लगानी प्रतिबद्धता गरेको छ भने अमेरिकाले ४ अर्ब ६८ करोड लगानी प्रतिबद्धता गरेको छ । बेलायतले ऊर्जामा आधारित उद्योगमा ५ करोड, सूचना प्रविधिमा ५ अर्ब ९१ करोड, सेवा मुलुकमा २५ करोडमा लगानी प्रतिबद्धता गरेको छ । यस्तै, अमेरिकाले ऊर्जामा आधारित ४ अर्ब ३७ करोड, सूचना प्रविधिमा २० करोड र पर्यटन क्षेत्रमा ११ करोड लगानी प्रतिबद्धता गरेको छ ।

यसैगरी, बंगलादेशले पूर्वाधार र पर्यटनमा २० करोड लगानी प्रतिबद्धता गरेको छ । पूर्वाधारमा १५ करोडको लगानी प्रतिबद्धता गरेको छ भने पर्यटन क्षेत्रमा ५ करोड लगानी प्रतिबद्धता गरेको छ । अस्ट्रेलियले सूचना प्रविधिमा १० करोड, क्यानाडाले पूर्वाधारमा ५ करोड, फ्रान्सले पर्यटन क्षेत्रमा २५ करोड, जापानले २० करोड र मलेसियालगायतका विभिन्न मुलुकले लगानी प्रतिबद्धता गरेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 287 times, 1 visits today)

epaper

ताजा समाचार

सुनसरीमा लागूऔषध बरामद र भ्रामक भिडियो प्रकरणमा खास भएको के हो ?