Friday, June 18, 2021
Home Exclusive ठोरीमा भारतीयले उखेले सीमास्तम्भ

ठोरीमा भारतीयले उखेले सीमास्तम्भ

,

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राम जन्मभूमि पर्साको ठोरीमा रहेको भनेपछि एकाएक चर्चामा आएको ठोरीस्थित सीता गुफानजिकै रहेको सीमास्तम्भ भारतीयले उखेलेर फ्याँकिदिएका छन् ।

शनिबार ठोरी गाउँपालिकाले भव्य कलशयात्रासहित सीता गुफामा पूजाअर्चना आयोजना गरेको थियो । पूजा कार्यक्रम सकिएलगत्तै गुफा क्षेत्रबाट स्थानीय फर्किएको केही समयमा नै भारतीय पक्षले ४३६ नम्बरको सीमास्तम्भ उखेलेर फ्याँकेको ठोरीका स्थानीयले बताएका हुन् ।

ठोरीका स्थानीय बुद्धिजीवी प्रकाश खनालले सीता गुफा परिसरमा मन्दिर बनाउने तयारी भइरहेको समयमा भारतीय पक्षले विवाद खडा गर्न सीमा स्तम्भ नै उखेलिदिएको बताए ।

‘बिहानसम्म सीमा स्तम्भ थियो, पूजाआजा सकिएर फर्किएपछि एकाएक गायब भयो, उखेलेर त्यहीँ नजिकै फालिएको रहेछ, यो भारतीय पक्षले मन्दिर बनाउन नदिन र त्यस क्षेत्रलाई संरक्षण हुनबाट रोक्न विवाद सिर्जना गर्न गरेको प्रपञ्च हो,’ खनालले राजधानीसँग भने ।

-सीता गुफानजिकै रहेको ४३६ नम्बर स्तम्भ उखेलेर फ्याँकियो
-स्थानीय भन्छन्- संरचना बनाउन नदिने भारतीय रणनीति

ठोरी गाउँपालिकाका अध्यक्ष पदमलाल श्रेष्ठले पूजाआजा हुँदासम्म भएको सीमास्तम्भ एकाएक नहुनु आश्चर्य भएको बताए । ‘पूजा हुँदासम्म सीमा स्तम्भ त्यही थियो, दिउँसोतिर हेर्दा देखिएन, उखेलेर फ्याँकिएको रहेछ, वास्तविकता बुझ्दै छु,’ अध्यक्ष श्रेष्ठले भने ।

उनका अनुसार केही दिनअघि मात्रै सो क्षेत्रको संरक्षणका लागि भन्दै गाउँपालिकाले १० लाख रकम बजेटमार्फत नै छुट्याएको थियो । ठोरी ३ का वडा अध्यक्ष सूर्य लामाले भारतीय पक्षले सीता गुफा क्षेत्रलाई आफ्नो क्षेत्रतर्फ पार्ने दाउमा सीमास्तम्भ उखेलेको बताए ।

‘एकपछि अर्को गर्दै सीमामा भारतीयको दादागिरी छ, उनीहरूले सीता गुफालाई आफ्नो क्षेत्रभित्र पार्ने दाउमा एकाएक स्तम्भ उखेले तर सारेर गाड्न भ्याएनन्,’ लामाले भने ।

नेपालतर्फ पर्ने सीता गुफाभन्दा करिब ८ मिटर दक्षिणतर्फ डाँडामा रहेको ४३६ नम्बरको सीमास्तम्भ उखेलिएको अवस्थामा फेला परेको ठोरीस्थित सशस्त्र प्रहरीको बिओपीका प्रहरी निरीक्षक दीपक दाहालले जानकारी दिए ।

उनका अनुसार उखेलिएको सीमास्तम्भलाई सशस्त्र प्रहरी र भारततर्फका एसएसबीको समूहले निगरानीमा राखेको छ । सो स्थानमा सशस्त्र प्रहरीका निरीक्षक दाहालको समूहसहित भारतीय एसएसबीको इन्सपेक्टरको कमान्डमा एसएसबीको टोली खटिएको छ । सशस्त्रका प्रहरी निरीक्षक दाहालका अनुसार घटनापछि सो स्थानमा कसैलाई पनि प्रवेश दिइएको छैन ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान् रामको जन्म ठोरीमा भएको भन्दै केही दिनअघि भनाइ सार्वजनिक गरेपछि सो क्षेत्रमा भक्तजनको भीडभाड बढ्दै गएको छ ।

(Visited 221 times, 1 visits today)
Loading comments...

