श्रम बजारमा प्रवेश गर्ने सबैलाई रोजगारी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले श्रम बजारमा प्रवेश गर्ने सबैलाई रोजगारी दिएको दाबी गरेका छन् । शनिबार संसद्मा सम्बोधन गरेको सरकारका दुईवर्षे समीक्षामा प्रधानमन्त्री ओलीले श्रम बजारमा आउने नयाँ युवाले रोजगारी पाइरहेको दाबी गरेका हुन् । उनले आफ्नो नेतृत्वमा गठित दुई वर्षको सरकारका उपलब्धिमूलक प्रगतिगत समीक्षा सुनाउने क्रममा यस्तो बताएका हुन् ।

बहुमतसहितको नेकपाको सरकार गठन भएको शनिबार दुई वर्ष पूरा भएको छ । २०७४ सालको ३ फागुनमा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्री ओलीले शपथ लिएका थिए । आफ्नो दुईवर्षे कार्यकालमा भएका विविध कामका ’boutमा जानकारी गराउँदै उनले श्रम बजारमा आउने नयाँ जनशक्तिले रोजगारी पाइरहेको बताए । ‘श्रम बजारमा प्रवेश गर्ने नयाँ युवालाई रोजगारी दिएको, नयाँ आउने श्रमशक्तिअनुसार रोजगारी बढाएको दाबी गर्दै उनले श्रम बजारमा नयाँ आउने जनशक्तिलाई रोजगारीले भेट्ने स्थिति रहेको बताए । उनले अब पुराना बेरोजारलाई मात्र रोजगारी दिन बाँकी रहेको बताए ।

श्रम सूचीकरणमा समावेश भएकाहरूको तथ्यांक श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले संकलन गरिरहेको जानकारी गराउँदै उनले शिक्षा र सीपलाई जोड्न नसक्दा युवा शिक्षित बेरोजार बन्न पुगेको बताए । उनले अब सीप अभावले बेरोजार हुने स्थिति सरकारले हटाउने नीति लिएको बताए ।

प्रधानमन्त्री ओलीले आफ्नो सरकारको पालामा श्रम बजारमा थपिएका नयाँ जनशक्ति बेरोजगार बस्नु नपरेको भन्दै केही वर्ष पहिले बेरोजगार रहेका व्यक्तिहरू अहिले पनि बेरोजगार रहेको भए पनि श्रम बजारमा थपिएका नयाँ जनशक्ति कोही पनि बेरोजगार बस्नु नपरेको बताए । उनले पछिल्लो दुई वर्षको अवधिमा सरकारले प्रतिवर्ष २ देखि ३ प्रतिशतका दरले बेरोजगार घटाएको दाबी गरे ।

प्रदेशहरूको आर्थिक वृद्धि समानस्तरको जानकारी गराउँदै उनले जनता आवास तथा सुरक्षित बस्ती विकास कार्यक्रम, श्रमिकवर्गको न्यूनतम ज्यालामा भएको वृद्धि, स्वास्थ्य बिमा र सामाजिक सुरक्षा कार्यक्रमको विस्तारले न्यून आय भएका जनतालाई थप राहत पुगेको बताए । सरकारले विगत दुई वर्षको अवधिमा गरेको उपलब्धिमूलक कामहरूको समीक्षा गर्दै प्रधानमन्त्री ओलीले सरकारको यस्तो कदमले गरिबी घटाउन सहयोग पुगेको दाबी गरे । उनले अहिले रोजगारीको अवसर बढेको र यसबाट उत्पादकत्व वृद्धिमा मात्रै मद्दत पुगेको होइन, समग्रमा आर्थिक असमानता नै घटेको बताए ।

उनले प्रत्येक ३ प्रतिशतको आर्थिक वृद्धिले रोजगारीमा कम्तीमा १ प्रतिशतले वृद्धि गर्छ भन्ने यो सरकारको मान्यता रहेको बताए । हाल मुलुकले ६.५ देखि ७ प्रतिशतको आर्थिक वृद्धि गरिरहँदा सोही अनुपातले हेर्ने हो भने पनि रोजगारीको वृद्धि स्वाभाविक रूपमा २ देखि ३ प्रतिशतको बीचमा हुने जानकारी गराउँदै उनले यसको अर्थ, श्रम बजारमा प्रवेश गर्ने जनशक्तिलाई रोजगारी दिन सकेको दाबी गरे ।

श्रम बजारमा पहिले भएका बेरोेजगारले काम नपाएका होलान् तर नयाँ बेरोजगार थपिएका छैनन् भन्दै उनले अहिले बेरोजगारहरूको तथ्यांक श्रम मन्त्रालयले संकलन गर्दै जाने बताए । अहिले विकास निमार्णकोे काममा श्रमिक अभावको स्थिति छ भन्दै उनले यसको मतलब आधारभूत तहमा रोजगारीका समस्या क्रमशः हल हुँदै गएको बताए । अझै मुलुकले थाती रहेको पुरानो बेरोजगारीको समस्यालाई सम्बोधन गर्न नसकेमा चिन्ता व्यक्त गर्दै प्रधानमन्त्री ओलीले भने, ‘श्रम बजारमा जति थपिएका छन्, तिनीहरूमध्ये अधिकांशलाई सम्बोधन गर्न सकेका छौं ।’

यसैगरी, उपलब्ध जनशक्तिमा रहेको सीपको अभाव वा बेमेलका कारण जगेडा श्रमिकबीच अभावको अवस्था सिर्जना हुन पुगेको बताउँदै उनले जीवन उपयोगी शिक्षाको अभावमा शिक्षा, रोजगारी, पेसा र व्यवसायसँग आर्जित ज्ञान जोडिन नसकेकाले एक प्रकारको शिक्षित÷साक्षर बेरोजगारको जमात भएको जानकारी दिए । शिक्षित बेरोजगारलाई सीप र उद्यमशीलतासहितको उच्चस्तरको रोजगारीमा ल्याउने काम बाँकी र अब सरकारले शिक्षालाई सीप एवं प्रविधिसँग जोडेर उद्यमशीलता विकास गर्दै स्वरोजगारी बढाउने बताउँदै प्रधानमन्त्री ओलीले भने, ‘मैले प्राविधिक शिक्षा र आम शिक्षाको अनुपात ७०.३० प्रतिशत हुनुपर्छ भनेर यसै कारणले पनि भन्ने गरेको हुँ ।’

तपाइको प्रतिक्रिया
(Visited 126 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

अझै भेटिएनन् तीन महिला हत्याका अभियुक्त

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
लुम्बिनीका सबै स्थानिय तहमा संयुक्त संयन्त्र बनाउने गठबन्धनको निर्णय (निर्णयसहित)