Sunday, May 9, 2021
Home प्रदेश टुकुचा मिचेर बनाइएका संरचना भत्काउने सरकारको तयारी, दायाँ बाँया हरियाली सडक बन्ने

टुकुचा मिचेर बनाइएका संरचना भत्काउने सरकारको तयारी, दायाँ बाँया हरियाली सडक बन्ने

,

काठमाडाैं । सरकारले काठमाडौंको मध्य सहरबाट बग्ने टुकुचा खोलाको संरक्षण र हरियाली प्रवर्द्धन शुरु गर्ने भएको छ । सोमबार बागबजारस्थित टुकुचा खोलाको स्थलगत अवलोकन गर्दै सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले सहरी सुन्दरता झल्कनेगरी टुकुचाको व्यवस्थापन गर्न लागिएको बताए ।

मन्त्री मानन्धरले ६ किलोमिटरको टुकुचा खोलाको संरचनालाई प्राकृतिक रुप दिनका लागि मन्त्रालयले आवश्यक बजेट विनियोजन गरेको बताए । मध्य सहरबाट बग्ने टुकुचाको दायाँ बायाँ किनार मिचेर बनाइएको संरचना भत्काएर व्यवस्थित रुपमा बाटो र ट्रयाक निर्माण गरिने बताउँदै मन्त्री मानन्धरले मध्य सहरलाई सुन्दर बनाउनका लागि टुकुचा खोलाको दायाँ बायाँ किनारालाई व्यवस्थित बनाइने बताए ।

टेकुमा ट्रिटमेन्ट प्लान्ट बनाउन र टुकुचा खोलाको ६ किलोमिटर क्षेत्रलाई सुन्दर र प्राकृतिक वहावमा ल्याउनका लागि यो आर्थिक वर्षमा २० करोड खर्च गरिने मन्त्री मानन्धरले जानकारी दिए ।

सुन्दर सहरका लागि टुकुटाको व्यवस्थापन अनिवार्य भएको बताउँदै मन्त्री मानन्धरले सरकारले सहरी क्षेत्रको सुन्दरतालाई विश्ष ध्यानमा राखेको बताए । राजधानी उपत्यकालाई व्यवस्थित र सुन्दर बनाउनका लागि सरकारले दिर्घकालिन योजनासहित काम गरिरहेको बताउँदै मन्त्री मानन्धरले आगामी वर्षसम्ममा टुकुचाको रुप फेरिने दाबी गरे ।

अनुगमनमा अधिकार सम्पन्न एकिकृत बागमति आयोजनाका प्रमुख लिलाप्रसाद ढकालले टुकुचा खोलाको दायाँ बायाँ ढलसहित खोलामा शुद्ध पानीमात्र बगाउने योजना बनाइएको बताए । ढकालले डिपिआर निर्माणको काम थालनि गर्न लागिएको बताउँदै सरोकारवालासँगको छलफलपछि डिपिआरलाई अन्तिम रुप दिइने जानकारी दिए । प्रदेशसभा सदस्य केशव स्थापितले टुकुचा काठमाडौंको सभ्यता भएकाले यसको संरक्षणका लागि सबै एकजुट हुनुपर्ने बताए ।

(Visited 238 times, 1 visits today)
Loading comments...

आजको समाचार

ज्वरोमा हेलचेक्र्याइँ नगरौं

निजी प्रयोगशालामा कोरोना नेगेटिभ देखिएका काठमाडांैका ११ वर्षीय एक बालक ज्वरो, झाडापखालापछि शिथिल अवस्थामा कान्ति बालअस्पतालको पीआईसीयूमा भर्ना भए तथापि पुन पीसीआर गर्दा पोजेटिभ...

अस्पतालमा शैया भरिभराउ, पेटीमा बिरामीको छटपटी

काठमाडौं । केही दिनयता कोरोना संक्रमण दर दैनिक आठ हजारमाथि पुग्न थालेको छ । संक्रमित संख्या बढेसँगै मृत्यु दरसमेत बढ्ने क्रममा रहेको छ । देशभरका...

कालिमाटी तरकारी बजारकोे व्यापार आधा घट्यो

काठमाडौं । सरकारले तीव्र रूपले फैलिएको नयाँ भेरियन्टको कोरोना संक्रमण रोकथामका लागि काठमाडौं उपत्यकालगायत देशका धेरै ठाउँमा जारी राखेको निषेधाज्ञाका कारण अहिले राजधानीको ठूलो...

मुख्यमन्त्री पोखरेलविरुद्ध फेरि अविश्वासको प्रस्ताव दर्ता

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध फेरि अविश्वासको प्रस्ताव दर्ता भएको छ । अघिल्लो अविश्वास प्रस्ताव टुगिएको १० दिन पनि नबित्दै पुनः अविश्वास...

साताका लोकप्रिय समाचार

यसरी तोडे कामिरिताले आफ्नै कीर्तिमानी , २५ औं पटक सगरमाथा शिखरमा

काठमाडौं । आफ्नै विश्व कीर्तिमानी तोड्दै आरोही कामिरिता शेर्पा २५ औं पटक सगरमाथाको शिखर चुम्न सफल भएका छन । सोलुखुम्बुको खुम्बु–पासाङल्हामु गाउँपालिका –५ थामेका...

इन्टरमिलान सिरि-ए च्याम्पियन

रोम । एघार वर्षपछि इन्टरमिलान इटालियन सिरि-ए च्याम्पियन बनेको छ । हिजो साँझ एट्लान्टाले सासुओलासँग १-१ गोलको बराबरी खेलेपछि इन्टरको उपाधी पक्का भएको हो...

