Tuesday, August 11, 2020
Home Breaking News अधिकांश संक्रमित लक्षणविहीन र विदेशबाट आएका

अधिकांश संक्रमित लक्षणविहीन र विदेशबाट आएका

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमण देखिएकामध्ये ९९ प्रतिशत लक्षणविहीन रहेको पाइएको छ । त्यस्तै, कुल संक्रमितमध्ये ९७ प्रतिशत विदेशबाट फर्किएका छन् । नेपालमा बिहीबारसम्म १६ हजार ५ सय ३१ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये १६ हजार ३ सय ६६ जनामा कोरोनाको कुनै पनि लक्षण देखिएको छैन । संक्रमितमध्ये १६ हजार ३५ जना विदेशबाट आएका छन् ।

स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेका अनुसार संक्रमितमध्ये ९९ प्रतिशत लक्षणविहीन र ९७ प्रतिशत विदेशबाट फर्किएका (आयातित) छन् । यसरी हेर्दा हाल आइसोलेसनमा उपचाररत संक्रमितमध्ये ८ हजार ५ सय १६ जना लक्षणविहीन रहेका छन् ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. पाण्डेले भने, ‘समुदायमा संक्रमण अझै फैलिएको छैन । संक्रमितमध्ये ८७ प्रतिशत पुरुष १५ देखि ५४ वर्ष उमेर समूहका रहेका छन् । तीन प्रतिशत संक्रमित विदेशबाट नआई घरमै रहेका छन् ।’

नेपालमा बिहीबारसम्म १६ हजार ५ सय ३१ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये १६ हजार ३ सय ६६ जनामा कोरोनाको कुनै पनि लक्षण देखिएको छैन । संक्रमितमध्ये १६ हजार ३५ जना विदेशबाट आएका छन्

पिसिआर टेस्ट नै नगरी विदेशबाट रेस्क्यु फलाइटमार्फत सिधै आएका केही व्यक्तिमा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । विदेशबाट आएकामध्ये ३५ प्रतिशतले मात्रै पिसिआर टेस्ट गरेको पाइएको छ । यसरी हेर्दा ५ हजार ६ सय १२ जनाले मात्रै पिसिआर परीक्षण गरेर नेपाल भित्रिएको देखिन्छ ।

यस्तै, १९ दिनको अवधिमा क्वारेन्टिनमा बस्दै आएका ४९ हजार ५ सय ९७ जना क्वारेन्टिनबाट बाहिरिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार गत ११ असारमा क्वारेन्टिनमा ७४ हजार २२ जना रहेकामा बिहीवार घटेर २४ हजार ४ सय २५ जना क्वारेन्टिनमा रहेका छन् ।

पछिल्लो २४ घण्टामा थप १ सय ८ जनामा कोरोना भाइरस संक्रमण देखिएसँगै संक्रमितको संख्या १६ हजार ५ सय ३१ पुगेको छ । बिहीबार थप १ सय ३९ जना उपचारपछि निको भएर फर्केका छन् । योसहित डिस्चार्ज हुनेको संख्या ७ हजार ८ सय ९१ पुगेको छ ।

कुल संक्रमितमध्ये ३५ जनाको मृत्यु भएको छ । हालसम्म २ लाख ७१ हजार १ सय ४५ जनाको कोरोना परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । प्रवक्ता डा. गौतमका अनुसार हालसम्म देशका सबै जिल्लामा संक्रमण देखिएको छ । तर, भोजपुर, सोलुखुम्बु, धनकुटा, मुस्ताङ र हुम्ला संक्रमणमुक्त भएका छन् । स्वास्थ्य मन्त्रालयले संक्रमण समुदायमा नफैलिएको बताएको छ ।

(Visited 811 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

गोंगबु हत्यामा संलग्न आशंकामा एक महिला पक्राउ

काठमाडौं । काठमाडौं जिल्ला टोखा नगरपालिका–१० नवज्योतिमार्ग गोंगबुमा हत्या गरी फालिएका दाङका कृष्णबहादुर बोहराको हत्यामा संलग्न भएको आशंकामा प्रहरीले चितवनबाट एक महिलालाई पक्राउ गरेको...

