Sunday, May 9, 2021
Home अर्थ अर्थतन्त्र चलायमान गराउने मौद्रिक नीति

अर्थतन्त्र चलायमान गराउने मौद्रिक नीति

व्यवसायीलाई राहतै राहत

,

काठमाडौं । सरकारले कोभिड–१९ को संकटका कारण धर्मराएको अर्थतन्त्रलाई जुर्मुराउने गरी शुक्रबार मौद्रिक नीति ल्याएको छ । सुस्त अर्थतन्त्रलाई पुनरुत्थान र चलायमान गराउने गरी सो मौद्रिक नीति ल्याइएको हो । मौद्रिक नीतिमार्फत कोभिड–१९ बाट थलिएको अर्थतन्त्रलाई उकास्न आर्थिक पुनरुत्थानलक्षित विशेष कार्यक्रम ल्याइएको छ ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आव २०७७-७८ को मौद्रिक नीति सार्वजनिक गर्दै पुनर्कर्जा, कोभिड–१९ बाट अतिप्रभावित पेसा–व्यवसाय सञ्चालन गर्न आवश्यक पर्ने कर्जा भुक्तानी अवधिको म्याद थप, कर्जा पुनर्संरचना तथा पुनर्तालिकीकरणमार्फत राहतै राहत घोषणा गरेका छन् ।

अधिकांश माग समेटिएर मौद्रिक नीति सार्वजनिक भएपछि उद्योगी व्यवसायी उत्साहित भएका छन् । गभर्नर अधिकारीले मौद्रिक नीतिमार्फत ऋणको पुनर्संरचना र पुनर्तालिकीकरण सुविधा दिएपछि व्यवसायी उत्साहित भएका हुन् ।

मौद्रिक नीतिमा व्यवस्था गरिएको राहत र कार्यक्रमका कारण लकडाउनले समस्यामा परेका उद्योगी व्यवसायीलाई सहयोग पुग्ने अपेक्षा गरिएको छ । निजी क्षेत्रलाई राहत दिने गरी आएको मौद्रिक नीतिले व्यावसायिक वातावरण सुधारिने र लगानी बढाउने अपेक्षा निजी क्षेत्रले गरेको छ ।

यस्ता छन् महत्वपूर्ण विशेषता
– अर्थतन्त्र पुनरुत्थानका महत्वपूर्ण कार्यक्रम
– आर्थिक स्थायित्व हुने कार्यक्रम विस्तार
– उद्योगी व्यवसायी उत्साहित
– तरलताको उचित व्यवस्थापन
– कृषि र जलविद्युत्मा लगानी बढ्ने
– कृषि क्षेत्रमा १५ र ऊर्जा क्षेत्रमा न्यूनतम १० प्रतिशत कर्जा प्रवाह
– बैंकको ऋण तिर्ने समय दुई वर्ष थप
– ५ गुणासम्म पुनर्कर्जा उपलब्ध गराउने व्यवस्था
– ५ प्रतिशत ब्याजमा कर्जा उपलब्ध गराउने व्यवस्था
– बैंक तथा वित्तीय संस्थाको एकीरण र सुदृढीकरण

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले पुनर्कर्जालगायत प्रावधानले साना तथा मझौला उद्यमी र पर्यटन क्षेत्रले राहत पाएको बताए । मौद्रिक नीतिमार्फत् राष्ट्र बैंकले वाणिज्य बैंकहरूले कृषि क्षेत्रमा १५ र ऊर्जा क्षेत्रमा न्यूनतम १० प्रतिशत कर्जा प्रवाह गर्नेपर्ने बाध्यकारी व्यवस्था ल्याएको छ । यसबाट कृषि र जलविद्युत्मा लगानी बढ्ने भएको छ ।

मौद्रिक नीतिले बैंकको ऋण तिर्ने समय दुई वर्ष थप गरेको छ । जसले गर्दा २०७७ असार मसान्तसम्ममा बुझाउनुपर्ने किस्ता र ब्याज २०७८ असार मसान्तसम्ममा तिरे पनि हुने भएको छ । मौद्रिक नीतिले पुनर्कर्जा कोषको आकार १ खर्ब नै कायम गरेको छ । यसअघि नेपाल राष्ट्र बैंकले ६० अर्ब रुपैयाँबाट बढाएर १ खर्ब पु¥याएको थियो ।

