Saturday, September 26, 2020
Home Editor-Picks झन्डै १६ अर्ब रुपैयाँ राजस्व छली मुद्दा

झन्डै १६ अर्ब रुपैयाँ राजस्व छली मुद्दा

काठमाडौं । राजस्व अनुसन्धान विभागले गत आर्थिक वर्ष २०७६-७७ मा राजस्व छली र विदेशी विनिमय अपचलनसम्बन्धी कसुरका गरी १६ अर्ब रुपैयाँभन्दा बढीको मुद्दा दायर गरेको छ । विभागले एक वर्षको अवधिमा १५ अर्ब रुपैयाँभन्दा बढीको राजस्व छली र करिब ८० करोड रुपैयाँको विदेशी विनिमय अपचलनसम्बन्धी कसुरमा सम्लग्न विभिन्न फर्म, कम्पनी तथा व्यक्तिविरुद्ध मुद्दा दायर गरको हो ।

एक वर्षको अवधिमा १ हजारभन्दा बढी फार्म, कम्पनी तथा व्यक्तिविरुद्ध विभिन्न अदालतमा मुद्दा दायर भएको थियो । गत आर्थिक वर्षको अन्त्य एवं असारको अन्तिम साता मात्रै विभागले ७ अर्ब रुपैयाँभन्दा बढी राजस्व छलीमा संलग्न फार्म तथा व्यक्तिविरुद्ध विभिन्न अदालतमा मुद्दा दायर गरेको थियो । उनीहरूविरुद्ध बिगो दाबी असुल्न र विगोको दोब्बर जरिमाना एवं कैद सजायको माग दाबी गर्दै विभिन्न उच्च अदालतमा मुद्दा दायर गरिएको विभागले जनाएको छ ।

विभागका अनुसार राजस्व छलीमा संलग्न हुनेहरूले राजस्व चुहावट गर्ने क्रममा आफ्नो कम्पनीले तिर्नु नपर्ने खरिदको लागत देखाउने, मालवस्तु बिनाबिल र बिजक बिक्री गर्ने, मौज्दात खातामा मालवस्तु देखिने तर गोदाममा मालवस्तु नदेखाउने, झुटा तथा नक्कली मूल्य अभिवृद्धि कर(भ्याट) बिजक प्रयोग गर्ने गरेको भेटिएको थियो ।

यसैगरी, कमजोर आर्थिक अवस्था भएका मजदुरहरूको नाममा नक्कली फार्म खडा गरी झुटा विवरण पेस गर्ने, अन्तःशुल्क स्टिकर नलगाई मालवस्तु बिक्री–वितरण गर्ने, फल्सबटम बनाउने, विदेशी विनिमय अपचलन तथा अवैध हुन्डी कारोबारमा संलग्न, नक्कली बिजक प्रयोग गर्नेदेखि लिएर भ्याट बिलको नक्कली कारोबारमा संलग्नलगायतका तरिका अपनाएर राजस्व छल्ने गरेको भेटिएको थियो ।

सो अवधिमा गैरकानुनी रूपमा नेपाल भिœयाइएका चोरीका गाडी वैधानिक बनाउन खोज्ने र भन्सार नाकाबाट ठूलो परिमाणको तयारी मासु समेत काठमाडौं ल्याएको भेटिएको थियो । राजस्वमाराहरूले अपनाइरहेका विभिन्न तरिकासँगै सो अवधिमा विभिन्न बैंकका एटीएम ह्याक गर्नेदेखि नक्कली चेक बनाएर बैंकबाट करोडौं रुपैयाँ निकाल्ने काम र बैंकिङ चोरीका घटनासमेत भएका थिए ।

गत आवको अन्त्य एवं असारमा मात्रै विभागले करिब ७ अर्ब रुपैयाँभन्दा बढी राजस्व छलीमा संलग्न फार्म तथा व्यक्तिहरूविरुद्ध विभिन्न अदालतमा मुद्दा दायर गरेको थियो । राजस्व चुहावट अनुसन्धान तथा नियन्त्रण ऐन संशोधन भएसँगै अहिले विभागले उच्च अदालतमा मुद्दा दायर गर्न थालेको छ ।

२३ फागुन २०७४ मा विभागलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत ल्याएदेखि अहिलेसम्म राजस्व चुहावटको कसुरमा हजारौं व्यक्ति तथा फार्मविरुद्ध विभिन्न अदालतमा मुद्दा दायर गरिएको विभागले जनाएको छ ।

