Tuesday, August 11, 2020
Home भर्खरै साढे तीन महिनापछि सार्वजनिक यातायात सञ्चालन

साढे तीन महिनापछि सार्वजनिक यातायात सञ्चालन

काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रणका लागि गरेको लकडाउनको करिब साढे तीन महिनापछि सार्वजनिक यातायात खुला गरेको छ । सरकारले उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरभित्र र बाहिरका जिल्लामा सम्बन्धित जिल्लाभित्र मात्र सञ्चालन गर्न मिल्ने गरी सार्वजनिक सवारी साधन सञ्चालन गर्न दिने निर्णय गरेको हो । सरकारले छोटो दुरीका सवारी साधन सञ्चालन गर्न दिने निर्णय गरे पनि लामो दुरीको सवारी चलाउन अनुमति दिएको छैन ।

सरकारका प्रवक्ता, अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै बिहीबार छोटो दुरीका सार्वजनिक यातायातका साधन सञ्चालन गर्न दिने निर्णय भएको जानकारी दिए । सार्वजनिक यातायात सञ्चालकले सुरक्षाका मापदण्ड पूरा गरेर यातायात सञ्चालन गर्न सकिने उनको भनाइ छ ।

सरकारले सिट क्षमताको बढीमा आधा यात्रु राखेर छोटो दुरीको यातायात सञ्चालन गर्न दिने निर्णय गरेको हो । अब कुल संख्याको आधा मात्र सिटमा यात्रु राखेर बस सञ्चालन गर्न पाइने भएको छ । सिट क्षमता आधा मात्र प्रयोग हुने भएपछि भाडादर भने दोब्बर बढाइएको छ । अब सार्वजनिक यातायातमा ५० प्रतिशतसम्म भाडा वृद्धि हुने भएको छ ।

– बस र ट्याक्सी सञ्चालन गर्न पाइने
– उपत्यकाभित्र र जिल्लाभित्र मात्र सञ्चालन
– आधा सिट मात्र प्रयोग हुने, भाडा दोब्बर वृद्धि
– लामो दुरीका सवारी खुलाइएन

सरकारका प्रवक्ता डा. खतिवडाले सिट क्षमताअनुसार सञ्चालन नहुने भएकाले सञ्चालन खर्चका लागि हाल कायम भाडाको ५० प्रतिशत थपेर लिन पाउने निर्णय भएको बताए । सार्वजनिक सवारी साधनको हकमा ५० प्रतिशत भाडा वृद्धि भए पनि ट्याक्सीको भाडा भने बढाइएको छैन । ट्याक्सीले बढी भाडा लिन नपाउने प्रवक्ता खतिवडाले जनाए ।

सार्वजनिक यातायात सञ्चालन गर्दा चालक र सहचालकले मास्क र पन्जा अनिवार्य लगाउनुपर्नेछ । ढोका र यातायातका साधनभित्र स्यानिटाइजर राख्नुपर्नेछ भने यात्रुले पनि मास्क अनिवार्य लगाउनुपर्ने नियम बनाइएको छ । सार्वजनिक यातायात सञ्चालन गर्दा सामाजिक दूरी कायम गर्न सिटको एउटा पंक्तिमा एक जना मात्र राख्न पाइने नियम छ ।

यस्तै, एक दिनमा कम्तीमा एकपटक अनिवार्य रूपमा यातायातका साधनलाई संक्रमणमुक्त पनि गर्नुपर्नेछ । सरकारले ट्याक्सीको हकमा चालकबाहेक दुई जनासम्म यात्रु राखेर सञ्चालन गर्न दिने निर्णय गरेको हो । एउटै परिवारका सदस्य भएको खण्डमा भने ५ वर्षमुनिका बालबालिकालाई राख्न दिइनेछ ।

ट्याक्सी पनि उपत्यकाको हकमा तीन जिल्ला र बाहिर जिल्लामा सम्बन्धित जिल्लाभित्र मात्र चलाउन पाइने प्रवक्ता खतिवडाले जनाएका छन् । सरकारले गत १० चैत २०७६ का दिन निर्णय गर्दै ११ चैत बिहान ६ बजेदेखि लकडाउन घोषणा गरेको थियो । पटक पटक थप गर्दै ३२ जेठ २०७७ सम्म लकडाउन लम्ब्याएको थियो । पछिल्लो पटक भने जोर–बिजोर प्रणाली लागू गरेर निजी सवारी साधन सञ्चालन गर्न अनुमति दिएको थियो ।

(Visited 694 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

गोंगबु हत्यामा संलग्न आशंकामा एक महिला पक्राउ

काठमाडौं । काठमाडौं जिल्ला टोखा नगरपालिका–१० नवज्योतिमार्ग गोंगबुमा हत्या गरी फालिएका दाङका कृष्णबहादुर बोहराको हत्यामा संलग्न भएको आशंकामा प्रहरीले चितवनबाट एक महिलालाई पक्राउ गरेको...