केन्द्रीय बैंकका अनुसार नीतिमा पुनर्कर्जाका लागि उपलब्ध कोषको ५ गुणासम्म पुनर्कर्जा उपलब्ध गराउने व्यवस्था गरिएको छ । जसका कारण कोभिड–१९ बाट प्रभावित पेसा, उद्यम र व्यवसायको कर्जामा पहुँच अभिवृद्धि गर्दै आर्थिक क्रियाकलाप विस्तारका लागि सहुलियत ब्याजदरमा कर्जा उपलब्ध हुनेछ भने देशका दुर्गम स्थानसम्म कर्जा सुविधा सहज हुनेछ ।

केन्द्रीय बैंकले कुल पुनर्कर्जामध्ये २० प्रतिशतसम्म ग्राहकअनुसार मूल्यांकनका आधारमा प्रदान गर्ने व्यवस्था मिलाएको छ । यस्तै, ७० प्रतिशतसम्म वाणिज्य बैंक, विकास बैंक तथा वित्त कम्पनीमार्फत र १० प्रतिशतसम्म लघुवित्त वित्तीय संस्थामार्फत एकमुष्ठ रूपमा प्रदान गर्ने व्यवस्था नीतिमार्फत गरिएको छ ।

त्यस्तै, बैंक तथा वित्तीय संस्थालाई १ प्रतिशत ब्याजदरमा निर्यातजन्य उद्योग र रुग्ण उद्योगलगायतका तोकिएका क्षेत्रमा विशेष पुनर्कर्जा, २ प्रतिशत ब्याजदरमा लघु, घरेलु तथा साना उद्यम पुनर्कर्जा र ३ प्रतिशत ब्याजदरमा तोकिएका क्षेत्रमा साधारण पुनर्कर्जा प्रदान गरिने भएको छ । यस्ता पुनर्कर्जामा ऋणीले क्रमशः ३ प्रतिशत र ५ प्रतिशत मात्र ब्याज तिर्नुपर्ने व्यवस्था गरिएको छ ।

बैंक तथा वित्तीय संस्थालाई एकमुष्ठ प्रदान गरिने पुनर्कर्जामा प्रतिग्राहक लघु, घरेलु तथा साना उद्यम पुनर्कर्जाको सीमा १५ लाख, विशेष तथा साधारण पुनर्कर्जाको सीमा ५ करोड र ग्राहकअनुसार मूल्यांकनका आधारमा प्रदान गरिने साधारण पुनर्कर्जाको सीमा २० करोड हुने व्यवस्था मिलाइएको छ ।

ऋणीको आवश्यकता र परियोजना र व्यवसायको सम्भाव्यताका आधारमा २०७६ चैतमा कायम भएको चालु पुँजीकर्जाको सीमामा बढीमा २० प्रतिशतसम्म सम्बन्धित बैंक तथा वित्तीय संस्थाले थप कर्जा प्रवाह गर्न सक्ने पनि नीतिमार्फत व्यवस्था गरिएको छ ।

बजेटमा व्यवस्था भएबमोजिम स्थापना हुने ५० अर्बको कोष परिचालनमार्फत निश्चित मापदण्डका आधारमा कोरोना प्रभावित पर्यटन र घरेलु, साना तथा मझौला उद्यमलगायतका व्यवसायको सञ्चालन एवं निरन्तरता दिइने भएको छ । ती क्षेत्रका श्रमिक तथा कर्मचारीको पारिश्रमिक भुक्तानी र अतिप्रभावित क्षेत्रका रोजगारी गुम्नेहरूलाई उद्यमशीलता विकासको अवसर दिन बैंक तथा वित्तीय संस्थाहरूबाट ५ प्रतिशत ब्याजमा कर्जा उपलब्ध गराउने व्यवस्था गरिएको छ ।