ग्लोबल आईएमई बैंकले बालअस्पतालको भवन निर्माणार्थ १ करोड दियो

काठमाडौं । ग्लोबल आईएमई बैंकले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई १ करोड रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत...

बीरगञ्जमा साढे ६ घण्टामा ४ जनाको निधन

वीरगन्ज । कोरोना संक्रमणको हटस्पट वीरगन्ज क्षेत्रको नारायणी अस्पतालमा साढे ६ घण्टाको अन्तरालमा ४ जना संक्रमितको निधन भएको छ । अस्पतालमा उपचार गराइरहेका संक्रमित...

चरम शुल्क असुल्दै निजी अस्पताल

काठमाडौं । गम्भीर प्रकृतिका कोरोना संक्रमित बढ्न थालेको मौका छोप्दै केही निजी अस्पतालले विभिन्न शीर्षकमा चरम शुल्क असुल्न थालेको पाइएको छ । विरामीका आफन्तका अनुसार...

ट्रेन्डिङ

यी क्षेत्रमा भोली ११ देखी ३ बजेसम्म लोडसेडिङ हुने

काठमाडौं । पुल्चोक वितरण केन्द्रको टेकु रिगरोड फिडरबाट वितरीत ११ के भी लाइनमा नयाँ फिडर तान्ने कार्य गर्नुपर्ने भएकोले केही समय लोडसेडिङ हुने भएको...

क्वारेन्टिनमा बसेकासँग मदिरा सेवन गर्ने वडाध्यक्षलाई स्थानीयले राखे क्वारेन्टिनमा

खाेटाङ ।  हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेका स्थानीय बासिन्दाले वडाध्यक्ष ज्ञानबहादुर पुरीलाई क्वारेन्टिनमा राखेका छन् । वडाध्यक्ष पुरी गए राति मादक पदार्थ सेवन गरेर क्वारेन्टिनमा...

कहिले खुल्ने अझै निश्चित भएन चिडियाखाना

काठमाडौँ । गत चैतदेखि बन्द रहेको जावलाखेलस्थित सदर चिडियाखा कहिले खोल्ने भन्ने विषय अझै यकिन भएको छैन । चिडियाखाना व्यवस्थापनले स्वास्थ्य मापदण्ड पूरा गरी...

नेकपा किचलोले एकताको काम ओझेलमा

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको किचलोका कारण एकताका बाँकी काम टुंगो लगाउने जिम्मेवारी ओझेल पर्दै गएको छ । पार्टी केन्द्रीय कमिटी, सचिवालय,...

लिने होइन त माउन्टेन फ्लाइटको मज्जा ?

काठमाडौं । कोरोना संक्रमणका कारण साढे आठ महिनादेखि बन्द भएको पर्वतीय उडान (माउन्टेन फ्लाइट) शनिबारबाट व्यावसायिक रूपमै सञ्चालनमा आएको छ । निजी वायुसेवा कम्पनी बुद्ध एयरले...

काठमाडौंमा कोरोनाबाट चन्द्रागिरि सर्वाधिक प्रभावित, ७ गतेसम्म बाहिर निस्कन पनि नपाइने

काठमाडौं । कोरोना संक्रमणबाट काठमाडौंको चन्द्रागिरि नगरपालिका सर्वाधिक प्रभावित बनेको छ । यहाँ एक साताको बीचमै ६ चन्द्रागिरी नगरपालिका चार दिनका लागि सिल गरिएको...

लकडाउनमा खाना बनाउन सिक्दै दीपिका

मुम्बई । अभिनेत्री दीपिका पादुकोनलाई इन्डियन खाना बनाउन आउँदैन । आफूलाई घरमा खान मन लागेको पाउन भान्सेको भर पर्नु उनको बाध्यता हो । कोरोना भाइरसको...

चेल्सी च्याम्पियन्स लिगको फाइनलमा

लन्डन । इंग्लिस क्लब चेल्सीले यूईएफए च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ । गएराति भएको सेमिफाइनलको दोस्रो लेगमा रियल म्याड्रिडलाई २–० ले पराजित...

राष्ट्रिय उमा कुङफु सुरु

काठमाडौं । नेपाल उमा कुङफु संघको आयोजनामा पाँचौं राष्ट्रिय उमा कुङफु प्रतियोगिता बसुन्धरास्थित ऋत एकेडेमीमा शुक्रबारदेखि सुरु भएको छ ।...

विद्यालयमा राखिएका कोरोना संक्रमितलाई अस्पतालमा सारियो

वीरगन्ज । विरगञ्जको नारायणी अस्पतालमा नअटेर विद्यालयमा राखिएका कोरोना संक्रमितलाई स्थानीय गण्डक अस्पतालमा सारिएका छन् । संक्रमित बिरामीलाई उपचार गरिरहेको नारायणी अस्पतालमा बिरामी नअटेर...

गच्छदारको सांसद पद निलम्बित

काठमाडौँ । विजयकुमार गच्छदार सांसदबाट निलम्बित भएको छ । संघीय संसद् सचिवालयले शुक्रबार सूचना प्रकाशित गरी गच्छदार सांसदबाट निलम्बित भएको जनाएको...

भारतमा कोभिडको संक्रमणको संख्या एक करोड नजिकै

नयाँदिल्ली । भारतमा कोरोनाभाइरसबाट संक्रमितको संख्या बिहीबारसम्म एक करोडनजिक पुगेको छ । विगत २४ घण्टाको अवधिमा भारतमा २४ हजार नयाँ संक्रमित फेला परेपछि कोरोना...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 150 times, 1 visits today)