Friday, April 23, 2021
Home Editor-Picks भारतीय तस्करको निसानामा सशस्त्र प्रहरी

भारतीय तस्करको निसानामा सशस्त्र प्रहरी

,

काठमाडौं । कोरोना संक्रमणको सन्त्रासबीच सीमा क्षेत्रमा रहेका नेपाली नागरिक तथा सुरक्षामा खटिएका सुरक्षाकर्मीमाथि भारतीय नागरिक तथा तस्करको समूहबाट पटक पटक आक्रमणको प्रयास भएको छ ।

सरकारले कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि अन्तर्राष्ट्रिय सीमा नाका बन्द गरेयता खुला सीमा नाकाबाट हुँदै आएको आवतजावत तथा तस्करी रोकिएपछि भारतीय नागरिक तथा तस्कर समूहद्वारा नेपाली पक्षमाथि विभिन्न बहानामा पटक पटक आक्रमण प्रयास गरिएको हो ।

गत आइतबार मात्रै झापाको सीमावर्ती क्षेत्र गौरीगन्जमा भारतीय तस्करको समूहले सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीमाथि आक्रमण गरेको थियो । गौरीगन्ज गाउँपालिका–५ मा रहेको १५२ नम्बरको सीमास्तम्भ पूर्व मल्हाटोलनजिकै सिमानामा आवतजावतको विषयलाई लिएर सुरक्षाकर्मीमाथि आक्रमण भएपछि सशस्त्र प्रहरीले तस्करलाई भगाउन चार राउन्ड हवाई फायर गरेको थियो ।

राति करिब ५० जनाको समूहमा आएका तस्करहरूले सीमा सुरक्षार्थ खटिएको सशस्त्र प्रहरीको टोलीमाथि हातपात गरेपछि स्थिति नियन्त्रणमा लिन सशस्त्रले गोली चलाएको सशस्त्र प्रहरी बल खजुरगाछीले जनाएको छ । सो क्रममा झडप हुँदा सशस्त्रका दुई जवान घाइते भएका थिए ।

सीमा नाका बन्द हुँदा पटक पटक आक्रमण प्रयास
लकडाउनमै ठोरी र कञ्चनपुरमा सडक निर्माणमा अवरोध

त्यसको अघिल्लो दिन (शनिबार) सोही स्थानमै सशस्त्र प्रहरीमाथि आक्रमण प्रयास भएको थियो । सशस्त्र प्रहरीका उपरीक्षक रेशमकुमार थक्सुका अनुसार सो क्रममा भारतीय तस्करको आक्रमणमा परी दुई जना सशस्त्र प्रहरी जवान घाइते भएका थिए ।

घटनापछि स्थिति नियन्त्रणमा लिन शनिबारसमेत सशस्त्र प्रहरीले चार राउन्ड हवाई फायर गरेको थियो । घरेलु हतियारसहित आएका उनीहरू त्यसपछि भागेका थिए । झापामा सीमामा खटिएका सुरक्षाकर्मीमाथि निरन्तर आक्रमण हुँदै गएपछि दुवै देशका सुरक्षा निकायका अधिकारीबीच अवस्था साम्य बनाउने विषयमा पटक पटक छलफल हुँदै आएको छ ।

झापाकै कचनकवल घेराबारीमा ३ जेठमा सुरक्षा पोस्टमा भारतीयहरूले आक्रमण गर्न खोजेपछि सशस्त्र प्रहरीले हवाई फायर गरेको थियो । दुई सय बढीको संख्यामा आएका भारतीयले नेपालतर्फ खेती गरेका कारण आउन पाउनुपर्ने भन्दै सुरक्षा पोस्टमै आक्रमण गर्न खोजेका थिए ।

यसैगरी, झापा गाउँपालिका–४ सुकुमबासी बस्तीनजिकै रहेको सीमा क्षेत्रमा समेत २२ वैशाखमा सुरक्षाकर्मीमाथि आक्रमण प्रयास भएको थियो । सीमास्तम्भ १३१ नजिकबाट भारतीयहरू नेपाल प्रवेश गर्न लाग्दा सशस्त्र प्रहरीले दुई राउन्ड हवाई फायर गरेर उनीहरूलाई भगाएको थियो । वैशाख अन्तिम सातासमेत कचनकवल गाउँपालिकामा नेपाली सुरक्षाकर्मी र भारतीय नागरिकबीच विवाद भएको थियो ।

ठोरीको सीता गुफामा तनाव, नेपालीले बनाएको सडक भत्काइयो
पर्साको ठोरीस्थित सीता गुफाभन्दा आठ मिटर पर डाँडामा रहेको नेपाल–भारत सीमास्तम्भ ४३६ उखेलेर फ्याँकिएपछि शनिबार दिनभर ठोरीको अवस्था तनावग्रस्त बनेको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले ठोरीमा भगवान् रामको जन्म भएको भन्दै अभिव्यक्ति दिएपछि सो क्षेत्रमा भरतीय सुरक्षाकर्मी बाक्लो संख्यामा तैनाथ छन् । सीमा स्तम्भ ढालिएकै स्थाननजिकै भारतीय सुरक्षाकर्मीले अहिले विवाद समाधानपछि अस्थायी सुरक्षा पोस्ट नै खडा गरेर बसेका छन् ।