यस अवधिमा राजस्व छलीका अनेक रूप अपनाउनेहरूले अहिले नियन्त्रित वस्तुहरूको आयात गर्दा, बढी भन्सार दर भएका मालवस्तु एवं धेरै मूल्यका सवारी साधन भिœयाउँदा विभिन्न तरिका अपनाएर राजस्व छली गर्ने गरेको पाइएको पनि विभागले जानकारी गराएको छ । सरकारले विभागलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत ल्याएदेखि अहिलेसम्म राजस्व चुहावटको कसुरमा ८ जना राष्ट्र सेवक कर्मचारीसहित कुल ५ सय २१ जनाविरुद्ध करिब १३ अर्ब रुपैयाँभन्दा बढी बिगो कायम गरी बिगोको दोब्बर जरिमाना र ३ वर्षसम्म कैद माग दाबीसहित विभिन्न जिल्ला अदालतमा मुद्दा दायर भएको पनि विभागले जानकारी गराएको छ ।

यो पनि पढ्नुहोस   सरकार पुनर्गठनको आन्तरिक तयारीमा ओली र दाहाल

के भन्छन् महानिर्देशक मैनाली ?
विभागका महानिर्देशक दीर्घराज मैनालीले अनुगमन एवं विशेष सुराकीका आधारमा विभागले एक वर्षमा राजस्व छली र विदेशी विनिमय अपचलनसम्बन्धी कसुरमा संलग्न विभिन्न फार्म, कम्पनी तथा व्यक्तिहरूविरुद्ध करिब १६ अर्ब रुपैयाँको मुद्दा दायर भएको बताए । उनले अझै विभिन्न जिल्लामा भएका राजस्व छलीका सम्पूर्ण विवरण छुट्याएर निकाल्नै बाँकी रहेको बताए ।

अब केही दिनमा सबै विवरणसहितको तथ्यांक सार्वजनिक गरिने जानकारी गराउँदै उनले विभिन्न गोप्य सूचना एवं संयन्त्रबाट आएका प्रमाणका आधारमा अनुसन्धान गर्दा राजस्व छलीमा संलग्नहरूको अवैध धन्दा फेला पारेको बताए । उनले लकडाउनको अवधिमा पनि राजस्व छल्न खोज्नेहरूविरुद्ध यस विभाग निकै सक्रिय भएको बताए ।

आफूहरूले कुनै टार्गेट पु-याउन नभएर नियमित प्रक्रियाअनुसार नै विभिन्न कसुरका मुद्दा विभिन्न अदालतमा दायर गरेको जानकारी गराउँदै विभागका महानिर्देशक मैनालीले भने, ‘हाम्रो अनुसन्धान र मुद्दा दायर गर्ने आफ्नै प्रक्रिया र पद्धति हुन्छन्, त्यसैअनुसार मुद्दा लैजानुपर्ने हुन्छ ।’ उनले कुनै लक्ष्य पु¥याउन मात्र नभएर प्रक्रियासम्मत मुद्दा विभिन्न अदालतमा दायर गरिएको बताए ।

उनले विभागले अनुसन्धान अधिकृत तोकेको बढीमा ९ महिनाभित्र विस्तृत अनुसन्धानसहित सरकारी वकिलमार्फत अदालतमा मुद्दा लगिसक्नुपर्ने प्रावधानअनुरूप आफूहरूले कानुनी प्रक्रिया अघि बढाउने गरिएको बताए ।

मैनालीले राजस्व अनुसन्धान विभागको महानिर्देशक भएर आएयता मूल्य अभिवृद्धिकर (भ्याट) को नक्कली बिजक बनाउने र त्यसैअनुसार कारोबार गर्नेमाथि अनुसन्धान अघि बढाएका छन् । विगतका वर्षको तुलनामा अहिले ठूलो रकमको मुद्दा विभिन्न अदालतमा गएका कारण कुनै लक्ष्य पु-याउन मुद्दा लगेको छ कि जस्तो लागेको हुन सक्ने बताउँदै महानिर्देशक मैनालीले भने, ‘हामी रकम कति छ भन्ने हेर्दैनौ । अनुसन्धानबाट जे देखिन्छ, त्यसैअनुसार कानुनी कारबाहीको प्रक्रिया अघि बढाउने हो ।’

यो पनि पढ्नुहोस   वामदेवलाई राष्ट्रियसभा मनोनीत गर्ने निर्णय बदर गर्न माग गर्दै सर्वोच्चमा रिट

