Saturday, September 26, 2020
Home Editor-Picks संक्रमितभन्दा डिस्चार्ज दर दोब्बर

संक्रमितभन्दा डिस्चार्ज दर दोब्बर

काठमाडौं । कोरोना भाइरस संक्रमण दरभन्दा डिस्चार्ज हुनेको संख्या दोब्बरले बढेको छ । संक्रमण हुनेभन्दा डिस्चार्ज दर दोब्बर हुन थालेपछि कोरोनाको जोखिम न्यूनीकरणतर्फ जान थालेको पाइएको छ ।

पछिल्ला दुई साताको अवधिमा २ हजार १ सय ८६ जनामा कोरोना संक्रमण देखिएको छ भने सोही अवधिमा नै ५ हजार ४ सय ५० जना डिस्चार्ज भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । गत २० असारदेखि हालसम्म दैनिक औसतमा १ सय ५६ जनामा संक्रमण पुष्टि भएको देखिन्छ ।

यस्तै, दुई साताको अवधिमा दैनिक ३ सय ८९ जना डिस्चार्ज भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार १४ दिनको अवधिमा ६६ हजार २ सय ११ जनाको कोरोना परीक्षण गरिएको छ । जसअनुसार दैनिक ४ हजार ७ सय २९ जनाको कोरोना परीक्षण भएको देखिन्छ । कुल संक्रमितमध्ये हालसम्म ६६.१२ प्रतिशत डिस्चार्ज भएका छन् । यस्तै ३३.८८ प्रतिशत सक्रिय संक्रमित आइसोलेसनमा उपचाररत छन् ।

– कोरोना संक्रमण न्यूनीकरणतर्फ
– दुई सातामा २१८६ मा कोरोना संक्रमण, ५४५० डिस्चार्ज

दुई साताको अवधिमा १० हजार ३ सय ६९ जना क्वारेन्टिनबाट घर फर्किएका छन् । यस्तै, दुई साताको अवधिमा आइसोलेसनमा उपचाररत ३ हजार १ सय ७१ जना उपचारपछि घर फर्किएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म ३ लाख ८ हजार ४ सय ९८ जनाको आरटी–पिसिआर प्रविधीबाट कोरोना परीक्षण गर्दा १७ हजार ४ सय ४५ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये उपचारपछि ११ हजार ५ सय ३४ जना डिस्चार्ज भएका छन् ।
हाल क्वारेन्टिनमा २२ हजार ७ सय ५६ छन् । संक्रमितमध्ये ५ हजार ८ सय ७१ जना आइसोलेसनमा उपचाररत छन् । अधिकांशको अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । संक्रमितमध्ये हालसम्म ४० जनाको मृत्यु भएको छ ।

यो पनि पढ्नुहोस   किशोर श्रेष्ठले दिए राजीनामा, बुढाथोकी कार्यबाहक अध्यक्ष नियुक्त

काठमाडौंमा समुदायमा संक्रमण छैन : स्वास्थ्य मन्त्रालय
स्वास्थ्य मन्त्रालयले काठमाडौं उपत्यकामा समुदायस्तरमा कोरोना संक्रमण नफैलिएको स्पष्ट पारेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौं उपत्यकाका समुदायस्तरमा संक्रमण नफैलिएकाले आत्तिन नपर्ने बताए ।

गौतमले समुदायस्तरको परीक्षणका क्रममा काठमाडौंमा भीड हुने कार्यालहरुसहितका ४ हजार ८ सय जनाको स्वाब संकलन भएकामा तीन जनामा मात्रै पोजेटिभ देखिएकाले समुदायमा संक्रमण नभएको पुष्टि भएको जानकारी दिए । संक्रमित तीन जनामध्ये पनि दुई जना विदेशबाट फर्किएका हुन् ।

