Saturday, September 26, 2020
Home Editor-Picks सीमामा सेना खटाउन कार्ययोजना बन्दै

सीमामा सेना खटाउन कार्ययोजना बन्दै

२०८० भित्र कार्यान्वयनमा ल्याइने

काठमाडौं । सरकारले अन्तर्राष्ट्रिय सीमा सुरक्षामा नेपाली सेना खटाउने गरी कार्ययोजनाको तयारी गरेको छ । रक्षा मन्त्रालयले २०८० सालभित्र सेनालाई नेपालसँगको अन्तर्राष्ट्रिय सीमा नाकामा खटाउने गरी कार्ययोजनाको आवश्यक तयारी गरिरहेको हो ।

स्रोतका अनुसार सेनालाई सीमामा खटाउन आवश्यक पर्ने नीतिगत विषयको तयारीमा रक्षा मन्त्रालय जुटेको छ । सो रणनीतिलाई अबको तीन आर्थिक वर्षमा कार्यान्वयन गरिने मन्त्रालयले लिएको छ ।

‘अहिले सशस्त्र प्रहरीलाई सीमा सुरक्षाको मुख्य जिम्मेवारी छ, अब नेपाली सेनालाई सीमाको सुरक्षाको जिम्मेवारी दिने गरी नीतिगत तहका काम अघि बढाइँदै छ,’ स्रोतले भन्यो ।

राष्ट्रिय योजना आयोगले समेत आगामी तीन वर्षको मध्यकालीन खर्च संरचनामा नेपाली सेनालाई अन्तर्राष्ट्रिय सीमाको सुरक्षामा सहभागी गराउने विषय समेटेको बताइन्छ ।

सीमामा सेना खटाउने विषयमा नीतिगत रूपमा तयारी भइरहेको छ । त्यसका लागि सुरक्षा नीति र प्रतिरक्षा नीति पनि त्यहीअनुसार हुनुपर्छ, कार्ययोजना बनाइँदै छ ।
सन्तबहादुर सुनार, प्रवक्ता, रक्षा मन्त्रालय

सो दस्तावेजमा नेपाली सेनालाई मुलुकको अन्तर्राष्ट्रिय सिमानाको सुरक्षा, नदी, खानी, वनजंगल र प्रकृति संरक्षण कार्यमा सहभागी गराउने तथा ठूला एवं रणनीतिक महŒवका विकास आयोजनाको सम्भाव्यता अध्ययन गर्दा राज्यको सुरक्षामा पर्ने प्रभावबारे सुरक्षा प्रभाव मूल्यांकन गर्नुपर्ने व्यवस्था गर्ने भनिएको छ ।

रक्षा मन्त्रालयका प्रवक्ता सन्तबहादुर सुनारले सीमामा सेनालाई खटाउनेबारे नीतिगत तयारी भइरहेको बताए । ‘सीमामा सेनालाई खटाउने विषयमा नीतिगत रूपमा तयारी भइरहेको छ, त्यसका लागि सुरक्षा नीति र प्रतिरक्षा नीति पनि त्यहीअनुसार हुनुपर्छ, कार्ययोजना बनाइँदै छ,’ रक्षा मन्त्रालयका प्रवक्ता सुनारले राजधानीसँग भने ।

नेपाली सेनाले भने सीमामा सेनालाई खटाइने विषयको तयारीबारे अनविज्ञता प्रकट गरेको छ । सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले सेनालाई सीमा सुरक्षाको जिम्मेवारी दिने गरी बन्दै गरेको कार्ययोजनाबारे जानकारी नभएको बताए ।

अहिलेको अवस्थामा सेना राज्यले दिएको जिम्मेवारीअनुसार ब्याक सपोर्टमा मात्रै छ । अन्तर्राष्ट्रिय मान्यताअनुसार पनि सेना सिमानामा तैनाथ हुन मिल्दैन ।
विज्ञानदेव पाण्डे, प्रवक्ता, नेपाली सेना

‘सो विषयमा कुनै जानकारी आएको छैन, अहिलेको अवस्थामा सेना राज्यले दिएको जिम्मेवारीअनुसार ब्याक सपोर्टमा मात्रै छ । अन्तर्राष्ट्रिय मान्यताअनुसार पनि सेना सिमानामा तैनाथ हुन मिल्दैन,’ सैनिक प्रवक्ता पाण्डेले राजधानीसँग भने ।

यो पनि पढ्नुहोस   सहकारीले १४.७५ प्रतिशतभन्दा बढी ब्याज लिन नपाउने

सेनाले कोभिड–१९ को संक्रमणपछि भने सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीको फोर्सलाई सहयोग गर्दै आएको छ । नेपालको संविधानको धारा २६६ मा सुरक्षा परिषद् रहने र २६७ मा नेपाली सेनासम्बन्धी व्यवस्था गरिएको छ ।

सो धारामा सार्वभौमसत्ता र अखण्डताको रक्षा गर्ने, राष्ट्रिय एकता एवं स्वाधीनता अक्षुण राख्ने, विपद् व्यवस्थापन र विकास निर्माणमा सेनालाई खटाउन सकिने भनिएको छ ।