सिन्धुलीको कमलामाई नगरपालिकामा मंगलबारदेखि लकडाउन

सिन्धुली । कमलामाई नगरपालिकाले मंगलबार राति १२ बजेदेखि लागु हुने गरी एक हप्ताका लागि नगरपालिका भित्र अत्यावश्यक सेवा बाहेक सबै सेवा बन्द गर्ने निर्णय...

थप ३३८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २३ हजार नाघ्यो

काठमाडौँ । नेपालमा थप ३३८ जनामा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा आठ हजार ४३२...

सप्तरीमा निषेधाज्ञा थप एक साता बढाइयो

राजविराज । कोरोना जोखिम न्युनिकरणका लागि सप्तरी जिल्लामा गरिएको निषेधाज्ञा प्रशासनले मंगलबारदेखि एक साताका लागि बढाउने निर्णय गरेको छ । जिल्ला सुरक्षा संकट व्यवस्थापन समितिको...

भर्खरै

‘रेमडिसिभिर’ दर्ता गर्न विभागको आलटाल

काठमाडौं । औषधि व्यवस्था विभागले कोरोना संक्रमितका लागि प्रभावकारी मानिएको ‘रेमडिसिभिर’ नामक औषधि दर्ता प्रक्रियामा आलटाल गर्दा सो औषधि अवैध तरिकाले नेपाल भित्रिने गरेको...

उपत्यकामा कोरोना सन्त्रास, सरकारी सेवाहरू ठप्प

ललितपुर । काठमाडौं उपत्यकामै कोरोना संक्रमणले सन्त्रास बढाएको छ । उपत्यकामा हालसम्म १ हजार १ सय ७९ जना संक्रमित भेटिएका छन् भने नौ जनाको...

गोंगबु हत्या प्रकरण : भान्छामा घाँटी छिनाइयो, शौचालयमा घुँडामाथिको भाग

काठमाडौं । आइतबार गोंगबुमा मृत भेटिएका व्यक्तिको हत्या आर्थिक लेनदेनका कारण भएको हुन सक्ने प्रहरीको प्रारम्भिक निष्कर्ष रहेको छ । प्रहरीले हत्या भएको घरसमेत...

अन्तरजिल्ला यातायात १६ भदौपछि मात्रै खुल्ने, सीमामा कडाइ सशक्त पारिने

काठमाडौं । सरकारले अन्तरजिल्ला यातायात र बाह्य तथा अन्तरिक हवाई उडान १६ भदौदेखि मात्रै खोल्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले कोभिड—१९ संकट...

धेरै पढिएका

युथ लिगबारे १३ विद्यालयसँग छलफल

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले युथ लिग (यु–१४ र यु–१८) का लागि काठमाडौं उपत्यकाका १३ विद्यालयसँग बुधबार छलफल गरेका छन् । एन्फा अध्यक्ष...

सुदूरपश्चिममा थप ११८ जनामा कोरोना संक्रमण

धनगढी । सुदूरपश्चिम प्रदेशमा बिहीबार थप एक सय १८ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण देखिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ, प्रादेशिक अस्पताल...

नेपालमा अझै पाँच दिन भारी वर्षात हुने

काठमाण्डौ । नेपालमा अझै पाँच दिनसम्म भारी वर्षात हुने भएको छ । न्यून चापीय रेखा नेपाली आकाशमाथि आएर बसेको र उक्त रेखा नहटेसम्म वर्षात...

कावासोतीको क्वारेन्टाइनमा रहेका ३ जना फरार

नवलपुर । पूर्वी नवलपरासीको कावासोती नगरपालिका १ को क्वारेन्टाइनमा रहेका ३ जना मंगलबार विहान फरार भएका छन् । सोमबार भारतबाट आएका १...

ई-पेपर

(Visited 46 times, 1 visits today)