मौद्रिक नीतिले कोभिड–१९ को नियन्त्रण र रोकथामका लागि चालिएका कदमका कारण पर्यटन, उद्योग, शिक्षा, स्वास्थ्य, सञ्चार, मनोरञ्जनलगायत सबै पेसा, उद्योग र व्यवसायले लिएको ऋणको साँवा र ब्याज बन्दाबन्दीको अवधिमा भुक्तानी गर्न कठिनाइ भएको अवस्थालाई दृष्टिगत गरी कर्जा भुक्तानी अवधिको म्यादथप र कर्जाको पुनर्संरचना तथा पुनर्तालिकीकरणको व्यवस्था गरेको हो ।

त्यस्तै, तोकिएको क्षेत्रमा प्रवाह भएको कर्जामा चैतमा कायम ब्याजदरमा ऋणीलाई २ प्रतिशत छुट दिनुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ । आर्थिक वर्ष २०७६-७७ को चौथो त्रैमासिकका लागि २ प्रतिशतले ऋणीलाई ब्याज छुट दिनुपर्ने व्यवस्था गरिएको छ ।

नीतिमा ऋणीले २०७६ चैत, २०७७ वैशाख र जेठ मसान्तमा भुक्तान गर्नुपर्ने कर्जाको साँवा र ब्याज रकम २०७७ असार मसान्तसम्म भुक्तान गर्न सकिने व्यवस्था गरिएको छ । त्यस्तै ऋणीले २०७६ चैतमा भुक्तान गर्नुपर्ने किस्ता सोही महिनामा भुक्तानी गरेमा ब्याजमा १० प्रतिशत छुट पाउने व्यवस्था राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत गरेको छ । चालु पुँजी प्रकृतिका अल्पकालीन कर्जाहरूको भुक्तानी २ महिनासम्म थप गर्न सकिने व्यवस्थासमेत मौद्रिक नीतिमा गरिएको छ ।

नेपाल राष्ट्र बैंकले नीतिमार्फत कर्जा स्रोत परिचालन अनुपातलाई बढाएको छ । हालको ८० प्रतिशतको सीमालाई बढाएर ८५ प्रतिशत पु¥याइएको छ । राष्ट्र बैंकले कोराना संक्रमणका कारण प्रभावित अर्थतन्त्र पुनरुत्थान गर्न बैंक तथा वित्तीय संस्थाहरूको साधन प्रवाह अभिवृद्धि गर्न कर्जा स्रोत परिचालन अनुपातको सीमा २०७८ असार मसान्तसम्मका लागि ८० प्रतिशतबाट बढाई ८५ प्रतिशत कायम गरेको छ ।

राष्ट्र बैंकले उद्योगी व्यवसायीले कर्जाको ब्याज र किस्ता तिर्ने समय पुस मसान्तसम्मका लागि थप गरेको छ । यसअघि राष्ट्र बैंकले २०७७ असार मसान्तसम्म समय दिएकामा मौद्रिक नीतिमार्फत त्यसलाई थप गर्दै पुस मसान्तसम्मका लागि थप गरिएको छ । यसैगरी मौद्रिक नीतिले उद्योग व्यवसायको प्रकृतिका आधारमा समय थप गर्ने भएको छ ।

एउटै व्यक्ति र समूहबाट प्रवद्र्धन भएका तथा एकाघर परिवार एवै व्यावसायिक समूहको प्रत्यक्ष तथा अप्रत्यक्ष स्वामित्व र नियन्त्रणमा रहेका संस्थाहरू र व्यावसायिक सम्बन्ध स्थापित भएका बैंक तथा वित्तीय संस्थाहरूलाई गाभ्न लगाइने घोषणा नीतिमा गरिएको छ ।

मौद्रिक नीतिले सेवा शुल्कदेखि प्रमुख कार्यकारी र सञ्चालकको तलब सुविधालाई पनि थप कस्ने नीति लिएको छ ।