शनिबार दिउँसो उखेलिएको सीमास्तम्भ राति दुवै देशका सुरक्षाकर्मी र जनप्रतिनिधिको रोहबरमा गाडिएपछि स्थिति सामान्य बनेको स्थानीय बुद्धिजीवी प्रकाश खनालले जानकारी दिए ।

त्यसयता नेपालतर्फ पर्ने सीता गुफामा स्थानीयलाई प्रवेशमा रोक लगाइएको ठोरीस्थित सशस्त्र प्रहरीको बिओपीका इन्सपेक्टर दीपक दाहालले जानकारी दिए ।

शनिबार दिउँसो १२ बजेसम्म सोही स्थानमा रहेको सीमास्तभ दिउँसो २ बजेतिर उखेलिएको अवस्थामा भेटिएको थियो । त्यसबाट आक्रोशित बनेका स्थानीय बासिन्दाले भारतीय पक्षले सीमा स्तम्भ उखेलेको भन्दै सीमा क्षेत्रमा गएर नाराबाजी गरेका थिए ।

त्यसअघि समेत ठोरीमा लकडाउनकै समयमा नेपाली पक्षले हुलाकी सडकअन्तर्गत ठुटेखोला पुल जोड्न बनाइएको सडक भारतीय पक्षले भत्काइदिएका थिए । सो क्रममा नेपाली पक्षले भारतीय सुरक्षाकर्मीसहित भारतीय नागरिकलाई नाराबाजी गर्दै लखेटेका थिए ।

सुनसरीमा मोटरसाइकल छाडेरै भागे तस्कर
सुनसरीको सीमा क्षेत्रमा समेत पटक पटक तस्कर समूहले सशस्त्र प्रहरीलाई निसाना बनाएको छ । तस्कर समूहसँग लकडाउनकै अवधिमा सुनसरीमा सशस्त्र प्रहरीको दुई पटक झडप भइसकेको छ ।

१ साउनमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीमाथि भारतीय तस्करको समूहले आक्रमण प्रयास गरेका थिए । पानीट्यांकी नजकैको क्षेत्रबाट मोटरसाइकलमा आएका उनीहरूले आक्रमण गर्दा दुवैतर्फबाट गोली हानाहान भएको थियो ।

सोही क्रममा प्रहरीले चलाएको गोली लागेर देवानगन्ज–२ का २३ वर्षीय पिन्टु यादव र ३२ वर्षीय राजेश यादव घाइते भएका थिए भने घटनास्थलबाट पेस्तोल र ६ राउन्ड गोलीसहित दुईवटा म्यागजिन र दुईवटा भारतीय नम्बरका मोटरसाइकल बरामद गरिएको थियो ।

सो घटना भएको भोलिपल्ट (२ साउनमा) समेत हरिनगर गाउँपालिका–७ घुस्कीमा अवैध सामान ओसारपसारमा संलग्न तस्करले सशस्त्र प्रहरीमाथि आक्रमण गरेका थिए । सो क्रममा सशस्त्र प्रहरीतर्फबाट प्रतिकार हुँदा हरिनगर–७ का सुवाद अन्सारी घाइते भएका थिए भने सशस्त्र प्रहरीतर्फ जवान जीवराज बिसंखे घाइते भएका थिए ।

सर्लाहीमा प्रहरीको हतियार खोस्ने प्रयास
यसैगरी, गत ३० जेठमा सर्लाहीको पर्सा गाउँपालिका नारायणपुरस्थित सीमा क्षेत्रमा सुरक्षाकर्मीमाथि आक्रमणको प्रयास हुँदा सशस्त्र प्रहरीले करिब २० राउन्ड हवाई फायर गरेको थियो ।

सो क्रममा सशस्त्र प्रहरीको गोली लागेर एक जना भारतीय नागरिकको मृत्यु भएको थियो भने सशस्त्र प्रहरीतर्फ तीन जना घाइते भएका थिए । सो घटनामा ड्युटीमा खटिएका सशस्त्र प्रहरीको हतियार खेस्ने प्रयास भएको थियो ।

यस्तै, सर्लाहीको फेनहारामा समेत भारतीय नागरिकले नेपाल प्रहरी र सशस्त्र प्रहरीमाथि आक्रमणको प्रयास गरेका थिए । अवैध रूपमा हुने सामान ओसारपसार रोकेको भन्दै भारतीय समूहले नेपाली सुरक्षाकर्मीमाथि आक्रमणको प्रयास गरेका थिए ।

