Sunday, April 18, 2021
Home Breaking News सक्रिय संक्रमित ५,८२५ मात्रै

सक्रिय संक्रमित ५,८२५ मात्रै

३ लाख १२ हजार जनाको कोरोना परीक्षण

,

काठमाडौं । नेपालमा कोरोना भाइरस सक्रिय संक्रमितको संख्या ५ हजार ८ सय २५ जनामा झरेको छ । यो कुल संक्रमितको संख्यामध्ये ३३ दशमलव २८ प्रतिशत हो । गत १६ असारमा सबैभन्दा धेरै सक्रिय संक्रमित १० हजार ३ सय ४१ जना पुगेको थियो ।

सक्रिय संक्रमितमध्ये प्रदेश १ मा ७९, २ मा १ हजार ८ सय ४४, बाग्मती प्रदेशमा ४ सय ११, गण्डकी प्रदेशमा ४ सय आठ जना आइसोलेसनमा उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै, प्रदेश ५ मा ४ सय १४, कर्णाली प्रदेशमा ३ सय १७ र सुदूरपश्चिम प्रदेशमा २ हजार ३ सय ५२ जना आइसोलेसनमा उपचाररत छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार सकृय संक्रमितमध्ये अधिकांशको स्वास्थ्य अवस्था सामान्य रहेको छ । गत शनिबार सक्रिय संक्रमितको संख्या ८ हजार २ सय ३९ जना रहेको थियो । शनिबार यो संख्या घटेर ५ हजार ८ सय २५ पुगेको हो । यसरी हेर्दा एक साताको अवधिमा सक्रिय संक्रमित २ हजार ४ सय १४ जना डिस्चार्ज भएका छन् ।

यसैबीच, पछिल्लो २४ घन्टामा नेपालमा थप ५७ जनामा कोरोना संक्रमण देखिएको छ । योसहित नेपालमा संक्रमितको संख्या १७ हजार ५ सय २ जना पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए ।

शनिबार थप १०३ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म ११ हजार ६ सय ३७ जना उपचारपछि निको भएका छन् । संक्रमितमध्ये अधिकांशमा लक्षण देखिएको छैन । मंगलबारसम्म नेपालमा ४० जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यस्तै, हालसम्म २३ हजार दुई सय ७५ जना क्वारेन्टाईनमा बस्दै आएका छन् । हालसम्म २७ वटा प्रयोगशालाबाट तीन लाख ११ हजार ८ सय २९ जनाको आरटी–पिसिआर प्रविधिमार्फत कोरोना परीक्षण गरिएको छ । सबै जिल्लामा कोरोना भाइरस संक्रमण देखिएको छ ।

हालसम्म सबैभन्दा धेरै प्रदेश ५ बाट ३ हजार ७ सय १५ जना कोरोना संक्रमणमुक्त भएका छन् । प्रदेश २ मा २ हजार ६ सय ३३ जना र सुदूरपश्चिम प्रदेशमा १ हजार ६ सय ३४ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

कर्णाली प्रदेशमा १ हजार ४ सय ९२, गण्डकी प्रदेशमा ९ सय ४६ र प्रदेश १ मा ७ सय ४९ जना व्यक्ति कोरोना संक्रमणमुक्त भएका छन् ।

(Visited 109 times, 1 visits today)
Loading comments...

आजको समाचार

साताका लोकप्रिय समाचार

‘हेर्देउन मायाले’

काठमाडौँ । अमेरिकाको रोचेस्टर निवासी गायक निमा तामाङको स्वरमा रहेको 'हेर्देउन मायाले' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। लोकलयमा आधारित यस गीतमा लभद्रकला आङबुहाङ राईको...

कांग्रेसको केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । कांग्रेसको सोमबारका लागि बोलाइएको केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएको छ । समसामयिक राजनीति, क्रियाशील सदस्यता विवाद समाधान र महाधिवेशनको कार्यतालिका फेरबदल लगायत...

आफ्नै मैदानमा टोटनह्याम स्तब्ध

लन्डन । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत सोमबार बिहान सम्पन्न खेलमा म्यान्चेस्टर युनाईटेड, आर्सनल, वेष्ट ह्याम युनाईटेड र न्यूकासल युनाईटेड विजयी भएका छन् । तालिकाको...

नेपालमा काेराेना संक्रमणबाट एकै दिन ८ जनाकाे मृत्यु

काठमाडाैं ।  कोरोनाभाइरसबाट संक्रमणबाट पछिल्लाे २४ घण्टामा ८ जनाको मृत्यु भएको छ । नेपालमा सोमबार ५५९ जना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार ५...

हाम्रो लडाई विधिका लागि हो व्यक्तिका विरुद्ध होइन : नेपाल

वीरगन्ज । नेकपा एमालेका नेता माधव कुमार नेपालले आफ्नो लडाँई विधिको लागि भएको बताएका छन् । पार्टी समानान्तर कमिटी बनाउँदै पर्सा आइपुगेका नेता नेपालले...

