काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रधानमन्त्री केपी ओली मिलेको संकेत देखिएको छ ।
शनिबार बालुवाटारमा बसेको सचिवालय बैठकमा अध्यक्ष दाहालले प्रधानमन्त्री ओलीको राजीनामाको कुरा उठाएनन् । ओलीले मंसिरमा पार्टीको महाधिवेशन गर्ने नयाँ प्रस्ताव राखेको र उक्त प्रस्तावमा दाहालले सहमति जनाएको सहभागी एक नेताले जानकारी दिए ।
सचिवालय बैठकलगत्तै ओली र प्रचण्ड राष्ट्रपतिलाई भेट्न शीतल निवास गएका थिए । राष्ट्रपति निवासमा ओली र प्रचण्डसँगै विष्णु पौडेल, शंकर पोखरेल, वर्षमान पुन र जनार्दन शर्मा पनि सहभागी थिए । मंसिरमै गर्ने भनिएको महाधिवेशनप्रति वरिष्ट नेता माधव कुमार नेपालले भने असहमति जनाएका छन् ।
तपाइको प्रतिक्रिया
(Visited 206 times, 1 visits today)






