लकडाउनकाे समयकाे किस्ता स्थगन गर्नुपर्ने बस व्यवसायीका माग

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रिय कार्यलय सानेपामा आज बिहान नेपाली कांग्रेसले गठन गरेको कोरोनापछि उत्पन्न परिस्थिति अनुगमन समितिले र नेपाल यातायात व्यावसायि महासंघको टोलिविच छलफल भएकाे छ ।

यातायात व्यावसायिहरुले आफ्ना गाडिहरु महिनौं सम्म ग्यारेजमा थन्काएको र ति गाडीहरु मर्मत गरेर मात्रै चलाउने अवस्थामा भएको भन्दै मर्मतका लागि पुनरकर्जा, गाडी चालक र सहचालकलाई कोरोना बिमा,गाडी चालक र सहचालकलाई स्वास्थ्य समाग्री पनि ब्यबस्थापन सरकारले गर्नुपर्ने धारणा राखे । व्यवसायीले लकडाउनकाे समयको किस्ता स्थगन गर्नुपर्ने पनि माग राखेका छन्।

साे समितिले आजै विभिन्न चेम्बरहरुसँग पनि छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। उक्त छलफलमा सहभागी विभिन्न चेम्बरका प्रतिनिधिहरुले पनि असार मसान्तसम्म बैंकको ब्याज र किस्ता तिरिसक्नु पर्ने तर मौद्रिक नीति चाहिँ किन साउन ७ गते ल्याउने भनेर नेपाल ट्रेड युनियन कांग्रेसका सदस्यहरुले प्रश्न उठाए।

आजै कोरोनापछि उत्पन्न परिस्थिति अनुगमन समितिले नेपालमा क्रियाशिल पर्यटन ब्यबसायीहरु सँग पनि कोभिड-१९ ले पर्यटन क्षेत्रमा पारेको प्रभाव’bout छलफल गरेको छ। उक्त छलफलमा पर्यटन व्यावसायिहरुले प्रधानमन्त्री राहत कोशलाई पर्यटन पर्वधनमा खर्च गर्न सरकारलाई सुझाव दिन कांग्रेसको समितिलाई आग्रह गरेका छन्।

उनीहरुले कोभिडको प्रभाव यहि अवस्था अझै एक महिना लम्बिने र सरकारले पर्यटन क्षेत्रमा कुनै राहत नल्याउने हो भने पर्यटन व्यावसायिले आत्महत्या गर्नुपर्ने अवस्था आउसक्ने चेतावनी समेत दिए। सरकारले अब चार पाच दिनमा पर्यटन क्षेत्रमा सुधारका निम्ति कदम नचाले आफुहरु सडक आन्दोलनमा जाने पनि पर्यटन व्यावसायिहरुले बताए।

तपाइको प्रतिक्रिया
(Visited 291 times, 1 visits today)

epaper

ताजा समाचार

बालिका करणी अभियोगमा बिपिन पक्राउ