Saturday, September 26, 2020
Home Uncategorized राखेप सदस्यसचिवका लागि तीन जना सिफारिस

राखेप सदस्यसचिवका लागि तीन जना सिफारिस

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्को सदस्यसचिवका लागि युवा तथा खेलकुद मन्त्रालयले गठन गरेको सिफारिस समितिले तीन जनाको नाम बुधबार सिफारिस गरेको छ । समितिले युवा तथा खेलकुद मन्त्रालयमा सदस्यसचिवका लागि आवेदन दिएका २७ जनाबाट तीन जनाको नाम सिफारिस गरेको हो । जसमा निवर्तमान सदस्यसचिव रमेशकुमार सिलवाल, नेकपाका केन्द्रीय सदस्य लीलबहादुर थापा मगर र राष्ट्रिय भलिबल टोलीका पूर्वकप्तान अन्जु श्रेष्ठ रहेका छन् ।

मन्त्रालयले सो नाम मन्त्रिपरिषद्मा पठाउने छ । मन्त्रिपरिषद्ले तीन जनामध्ये एक जना उपयुक्त व्यक्तिले चार वर्षका लागि सदस्यसचिवमा नियुक्त गर्ने खेलकुद विकास ऐन २०७७ मा उल्लेख छ ।

सिलवाल, थापामगर र श्रेष्ठ दौडमा

युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलियाको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समितिले ६ पटक बैठक बसेको थियो । समितिमा राष्ट्रिय खेलकुद परिषद्का पूर्व बोर्ड सदस्य इन्दिरा निरौला र परिषद्का पूर्वकर्मचारी रिम रानाभाट सदस्य छन् । राखेपको इतिहासमा पहिलोपटक आवेदन माग गरी सदस्यसचिव बन्न योग्य व्यक्तिको छनोट गरी सिफारिस गरिएको हो ।

यो पनि पढ्नुहोस   आधिकारिक ट्रेड युनियनको निर्वाचन रोक्ने सरकारको निर्णय

खेलकुद विकास ऐन २०४८ मा सदस्यसचिवको असीमित अधिकारलाई नयाँ ऐनले साइजमा ल्याएको छ । राखेपको बोर्डले सदस्यसचिवको संयोजकत्वमा एक कार्यकारी समिति बनाउनेछ । सो समितिले अधिकांश कार्य गर्ने ऐनमा उल्लेख छ । पछिल्लो ऐनमा मन्त्रालयलाई समेत बलियो बनाइएको छ । जसका कारण अब बन्ने सदस्यसचिव मन्त्रालयप्रति पूर्ण जवाफदेही हुनुपर्नेछ ।

नयाँ ऐन लागू भएसँगै राखेपमा हाल युवा तथा खेलकुद मन्त्रालयको खेलकुद विकास महाशाखा प्रमुख भक्तबहादुर ढकाल कार्यवाहक सदस्यसचिवको जिम्मेवारीमा छन् ।

(Visited 80 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

आजदेखि मौसम सफा रहने

काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले विगत केही दिनयतादेखि प्रभावित मौसम आजदेखि सफा हुँदै हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।...

जोखिम कायम रहेकाले तत्काल विद्यालय नखोल्न शिक्षामन्त्रीको आग्रह

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोभिड–१९ को जोखिम कायमै रहेकाले केही समय विद्यालय खोल्नभन्दा वैकल्पिक सिकाइ प्रणालीलाई प्राथमिकता दिन आग्रह गरेका...

१३१३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ७० हजार नाघ्यो

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप एक हजार ३१३ कोभिड–१९ (कोरोना भाइरस) का सङ्क्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४...

सप्तरीमा थप एक कोरोना संक्रमितको मृत्यु

सप्तरी । कोरोनाबाट संक्रमित थप एक सप्तरीवासीको मृत्यु भएको छ । राजविराज नगरपालिका–३ का ७१ वर्षीय पुरुषको उपचारका क्रममा धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान...

भर्खरै

कोरोना संक्रमणबाट थप एक सैनिक जवानको मृत्यु

काठमाडौँ । कोराना संक्रमणबाट नेपाली सेनामा कार्यरत थप एक सैनिकको मृत्यु भएको छ । बझाङ जिल्ला घर भई काठमाडौँ उपत्यकामा कार्यरत सैनिक जवानको शुक्रबार...

युक्रेनमा सैनिक विमान दुर्घटना हुँदा २५ जनाको मृत्यु

किभ । युक्रेनमा भएको सैनिक विमान दुर्घटनामा परी कम्तीमा पनि २५ जनाको ज्यान गएको बताइएको छ । युक्रेनका सैनिक अधिकारीहरुले सो उक्त विमान दुर्घटनामा...

चितवनमा उपचाररत कोरोना संक्रमित पुरुषको मृत्यु

चितवन । जिल्लामा थप एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । चितवन मेडिकल कजेलमा उपचाररत हेटौँडा उपमहानगरपालिका वडा ९ का ७४ वर्षीय पुरुषको...

आजदेखि मौसम सफा रहने

काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले विगत केही दिनयतादेखि प्रभावित मौसम आजदेखि सफा हुँदै हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।...

धेरै पढिएका

रोटरी सुशासन पत्रकारिता पुरस्कार रिजाल र सिवाकोटीलाई

काठमाडौं । रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ नेपालले स्थापना गरेको ‘बासु रोटरी भोकेशनल अवार्ड अन गुड गर्भनेन्स’ खोजी पत्रकारिता पुरस्कारबाट दुई सञ्चारकर्मी पुरस्कृत हुनुहुने भएको...

सहमतिकै पक्षमा ओली–दाहाल

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विवाद समाधानार्थ अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल सहमतिकै पक्षमा देखिएका छन् । प्रधानमन्त्रीसमेत रहेका ओली र...

बलात्कारको आरोपमा वडाध्यक्ष पक्राउ

गोरखा । गोरखामा बलात्कारको आरोपमा वडाध्यक्ष पक्राउ परेका छन् । जिल्लाको पालुङटार नगरपालिका–४ का वडाध्यक्ष ठाकुरकान्त रानाभाटलाई प्रहरीले सोमबार साँझ पक्राउ गरेको जिल्ला प्रहरी...

कृषि, जलविद्युत् र उद्योगमा लगानीको प्रतिबद्धता

काठमाडौं । ११ बुँदे संयुक्त घोषणपत्र जारी गर्दै रोल्पामा लगानी सम्मेलन सम्पन्न भएको छ । प्रतिनिधिसभामा रोल्पाबाट प्रतिनिधित्व गर्ने ऊर्जा, जलस्रोत तथा...

ई-पेपर

(Visited 63 times, 1 visits today)