ट्रेन्डिङ

कांग्रेसको नयाँ नारा : प्रधानमन्त्री सत्ताको खेलमा, जनता कोरोनाको सन्त्रासमा

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले ल्याएको राजनीतिक दल र संवैधानिक परिषद्सम्बन्धी दुई अध्यादेश फिर्ताका लागि दबाब बढाउन सत्ताइतर दलसँग छलफल गर्ने...

भोटेकोशी गाउँपालिकाका बाढीपहिरो पीडितले पाए राहत

सिन्धुपाल्चोक । बाढीपहिरोबाट समस्यामा रहेका चीनसँग सीमावर्ती भोटेकोशी गाउँपालिकाका सयौं स्थानीयलाई वागमती प्रदेशका उद्योग, पर्यटन, वन तथा वातवरणमन्त्री अरुण नेपालको सक्रियतामा खाद्यनलगायतका सामाग्रीहरु वितरण...

असिनाले चुटेर १० वर्षिय बालकको मृत्यु

अर्घाखाँची ।  अर्घाखाँचीको शितगङ्गा नगरपालिकामा एक १० वर्षीय बालकको असिनापानीले चुटेर मृत्यु भएको छ । नगरपालिका–१२ रजिया रातामाटाका १० वर्षीय विकास नेपालीको गएराति परेको...

केजरीवाल नयाँ दिल्लीका उच्च सरकारी अधिकारीसँग छलफल गर्दै

दिल्ली । भारतको नयाँ दिल्ली राज्यका मुख्यमन्त्री अरविन्द केजरीवालले बिहीबार नयाँ दिल्लीका उच्च सरकारी अधिकारीहरुसँग आवश्यक छलफल गर्ने भएका छन् । उनले बिहीबार अपरान्ह...

महाधिवेशन सार्दै कांग्रेस

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आगामी ७ देखि १० फागुनका लागि तोकिएको पार्टीको १४औं केन्द्रीय महाधिवेशन सार्ने तयारी गरेको छ । यसअघि...

सचेतना अभियानमा कांग्रेस सक्रिय, क्रियाशील वितरण र नवीकरण स्थगन

काठमाडौं । नेपाली कांगे्रसले कोरोना भाइरस संक्रमणबारे सक्रिय हुनुपर्ने भएकाले क्रियाशील सदस्यता वितरण र नवीकरण स्थगित गरेको घोषणा गरेको छ । पार्टी प्रवक्ता विश्वप्रकाश...

सिटिजन्स बैँक द्धारा अपाङ्ग र बहिरा बालबालिकालाई नगद सहयोग

डोल्पा । डोल्पामा रहेको सिटिजन्स इन्टरनेशल बैँकको शाखाले बहिरा तथा अपाङ्ग बालबालिका र अन्य बालबालिकाहरुलाई पचास पचास हजारको चेक दिएर सहयोग गरेको छ...

एसइई परिक्षा गरिरहन जरुरी छैन : डा. बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले एसइई परिक्षा जरुरी नभएको बताएका छन् । संघिय संसदको छैटौ अधिवेशनको अवसरमा संसदमा बोल्दै डा. भट्टराईले हाम्रो स्कुलस्तरिय...

५९० जनालाई विभूषण सिफारिस

काठमाडौं । सरकारले ‘संविधान दिवस’को अवसरमा ५ सय ९० जनाका लागि राष्ट्रपतिसमक्ष विभूषण सिफारिस गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको बैठकले विभिन्न विधामा...

झ्याङछ्युब छ्योर्तेनको ह्राप्ने सम्पन्न

सिन्धुपाल्चोक । झ्याङछ्युब छ्योर्तेन (बोधिसत्व स्तुपा) को ह्राप्ने (प्राण प्रतिष्ठा) सम्पन्न भएको छ । सिन्धुपाल्चोक जिल्ला लिसंखु पाखर गाउँपालिका–२, लिसंखु (ह्रिस्याङगो) मा निर्मित छ्योर्तेनलाई...

मुख्यमन्त्रीले देखेर पनि नदेखे झैं गरेकाे त्याे सवारी दुर्घटना

इटहरी । बेलबारी नगरपालिका ४ हल्लुडेमा दुर्घटना भयो । पूर्व–पश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश ३–०१–०२२ च। २२४२ न। को पिकअप भ्यानले दक्षिणतर्फ बाटो...

उखु किसान पुनः आन्दोलित

काठमाडौं । चिनी उद्योगीले उखु किसानको बक्यौता भुक्तानी नगरेपछि उखु किसानले पुनः आन्दोलनमा जाने घोषणा गरेका छन् । चिनी उद्योगले उखु किसानलाई बुझाउनुपर्ने बक्यौता...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 137 times, 1 visits today)