विभागले मूल्य अभिवृद्धि करको नक्कली बिजक बनाउने, कारोबार लुकाउने र राजस्व अपचलन गर्नेमाथि थप अनुसन्धानको तयारीसमेत गरेको उनले जानकारी दिए । उनले राजस्वमाराहरूले योजनाबद्ध रूपमा गरेको यस्तो कार्यविरुद्ध अहिले यस विभाग कडा रूपमा प्रस्तुत भइरहेको जानकारी गराए ।

(Visited 98 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

बैतडीमा कोरोना संक्रमणबाट एक जनाको मृत्यु

बैतडी । बैतडीमा कोरोना भाइरसको संक्रमणका कारण एकजनाको मृत्यु भएको । मृत्यु भएका ब्यक्तिको नेपाली सेनाले व्यवस्थापन गर्ने भएको छ । जिल्लाको पुर्चौडी नगरपालिका...

रौतहटमा धारिलो हतियार प्रहारबाट श्रीमतीको हत्या, श्रीमान गम्भीर घाइते

रौतहट । रौतहटमा फेरी एउटा हत्या भएको छ । रौतहटको देवाही गुनाही नगरपालिका वाड नं. ५ टिकुलियामा दम्पतीकै हत्या गर्ने उदेश्यले भएको आक्रमणमा श्रीमतीको...

चितवनमा उपचाररत कोरोना संक्रमित पुरुषको मृत्यु

चितवन । जिल्लामा थप एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । चितवन मेडिकल कजेलमा उपचाररत हेटौँडा उपमहानगरपालिका वडा ९ का ७४ वर्षीय पुरुषको...

आजदेखि मौसम सफा रहने

काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले विगत केही दिनयतादेखि प्रभावित मौसम आजदेखि सफा हुँदै हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।...

भर्खरै

चितवनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

चितवन । भरतपुर महानगरपालिका–१३ स्थित वेलसर मध्यवर्ती सामुदायिक वनमा बिहान बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अशोक...

सप्तरीमा कोरोना संक्रमणबाट थप एकको मृत्यु

राजविराज । कोरोना संक्रमणबाट सप्तरीको तीन जनाको लगातार मृत्यु भएपछि जिल्लामा अझै त्रास थपिएको छ । पछिल्लो पटक शनिबार बिहान राजविराज ७ निवासी ६२...

नेपालको अर्थतन्त्र सकारात्मक, चालू खाता र शोधनान्तर बचतमा

काठमाडौं । अर्थतन्त्रका दुई सूचक सकारात्मक देखिएका छन् । सरकारको साउन महिनाको तथ्यांकअनुसार चालू खाता र शोधानान्तर स्थिति बचतमा देखिएको हो ।  नेपाल राष्ट्र...

सीमाको सुरक्षाका लागि सबै एक हुनुपर्छ : गृहमन्त्री थापा

दार्चुला । गृहमन्त्री रामबहादुर थापाले सीमाको सुरक्षा सुरक्षाकर्मीबाट भन्दा स्थानीय वासिन्दाबाट प्रभावकारी रुपमा गर्न सकिने बताएका छन् । खलङ्गामा आयोजित पत्रकार सम्मेलनमा उनले भने,...

धेरै पढिएका

२०७६ मा न्यायालय : आदेश र फैसलाका कारण विवादमा रुमलियो

काठमाडौं । विगतका वर्षमा झैं २०७६ सालभर न्यायालयको काम कारबाही खासै आशाजनक हुन सकेन । बरु, न्यायालय विवादको भुमरीमा रुमलिरह्यो । न्यायालय...

हिउँदे अधिवेशनमा व्यस्त स्थानीय सरकार

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकका १२ स्थानीय तहमा धमाधम हिउँदे अधिवेशन सुरु भएको छ । विद्येयक अधिवेशनका रुपमा लिन हिउँदे अधिवेशनमा स्थानीय सरकार सञ्चालनका...

देश छिर्न चोर बाटो

काठमाडौं । कोरोना संक्रमणको सन्त्रासपछि सरकारले भारत र चीनसँगको सीमा नाका बन्द गरे पनि अझै धेरै नेपाली लुकीछिपी चोर बाटो हुँदै स्वदेश...

आगामी बजेटका पाँच प्राथमिकता

आगामी आर्थिक वर्ष २०७७-७८ का लागि १५ जेठमा बजेट जारी हुँदै छ । जनआन्दोलन–२ पछि गठन भएका सरकारका अर्थमन्त्रीलाई करिब एक दशक बजेट निर्माणको...

ई-पेपर

(Visited 63 times, 1 visits today)