नीतिले लाभांश वितरणमा कडाइ गरेको छ । वितरणयोग्य मुनाफाको ३० प्रतिशतसम्म मात्र नगद लाभांश वितरण गर्न पाइने भएको छ । मौद्रिक नीतिमार्फत गभर्नरले कृषि, ऊर्जा, साना तथा मझौला व्यवसाय र पर्यटन क्षेत्रको विकासका लागि केही नयाँ अवधारणा पनि ल्याएका छन् । कृषिमा लगानीको सीमा १० बाट १५ प्रतिशत पु¥याइएको छ । मौद्रिक नीतिले वैधानिक तरलता अनुपातमा एक प्रतिशत बिन्दुले घटाउने घोषणा गरेको छ ।

पुनर्कर्जालगायतका प्रावधानले साना तथा मझौला उद्योग र पर्यटन क्षेत्रले अत्यधिक राहत पाएको छ त्यसैले मौद्रिक नीति निकै सकारात्मक छ ।
– शेखर गोल्छा, वरिष्ठ उपाध्यक्ष नेपाल उद्योग वाणिज्य महासंघ

मौद्रिक नीतिका सम्बन्धमा उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष पशुपति मुरारकाले साना तथा मझौला व्यवसायीलाई सम्बोधन गर्दै मौद्रिक नीतिले व्यवसायीलाई राहत दिएको बताए । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले आफूहरूको सुझावमध्ये अधिकांश सुझाव समेटिएको र बजेटले पनि यसैगरी निजी क्षेत्रको माग सम्बोधन गरेको भए सुनमा सुगन्ध हुने प्रतिक्रिया दिए ।

तर, ‘स्पेड’दरलाई अझै घटाएको भए ब्याजदर थप सस्तो हुने र रिफाइनान्सिङ’लाई ५ बाट ३ मा ल्याइदिएको भए थप उत्कृष्ट मौद्रिक नीति बन्ने उनको टिप्पणी छ । नेपाल उद्योग वाणिज्य महासंघका बैंकिङ समिति सभापति शौरभ ज्योतिले समग्रमा मौद्रिक नीति उद्योग व्यवसायीलाई समेट्ने खालको भएको बताए ।

नेपाल उद्योग वाणिज्य महासंले मौद्रिक नीतिका लागि दिएका धेरै सुझावहरू सम्बोधन भएको बताउँदै उनले कर्जा पुनर्सरंचना, पुनर्तालिकीकरण कर्जा पुनर्संरचनाको कुरा लामो समयदेखि ठूलो समस्याका रूपमा रहेकाले त्यसलाई सम्बोधन गरेको उनको भनाइ छ ।

नाडा अटो मोबाइल्स एसोसिएसन अफ नेपालले मौद्रिक नीतिले अटोमोबाइल क्षेत्रको समस्यालाई सम्बोधन नगरेको आरोप लगाएको छ ।

कोरोना भाइरसको संक्रमणबाट आमजनताको स्वास्थ्य रक्षाका लागि सरकारले लगाएको झन्डै ३ महिना लामो बन्दाबन्दी र हालको आशिंक बन्दाबन्दीको कारण झन्डै धराशायीको अवस्थामा पुगेको अटोमोबाइल व्यवसायको उत्थानका लागि नाडाबाट प्रस्तुत सुझावहरूका आधारमा नीतिमा पुनर्विचारका गर्न नाडाले माग गरेको अध्यक्ष कृष्णप्रसाद दुलालले बताए ।

नेपाल राष्ट्र बैंकले अटो लोनलाई जोखिमयुक्त वस्तुका रूपमा वर्गीकरण गरी मूल्यको ५० प्रतिशतसम्म मात्र कर्जा दिने नीतिलाई मौद्रिक नीतिले पनि निरन्तरता दिएको छ ।

‘राष्ट्र बैंकको पूर्वनिर्णयहरूका कारण सवारीसाधन व्यवसायमा गम्भीर असर परेको र यसबाट राष्ट्रको सर्वांगीण विकासमा नै नकारात्मक असर परिरहेको छ । नीतिको नकारात्मक प्रभाव यसको आयातमा परेको छ भन्ने कुरा सरकारी तथ्यांकहरूबाटै स्पष्ट हुन्छ,’ महासचिव सुनिल रिजालले विज्ञप्तिमार्फत भनेका छन् ।

नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालले मौद्रिक नीतिले कोरोनाबाट ग्रसित अर्थतन्त्र सुधार गर्न सहयोग पु¥याउने बताए । नीतिले कर्जाको पुनर्संरचना तथा पुनर्तालिकीकरणका विषयमा जसरी सम्बोधन गरेको छ । त्यसले ऋणीहरूलाई बचाउँदै आगामी दिनमा अर्थतन्त्र चलायमा नबनाउन थप सहयोग गर्नेछ । मौद्रिक नीतिले निजी क्षेत्रको माग सम्बोधन गरेको छ ।

(Visited 125 times, 1 visits today)
Loading comments...

आजको समाचार

ओली र नेपाल समुहको आज निर्णायक वार्ता, ओली सहमत नभए नेपाल समुहका सांसदको सामुहिक राजीनामा

काठमाडौं । नेकपा एमालेको केपी ओली र माधवकुमार नेपाल समूहविच आज निर्णायक वार्ता हुने भएको छ । अध्यक्ष केपी शर्मा ओलीले २ जेठ २०७५...

कविता : मेरो चाहना

मान्छेले हिँड्ने बाटाहरू धेरै छन् घुम्ती र मोडहरू धेरै छन् तर, म चाहन्छु हर परस्थितिमा म सत्यकै बाटोमा हिँड्न सकू“ मान्छेले गाउने गीतहरू धेरै छन् संगीत र धूनहरू धेरै छन् तर,...

कांग्रेस रणनीति : ओलीलाई रोक्ने, चुनाव आफैं गराउने

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई प्रतिनिधि सभामा विश्वासको मत पुग्नबाट रोक्ने र आफ्नै नेतृत्वमा बहुमतको सरकार बनाएर चुनाव गराउने रणनीति अख्तियार गरेको...

ज्वरोमा हेलचेक्र्याइँ नगरौं

निजी प्रयोगशालामा कोरोना नेगेटिभ देखिएका काठमाडांैका ११ वर्षीय एक बालक ज्वरो, झाडापखालापछि शिथिल अवस्थामा कान्ति बालअस्पतालको पीआईसीयूमा भर्ना भए तथापि पुन पीसीआर गर्दा पोजेटिभ...

साताका लोकप्रिय समाचार

प्रधानमन्त्रीले बोलाएको संवैधानिक परिषद बैठकमा सहभागी नहुन देउवाको आग्रह

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवो संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्ष दलको नेताको हैसियतले भाग नलिने स्पष्ट बताएका छन् । सरकारले संसद छलेर...

स्कुल पढ्दै स्वर परिक्षामा पास भएका थिए प्रेमध्वज प्रधान

काठमाडौ । सुगम संगीतका एक धरोहर बरिष्ठ गायक तथा संगीतकार प्रेमध्वज प्रधान अब हामीमाझ रहेनन् । तिमीलाई अचेल कहाँ देखुँ, घुम्तीमा नआउ है...जस्ता कैयौं...

अल्पमतमा प्रधानमन्त्री ओली !

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार अल्पमतमा परेको छ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेसँगै...

बाग्मती किनारमै ‘चिता’

काठमाडौं । कोरोना संक्रमित मृत्यु संख्या बढ्दै गएपछि शव व्यवस्थापनमा समस्या पर्न थालेको छ । संक्रमितको काठमाडौं पाशुपत क्षेत्रस्थित विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गरिँदै आए...

कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडाैं ।  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले यही वैशाख २७ गतेको प्रतिनिधिसभा बैठकमा पार्टीको तयारीलगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्न आज संसदीय दलको बैठक...

ट्रेन्डिङ

बुटवलमा हत्या गरिएका युवाकाे शव बागलुङ लगेर गाडियाे

बुटवल ।  बुधबार दिउँसो बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–२ रिनाम भन्ने स्थानमा गाडिएको अवस्थामा प्रहरीले वेवारिसे अधबैँसे पुरुषको शव फेला पा-यो । घटनाको प्रकृति हेर्दा...