नेपालको नयाँ नक्सामा कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रलाई समावेश गरेपछि नेपाल र भारतबीच सीमा विवाद बढ्दोक्रममा छ । नेपाली सेनाले देशको अन्तर्राष्ट्रिय सीमा सुरक्षा समन्वय र सूचना संकलनका लागि भने गर्न छुट्टै निर्देशनालय बनाएर काम अघि बढाइएको बताउँदै आएको छ ।

नेपालको पूर्व, पश्चिम र दक्षिणतर्फ भारतसँग १ हजार ७ सय ५१ किलोमिटर लामो खुला सीमा छ भने उत्तरतर्फ नेपाल र चीनबीच १ हजार ४ सय १४ किलोमिटर लामो सीमा छ ।

सेना अन्तिम हतियार हो : प्रधान
पूर्वरक्षामन्त्री भीमसेनदास प्रधानले भने सीमा सुरक्षाको पहिलो घेरामा सशस्त्र प्रहरीलाई नै राखेर दोस्रो घेरामा निश्चित दूरी तोकेर सेनालाई राख्न सकिने बताए ।

‘सीमा सुरक्षाको मुख्य जिम्मेवारी सशत्रलाई नै दिनुपर्छ, अन्तर्राष्ट्रिय प्रचलन पनि त्यही हो, सेना नै पहिलो घेरामा हुँदैन तर निश्चित दूरी तोकेर सेनाको संरचना खडा गरेर ब्याक सपोर्टका रूपमा सेनालाई तयार राख्न सकिन्छ । सेना अन्तिम हतियार हो,’ पूर्वरक्षामन्त्री प्रधनाले भने ।

प्रधानले आफूले रक्षामन्त्री ईश्वर पोखरेललाई भेटेर सेनालाई विशेष रणनीतिक क्षेत्र बनाएर राख्न प्रस्ताव गरेकोसमेत बताए ।

(Visited 215 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

आजदेखि मौसम सफा रहने

काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले विगत केही दिनयतादेखि प्रभावित मौसम आजदेखि सफा हुँदै हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।...

जोखिम कायम रहेकाले तत्काल विद्यालय नखोल्न शिक्षामन्त्रीको आग्रह

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोभिड–१९ को जोखिम कायमै रहेकाले केही समय विद्यालय खोल्नभन्दा वैकल्पिक सिकाइ प्रणालीलाई प्राथमिकता दिन आग्रह गरेका...

१३१३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ७० हजार नाघ्यो

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप एक हजार ३१३ कोभिड–१९ (कोरोना भाइरस) का सङ्क्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४...

सप्तरीमा थप एक कोरोना संक्रमितको मृत्यु

सप्तरी । कोरोनाबाट संक्रमित थप एक सप्तरीवासीको मृत्यु भएको छ । राजविराज नगरपालिका–३ का ७१ वर्षीय पुरुषको उपचारका क्रममा धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान...

भर्खरै

कोरोना संक्रमणबाट थप एक सैनिक जवानको मृत्यु

काठमाडौँ । कोराना संक्रमणबाट नेपाली सेनामा कार्यरत थप एक सैनिकको मृत्यु भएको छ । बझाङ घर भई काठमाडौँ उपत्यकामा कार्यरत सैनिक जवानको शुक्रबार वीरेन्द्र...

युक्रेनमा सैनिक विमान दुर्घटना हुँदा २५ जनाको मृत्यु

किभ । युक्रेनमा भएको सैनिक विमान दुर्घटनामा परी कम्तीमा पनि २५ जनाको ज्यान गएको बताइएको छ । युक्रेनका सैनिक अधिकारीहरुले सो उक्त विमान दुर्घटनामा...

चितवनमा उपचाररत कोरोना संक्रमित पुरुषको मृत्यु

चितवन । जिल्लामा थप एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । चितवन मेडिकल कजेलमा उपचाररत हेटौँडा उपमहानगरपालिका वडा ९ का ७४ वर्षीय पुरुषको...

आजदेखि मौसम सफा रहने

काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले विगत केही दिनयतादेखि प्रभावित मौसम आजदेखि सफा हुँदै हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।...

धेरै पढिएका

‘टेम्केमैयुङ मुन्दुम पर्यटकीय साँस्कृतिक महोत्सव’ शुरु

भोजपुर । नेपाल भ्रमण वर्ष सन् २०२० लाई सफल पार्न पर्यटकीय सम्भावनालाई प्रचार गर्ने उद्देश्यले टेम्केमैयुङ...

थप ९२७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३६ हजार नाघ्यो

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप ९२७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएका १० हजार २२९ नमुना...

नेकपा र चिनियाँ कम्युनिस्ट पार्टीको भर्चुअल अन्तक्र्रिया

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले नेपालको संविधानसँग बाझिने र सुरक्षा स्वार्थ जोडिएको विदेशी सहयोग एवं सहायता नेपालले अस्वीकार गर्ने...

पूर्वी नवलपरासीमा संक्रमित २ सय १० पुगे

नवलपुर । पूर्वी नवलपरासीमा कोभिड १९ को संक्रमितको संख्या २ सय १० जना पुगेको छ । जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईका अनुसार...

ई-पेपर

(Visited 63 times, 1 visits today)