सप्तरी । छिमेकी गाउँमा डाकिएको पंचायतीमा जान्छु भनी तीन दिनअघि घरबाट निस्केका एक पुरुष मृत अवस्थामा भेटिएका छन् । सप्तरीको शम्भुनाथ नगरपालिका ३ कचन्दाहा बस्ने ४२ वर्षीय भुवना भन्ने त्रिभुवन राम सोही वडास्थित मुतनी खोला किनारमा मंगलबार साँझ मृत अवस्थामा भेटिएका हुन् ।
जिउँमा चोटपटकको डाम रहेको कारण उनलाई कसैले कुटपिट गरी हत्या गरेको हुन सक्ने आंशका गरिएको छ । प्रहरीले भने मृतकको शव मंगलबारै राति पोष्टमार्टमका लागि सदरमुकाम राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पताल पु¥याइसकिएको र पोष्टमार्टम रिपोर्ट पश्चात् मात्र यथार्थ सार्वजनिक गर्ने बताएको छ ।
राम छिमेकी गाउँ रुपनीमा पञ्चायतीका लागि जान्छु भनेर आइतबार बिहान १० बजेतिर घरबाट निस्केका थिए । उक्त दिन अबेर रातिसम्म उनी घर नफर्किएपछि परिवारजनले खोजीका लागि सोमबार प्रहरीमा निवेदन समेत दिएका थिए । खोजीकार्य जारी रहेकै बेला मंगलबार साँझ उनको शव मुतनी खोला किनारमा भेटिएको कुरा गाउँलेहरुले खबर गरेपछि पुगेको प्रहरीले आवश्यक प्रक्रिया पुरा गरि शव पोष्टमार्टमका लागि अस्पताल पु¥याएको प्रहरी निरिक्षक सन्तोष खड्काले जानकारी दिए ।
घटना’bout बुझ्न बुधबार ६ जनालाई नियन्त्रणमा लिई सोधपुछ तथा थप अनुसन्धान भइरहेको उनले जानकारी दिएका छन् ।