सिन्धुलीको कमलामाई नगरपालिकामा मंगलबारदेखि लकडाउन

सिन्धुली । कमलामाई नगरपालिकाले मंगलबार राति १२ बजेदेखि लागु हुने गरी एक हप्ताका लागि नगरपालिका भित्र अत्यावश्यक सेवा बाहेक सबै सेवा बन्द गर्ने निर्णय...

थप ३३८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २३ हजार नाघ्यो

काठमाडौँ । नेपालमा थप ३३८ जनामा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा आठ हजार ४३२...

सप्तरीमा निषेधाज्ञा थप एक साता बढाइयो

राजविराज । कोरोना जोखिम न्युनिकरणका लागि सप्तरी जिल्लामा गरिएको निषेधाज्ञा प्रशासनले मंगलबारदेखि एक साताका लागि बढाउने निर्णय गरेको छ । जिल्ला सुरक्षा संकट व्यवस्थापन समितिको...

भर्खरै

‘रेमडिसिभिर’ दर्ता गर्न विभागको आलटाल

काठमाडौं । औषधि व्यवस्था विभागले कोरोना संक्रमितका लागि प्रभावकारी मानिएको ‘रेमडिसिभिर’ नामक औषधि दर्ता प्रक्रियामा आलटाल गर्दा सो औषधि अवैध तरिकाले नेपाल भित्रिने गरेको...

उपत्यकामा कोरोना सन्त्रास, सरकारी सेवाहरू ठप्प

ललितपुर । काठमाडौं उपत्यकामै कोरोना संक्रमणले सन्त्रास बढाएको छ । उपत्यकामा हालसम्म १ हजार १ सय ७९ जना संक्रमित भेटिएका छन् भने नौ जनाको...

गोंगबु हत्या प्रकरण : भान्छामा घाँटी छिनाइयो, शौचालयमा घुँडामाथिको भाग

काठमाडौं । आइतबार गोंगबुमा मृत भेटिएका व्यक्तिको हत्या आर्थिक लेनदेनका कारण भएको हुन सक्ने प्रहरीको प्रारम्भिक निष्कर्ष रहेको छ । प्रहरीले हत्या भएको घरसमेत...

अन्तरजिल्ला यातायात १६ भदौपछि मात्रै खुल्ने, सीमामा कडाइ सशक्त पारिने

काठमाडौं । सरकारले अन्तरजिल्ला यातायात र बाह्य तथा अन्तरिक हवाई उडान १६ भदौदेखि मात्रै खोल्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले कोभिड—१९ संकट...

धेरै पढिएका

छैटौं कोराना संक्रमितको परिवारका सदस्यको ‘रिपोर्ट नेगेटिभ’

बागलुङ । बागलुङमा पहिचान भएका दुई जना कोरोना संक्रमित व्यक्तिको परिवारका सबै सदस्यको ‘रिपोर्ट नेगेटिभ’ अर्थात कोरोना संक्रमण नभएको...

मुस्ताङी सांसद विष्टको सामाजिक कार्य

पोखरा । मुस्ताङ्गी सांसद इन्द्रधारा बिष्ट अन्यभन्दा फरक छन् । उनी सदा जनताको दुःखपीर आफ्नो भन्ठान्छन् । नभए हेरौ न लकडाउनका बेला झरि परिरहँदा...

मिस वर्ल्ड टोनी हेलम्बुमा (फोटोफिचर)

सिन्धुपाल्चोक । २०१९ की मिस वर्ल्ड टोनी एन सिं सिन्धुपाल्चोकको पर्यटकीय क्षेत्र हेलम्बुमा आएकी छन् । मिसनेपाल २०१९ की विजेता अनुष्का श्रेष्ठ र पुर्व...

खेल गतिविधि रोक्न राखेपको दोस्रोपटक निर्देशन

काठमाडौं।  नेपाली खेलकुदको सर्वाेच्च निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले दोस्रोपटक सम्पूर्ण खेल गतिविधि स्थगित गर्न निर्देशन दिएको छ । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)...

ई-पेपर

(Visited 46 times, 1 visits today)