दोस्रो टेस्ट इंग्ल्यान्डको पक्षमा

लन्डन । वेष्ट इंडीज विरुद्धको दोस्रो टेष्ट म्याचमा इंग्ल्याण्ड ११३ रनले विजयी भएको छ । ओल्ड ट्राफोर्डमा हिजो पाँचौं दिनको खेल सम्पन्न हुँदा घरेलु टोली इंग्ल्यान्डले वेष्ट इन्डिजलाई १ सय १३ रनले हराएको हो ।

दोस्रो टेष्टमा इंग्ल्याण्डले दिएको ३ सय १२ रनको चुनौति पछ्याएको वेष्ट इन्डिज १ सय ९८ रनमा अलआउट भयो । वेष्ट इन्डिजका शाम्रह ब्रुक्सले ६२ तथा जेर्मिने ब्लाकवुडले ५५ रन जोडेपनि टोलीलाई जिताउन सकेनन् । इंग्ल्यान्डका स्टुवार्ड बोर्डले ३ विकेट लिंदै जितको आधार तयार पारे ।

यसअघि पहिलो इनिङ्समा इंग्ल्यान्डले पहिलो पालीमा ९ विकेटमा डिक्लियर गरेर ४ सय ६९ रन जोडेको थियो । वेस्टइन्डिज २ सय ७८ मा अलआउट हुँदा इग्ल्यान्डले १ सय ८२ रनको अग्रता लिएपछि पाहुना टोली वेष्ट इंडीज सुरुदेखि नैं दबाबमा परेको थियो ।

दोस्रो टेष्टमा जित निकालेसँगै इंग्ल्यान्डले तीन खेलको श्रृंखलामा १–१ को बराबरी गरेको छ । पहिलो टेष्टमा इंग्ल्यान्ड ४ विकेटले पराजित भएको थियो । अब दुई टोलीबीचको अन्तिम तथा तेस्रो टेष्ट शुक्रबारबाट सुरु हुनेछ ।

तपाइको प्रतिक्रिया
(Visited 175 times, 1 visits today)

epaper

ताजा समाचार

स्रष्टाको अनुमति बिना एआईमार्फत् गीत–संगीत प्रयोग नगर्न आग्रह