यस्तै, काठमाडौं उपत्यकामा हालसम्म ३० सय ७० जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंमा २ सय ४६, ललितपुरमा ७५ र भक्तपुरमा ४९ जनालाई संक्रमण देखिएको छ । शुक्रबार काठमाडौंमा थप एक र भक्तपुरमा दुई जनालाई संक्रमण पुष्टि भएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले नक्खु, कोटेश्वर, बोडे, शहीद गंगालाल अस्पताल, काठमाडौं महानगरपालिका, कपन, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, टोखा, डिल्लीबजार, मनोहरा, शंखमुल, बूढानिलकण्ठलगायतका स्थानबाट नमुना लिएको थियो । महाशाखाले मानिसको बढी भीडभाड हुने स्थान र कार्यालयबाट स्वाब संकलन गरेको हो । संक्रमितको संख्या घटे पनि जोखिम भने कायमै रहेको जनस्वास्थ्य विज्ञहरु बताउँछन् ।

(Visited 156 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

आजदेखि मौसम सफा रहने

काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले विगत केही दिनयतादेखि प्रभावित मौसम आजदेखि सफा हुँदै हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।...

जोखिम कायम रहेकाले तत्काल विद्यालय नखोल्न शिक्षामन्त्रीको आग्रह

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोभिड–१९ को जोखिम कायमै रहेकाले केही समय विद्यालय खोल्नभन्दा वैकल्पिक सिकाइ प्रणालीलाई प्राथमिकता दिन आग्रह गरेका...

१३१३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ७० हजार नाघ्यो

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप एक हजार ३१३ कोभिड–१९ (कोरोना भाइरस) का सङ्क्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४...

सप्तरीमा थप एक कोरोना संक्रमितको मृत्यु

सप्तरी । कोरोनाबाट संक्रमित थप एक सप्तरीवासीको मृत्यु भएको छ । राजविराज नगरपालिका–३ का ७१ वर्षीय पुरुषको उपचारका क्रममा धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान...

भर्खरै

कोरोना संक्रमणबाट थप एक सैनिक जवानको मृत्यु

काठमाडौँ । कोराना संक्रमणबाट नेपाली सेनामा कार्यरत थप एक सैनिकको मृत्यु भएको छ । बझाङ घर भई काठमाडौँ उपत्यकामा कार्यरत सैनिक जवानको शुक्रबार वीरेन्द्र...

युक्रेनमा सैनिक विमान दुर्घटना हुँदा २५ जनाको मृत्यु

किभ । युक्रेनमा भएको सैनिक विमान दुर्घटनामा परी कम्तीमा पनि २५ जनाको ज्यान गएको बताइएको छ । युक्रेनका सैनिक अधिकारीहरुले सो उक्त विमान दुर्घटनामा...

चितवनमा उपचाररत कोरोना संक्रमित पुरुषको मृत्यु

चितवन । जिल्लामा थप एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । चितवन मेडिकल कजेलमा उपचाररत हेटौँडा उपमहानगरपालिका वडा ९ का ७४ वर्षीय पुरुषको...

आजदेखि मौसम सफा रहने

काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले विगत केही दिनयतादेखि प्रभावित मौसम आजदेखि सफा हुँदै हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।...

धेरै पढिएका

बोर्डिङ स्कुल पढाउने अनि फि तिर्दिन भन्ने ?

मलाई थाह छ । निजि विद्यालयमा पढाउनेहरुले आनाकानी नगरी विद्यालयले तोकेको शुल्क तिर्नुपर्छ भन्यो भने दुई/चार दिन समाजमा परिँदैन । अहिलेको सिजन भनेकै निजी...

मकवानपुरको कैलाशमा गोली प्रहारबाट एक घाइते

हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिका–८ आखेटार भन्ने स्थानमा शुक्रबार बिहान एकजना युवकलाई गोली प्रहार भएको छ । जिल्ला...

कांग्रेस संविधान संशोधनको विपक्षमा ?

काठमाडौं । सरकारले नयाँ नक्साअनुसार निशान छाप परिवर्तन गर्न संसद्मा दर्ता गराएको संविधान संशोधनको विषयमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससमेत दबाबमा परेको छ ।...

हेटौडामा एक साताका लागि निषेधाज्ञा थप

मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौडा उपमहानगरपालिका र मनहरी गाउँपालिकामा जारी निषेधाज्ञालाई भदौ १५ गतेसम्म थप गरेको छ । यसअघि गत साउन २६ देखि...

ई-पेपर

(Visited 63 times, 1 visits today)