आजको समाचार

उपभोक्ता ठग्ने ९७ व्यवसायीलाई कारबाही

काठमाडौँ । कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रण गर्न गरिएको निषेधाज्ञामा उपभोक्ता संरक्षण ऐन २०७५ मा व्यवस्था गरेको मापदण्ड विपरीतका गतिविधि गरी ठगी गर्ने...

युरोकपः बेल्जियम र नेदरल्यान्ड नकआउट चरणमा

कोपनहेगन । सत प्रतिशत नतिजा निकाल्दै बेल्जियम र नेदरल्यान्ड युरोकप फुटबलको अन्तिम १६ अर्थात् नकआउट चरणमा प्रवेश गरेका छन् । समूह 'बी' बाट बेल्जियम...

प्रदेशमा सबैभन्दा मुर्ख मुख्यमन्त्री मै हुँ : पृथ्वीसुव्वा गुरूङ

  पोखरा । गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले प्रदेशमा सबैभन्दा मुर्ख मुख्यमन्त्री आफू भएको इंगित गरेका छन् । नवनियुक्ति मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले शुक्रबार प्रदेशमा विश्वासका...

गण्डकीका मुख्यमन्त्री पोखरेलले पाए विश्वासको मत

  पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत लिएका छन् । गण्डकीमा लामो समयको राजनीतिक खिचातानी शुक्रबार उनको पक्षमा विश्वासको मतसँगै अन्त्य...

नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव प्रारम्भ

काठमाडौं । विगतको वर्ष कोरोनाको महामारीका कारण गत वर्ष आयोजना नसकेको नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव–२०२१ बिहीबारबाट सुरु भएको छ । यो महोत्सव आइतबारसम्म...

साताका लोकप्रिय समाचार

किनाराको ढुङ्गा सार्वजनिक

काठमाडौं । कवि तथा गीतकार कमला न्यौपानेको किनाराको ढुङ्गा नामक गीत सार्वजनिक भएको छ । नेपाल आईडल सिजन ३ की बिजेता सज्जा चौँलागाईको आवाज...

द्वन्दमा छाेरा गुमाएकी आमा भन्छिन्, मेरो जस्तै पीडा अरूले नभोगून्

  दैलेख (नौमुले) । नौमुले–३ गोपेनीकी नन्दकली रोकाया अहिले ६४ वर्षकी भइन् । १९ वर्षको उमेरमा विवाह बन्धनमा बाँधिएकी नन्दकलीले विवाहपछि लगातार चार सन्तान जन्माइन्...

छोरीको प्रेमीलाई फसाउन घरमा पेस्तोल राखेका थिए चौधरीले

  उदयपुर । जिल्ला प्रहरी कार्यालय उदयपुरले अमेरिकन पेस्तोल र त्यसका लाग्ने गोली म्यागजीन सहित बिहीवार एक जनालाई पक्राउ गरेको छ । उदयपुरको त्रियुगा नगरपालिका–...

वालिकालाई खेलाउछु भन्दै आँप बगैचामा लगेर बलात्कार

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका–२२ बसबिट्टीकी ४ वर्षीया बालिका आफ्नै छिमेकीद्वारा बलात्कृत भएकी छिन् । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार बालिकालाई सोही वडाका ५० वर्षीय छेदु...

मेलम्ची नदीमा भिषण बाढी : कम्तीमा ५ जना बेपत्ता,स्थानीयकाे भागदौड

  मेलम्ची । अबिरल वर्षासँगै मेलम्ची नदीमा भिषण बाढी आएको छ । बाढीले नदी किनार आसपासमा रहेका घरहरु बगाएका छन् भने बाढीले कम्तीमा पनि ५...