भारतमा एकैदिन १५ हजारभन्दा बढी सङ्क्रमित

नयाँदिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमित हुनेको सङ्ख्या एकै दिनमा अत्यधिक देखिएको छ । पछिल्ला केहीदिनमा सार्वजनिक भएका दैनिक विवरणहरुमध्ये आइतबार सवैभन्दा धेरै जना एकै...

वडा कार्यालयले दियो बिद्यार्थीलाई निःशुल्क माक्स र साबुन

काभ । जिल्लाको धुलिखेल नगरपालिका वडा न १० ले बिद्यार्थीलाई निःशुल्क माक्स र हात धुने साबुन वितरण गरेको छ । वडा १० कार्यालयले मंगलबार...

गण्डकी प्रदेश सरकारबाट बाहिरियो माओवादी

पोखरा । गण्डकी प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्र बाहिरिएको छ । गण्डकी प्रदेश सभा बैठकमा बुधबार सम्बोधन गर्दै माओवादी केन्द्र संसदीय दलका नेता एवं...

कालिकोटमा ३ सय ७५ जनाको रोजगारी खोसियो

कालिकोट । आफ्नो कार्य संचालन गरेको पहिलो वर्षमै गाउँपालिकाका बेरोजगार युवाहरुलाई रोजगारी दिएर चर्चामा आएको जिल्लाको पलाता गाउँपालिकाका तीन सय ७५ जनाको रोजगारि खोसिएको...

पाँच सहसचिवको सरुवा

काठमाडौ । सरकारले विभिन्न मन्त्रालय र निकायमा कार्यरत ५ जना सहसचिवको सरुवा गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगका...

बायर्नको सानदार जित

म्युनिख । डेब्यु खेलमै क्यामरुनी फरवार्ड इरिक म्याक्सिम चुपो मोटिङले दुई गोल र अर्काे गोलमा पनि सहभागी भएपछि बायर्न म्युनिखले डीएफबी पोकलको पहिलो राउन्डमा...

संकटकाल लगाएर भएपनि ओली चुनावमा जान्छन् : डा. दिक्षित

काठमाडौं । नागरिक समाजका अगुवा डा. सुन्दरमणि दिक्षितले देश अहिले ठूलो संकटबाट गुज्रिरहेको भन्दै चिन्ता व्यक्त गरेका छन् । उनले भने,–‘अहिले हामी अत्यन्तै जोखिमपूर्ण...

भारतबाट आएका ३९ जनालाई स्थानिय तहको क्वारेन्टिनमा राखियो

बागलुङ । कामको लागि भारतका विभिन्न स्थानमा बसेर लकडाउनको समयमा नेपाल आएका बागलुङका ३९ जनाको उद्धार गरी बागलुङ ल्याइएको छ । भारतबाट आएर कपिलवस्तु...

पर्साका एक निजी अस्पताल बन्यो कोरोना बिशेष अस्पताल

वीरगन्ज । पर्सामा रहेको नारायणी अस्पतालमा बिरामी नअटाएर विद्यालयमा पठाउन थालेको समयमा बल्ल स्थानीय एक नीजि अस्पताल कोरोना संक्रमित अस्पतालका रुपमा दरिएको छ ।...

सप्तरमा मृत्यु भएका एक जनामा कोरोना पोजेटिभ, दुईको नगेटिभ

सप्तरी । कोरोनाको मिल्दोजुल्दो लक्षणसहित मृत्यु भएका तीन जना मध्ये एकको रिपोर्ट पोजेटिभ आएपछि उनको घर सिल गरिएको छ । सप्तरीको रुपनी गाउँपालिका ५ निवासी...

काँग्रेस विपक्षीकै भूमिकामा बस्छ : नेता सिंह

काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले काँग्रेस संसद्मा विपक्षी दलकै भूमिकामा बस्ने बताएका छन् । सत्य साई बाबाको ९५औँ अवतरण दिवसका अवसरमा आज शङ्खमुलमा...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 150 times, 1 visits today)