शीर्ष चारमा एटलान्टाको पकड

रोम । साम्पडोरियामाथि २–० को सहज जित निकाल्दै एटलान्टाले इटालियन सिरी ‘ए’मा यो सिजन शीर्ष चारमा रहने बलियो पकड बनाएको छ । एटलान्टाको जितमा राफयल टोलोई र लुइस मुरिइलले गोल गरे । दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो ।

पाहुना टोलीलाई खेलको सुरुवातदेखि नै दबाबमा राखे पनि एटलान्टाले गोलका लागि दोस्रो हाप नै कुर्नुपरेको थियो । ७५औं मिनेटमा टोलोइले गोल गर्दै घरेलु टोलीलाई १–० को अग्रता दिलाए । खेल सकिन ५ मिनेट बाँकी रहँदा लुइस मुरिइलले गोल गर्दै एटलान्टालाई २–० को सहज जित दिलाए । जितसँगै एटलान्टाको ३१ खेलबाट ६६ अंक पुगेको छ । जुन पाँचौं स्थानको रोमाको भन्दा १५ अंकले बढी हो । पराजित साम्पडोरिया ३२ अंक जोडेर १६औं स्थानमा यथावत् छ ।
यस्तै, अर्काे नपोली र रोमाले कठिन जित निकालेको छ । नपोलीले जिनोआमाथि तथा रोमाले पार्मालाई समान २–० ले हराएको हो ।

जितसँगै नेपोली ३१ खेलबाट ५१ अंक जोडेर छैटांै स्थानमा उक्लदा जिनोआ २७ अंक जोडेर रेलिगेसन जोनको १८औं स्थानमा यथावत् छ । रोमा ३१ खेलबाट ५१ अंक जोडेर पाँचांै स्थानमा उक्लदा पार्मा ३९ अंक जोडेर १२औं स्थानमा यथावत् छ । रोमाले नेपोलीलाई गोल अन्तरमा पछि पार्दै पाँचौं स्थानमा रहेको हो ।

तपाइको प्रतिक्रिया
(Visited 223 times, 1 visits today)

epaper

ताजा समाचार

स्रष्टाको अनुमति बिना एआईमार्फत् गीत–संगीत प्रयोग नगर्न आग्रह