ट्रेन्डिङ

उपाध्यक्ष गौतमको मन्त्री बन्ने चाहनामा तत्काल पूर्णविराम

काठमाडौं । नेकपाका उपाध्यक्ष वामदेव गौतमको राष्ट्रिय सभा सदस्यमा मनोनय भएर मन्त्री बन्ने चाहनामा तत्कालका लागि ब्रेक लागेको छ । सर्वोच्च अदालतका न्यायाधीश आनन्दमोहन...

पर्वतारोहण संघको ३०औं साधारण सभा सम्पन्न

काठमाडौं । नेपाल पर्वतारोहण संघका सदस्यले जलवायु परिवर्तनका कारण नेपालका हिमाली क्षेत्रमा हिउँ पग्लने, हिमनदी सुक्ने, हिमतालको आकार बढ्ने हिउँ नभएका नांगा पहाडमा पर्वतारोहण...

काभ्रे साक्षर जिल्ला घोषणा

बनेपा । काभ्रेपलाञ्चोक जिल्लालाई बुधबार साक्षर जिल्ला घोषणा गरिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले काभ्रे जिल्लालाई साक्षर भएको घोषणा गरिएको...

२० जेठसम्म लकडाउन थप

काठमाडौं । सरकारले २० जेठसम्मका लागि लकडाउन थाप गरेको छ । उच्चस्तरीय समितिले १० दिनका लागि म्याद थप गर्न सुझाव दिएकोमा सरकारले १५ दिन...

जिउँदो हुने विश्वासमा पाँच दिनसम्म घरमै लास

टीकापुर । कैलालीको टीकापुर–१ गणेशपुर शिविरमा मरेको मानिस जिउँदो हुने विश्वासमा पाँच दिनसम्म लास घरमै राखिएको छ । स्थानीय दीपक चौधरीको घरभित्र शव गन्हाउन...

भागरथी जब घरबाट हिँडिन्…

काठमाडौं । बैतडीको दोगडाकेदार ७ की १७ वर्षीय किशोरी भागिरथी भट्टको बलात्कार तथा हत्यामा संलग्न रहेका व्यक्तिलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । प्रहरीले...

धनकुटाका स्वास्थ्यकर्मीमा कोरोना संक्रमण

धनकुटा । धनकुटाका एक स्वास्थ्यकर्मीमा आज कोरोना संक्रमण पुष्टि भएको छ । सहिदभूमी गाउँपालिकामा कार्यरत ४५ बर्षीय पुरुष स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य...

ब्याडमिन्टन एकेडेमी सञ्चालनमा

काठमाडौं । ब्याडमिन्टन जगतमा उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यसहित काठमाडौं ब्याडमिन्टन एकेडेमी (केबीए) स्थापना भएको छ । केबीएले ६ महिना अघिदेखि कार्य गर्दै आएपनि...

नएमबी बैंक र हस्तकला उद्यमीबीच समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं । एनएमबी बैंक लिमिटेड र नेपाल हाते कागज उद्यमी संघ, राष्ट्रिय अल्लो उद्यमी संघ नेपाल तथा नेपाल उद्यमशील महिला महासंघबीच संघका सदस्यहरूको...

गुल्मीको धुर्कोटमा बेवारिसे शव फेला

गुल्मी । गुल्मीको धुर्कोट गाँउपालिका वडा नम्बर १ नयाँगाउमा बेवारिसे शव फेला परेको छ । शुक्रबार दिउँसो १ बजेतिर साविकको नयाँगाउ गाविस वडा नम्बर...

कोराेना त्रास : झापाका पर्यटकीय क्षेत्र सुनसान

झापा । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको त्रासका कारण झापाका पर्यटकीय क्षेत्रमा असर परेको छ । जिल्लाका विभिन्न स्थानमा रहेका पर्यटकीय क्षेत्रमा दैनिक घुम्न आउने...

खेतमा जमेको पानीमा डुबेर सर्लाहीमा एक वृद्धको मृत्यु

सर्लाही । सर्लाहीमा खेतमा जमेको पानीमा डुबेर एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा मलगंवा नगरपालिका वडा नं. ६ सुखैनिया टोल बस्ने ५०...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)