नवलपरासीमा ६ प्रहरी घाइते
यसैगरी, गत २५ जेठमा नवलपरासीको प्रतापपुर गाउँपालिका–५ बेलहियामा सशस्त्र प्रहरीमाथि आक्रमण भएको थियो । २ सय बढीको समूहमा आएका भारतीय नागरिकको आक्रमणमा परेर सोही दिन ६ जना सशस्त्र प्रहरी घाइते भएका थिए । आफ्ना सुरक्षाकर्मी घाइते हुने अवस्था आएपछि सशस्त्रले चार राउन्ड हवाई फायर खोलेको थियो ।

कञ्चनपुरमा सडक बनाउन अवरोध
कञ्चनपुर २१ असारमा सीमा क्षेत्रमा निर्माणाधीन हुलाकी राजमार्ग निर्माणमा भारतीय पक्षबाट अवरोध भएको थियो । बेलौरी नगरपालिका–८ पचुई क्षेत्रमा हातहतियारसहित आएका भारतीय सुरक्षाकर्मीले निर्माणाधीन सडक दशगजा क्षेत्रमा पर्ने भन्दै अवरोध गरेका थिए ।

नेपाली भूभागमै राजमार्ग निर्माण भइरहेको भए पनि भारतीय सुरक्षाकर्मीले दशगजा भन्दै विवाद झिकेपछि स्थानीयले प्रतिकार गरेपछि निर्माण सुचारु भएको थियो ।

सशस्त्र प्रहरीका प्रवक्ता डिआईजी प्रवीणकुमार श्रेष्ठले सीमा क्षेत्रमा सशस्त्र प्रहरीको उपस्थिति बाक्लो हुँदा तथा केही स्थानमा गैरकानुनी कामका लागि भारतीयहरू प्रवेश गर्न लाग्दा रोक्ने क्रममा झडपको प्रयास भएको बताए ।

‘केही स्थानमा गैरकानुनी कामका लागि जबर्जस्ती आउन खोज्दा असहज अवस्था बनेको देखिन्छ भने केही स्थानमा नाता सम्बन्ध तथा खेतीपातीका कारण आउन लाग्दा समेत स्थिति नियन्त्रणमा लिन गाह्रो परेको अवस्था छ,’ सशस्त्र प्रहरीका प्रवक्ता श्रेष्ठले राजधानीसँग भने ।

तर, घटनालाई सामान्य बनाउनेतर्फ भने सशस्त्र प्रहरीले तत्कालै स्थानीय प्रशासनसँगको समन्वयमा काम गर्ने गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

उनले कोरोना संक्रमणको जोखिम कम गर्न सरकारले दिएको नीति सशस्त्र प्रहरीले सीमा सुरक्षाका सवालमा पूर्ण रूपमा पालना गर्दै अघि बढिरहेको समेत जनाए । प्रवक्ता श्रेष्ठले सरकारले तोकेको निश्चित स्थानबाट भन्दा अन्यत्रबाट आवतजावत गर्न नपाइने बताए ।

सशस्त्र प्रहरीले हाल भारततर्फको दक्षिण र चीनतर्फको उत्तरी सीमा नाकामा गरी १ सय २९ स्थानमा बिओपी राखेको छ । त्यसबाहेक कोरोना भाइरस नियन्त्रणका लागि भन्दै सशस्त्रका १ हजार २ सय १२ अस्थायी चेक पोस्ट राखिएका छन् ।

(Visited 418 times, 1 visits today)
Loading comments...

आजको समाचार

सिटी र टोटनह्याम विजयी

लन्डन । इग्लिस प्रिमियर लिग फुटबलमा गएराति म्यान्चेस्टर सिटी र टोटनह्याम हट्सपर विजयी भएका छन् । तालिकाको शीर्ष स्थानमा रहेको म्यान सिटीले एस्टन भिल्लालाई...

मेरियट होटलमा ओली–नेपाल पुनः छलफल

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच मेरियट होटलमा भेटवार्ता सुरु भएको छ । बुधबार साँझ दुई नेताबीच मेरियट होटलमा...

रेम्डेसिभिर, खोप र अक्सिजन अभाव

काठमाडौं । कोरोना संक्रमण समुदायस्तरमै तीव्र फैलिँदै जाँदा रोकथाममा अत्यावश्यक मानिने खोप, रेम्डेसिभिर र अक्सिजन चरम अभाव खड्किएको छ । दैनिक संक्रमणदर २ हजारमाथि पुगे...

चेन्नइ शीर्ष स्थानमा

नयाँदिल्ली । इन्डियन प्रिमियर लिग (आइपिएल) टी–२० क्रिकेट अन्तर्गत चेन्नइ सुपर किङ्स विजयी भएको छ । बुधबार राति भएको खेलमा चेन्नइले कोलकाता नाइट राइडर्सलाई...

अछाममा कोरोना सङ्क्रमितको मृत्यु

अछाम । अछामको साँफेबगर नगरपालिका–६ भागेश्वरका ६५ वर्षीय एक पुरुषको कारोना भाइरसबाट आज बिहान मृत्यु भएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरका...

साताका लोकप्रिय समाचार

प्रधानाध्यापक र लेखापाल निष्कासित, विद्यार्थी आन्दोलनमा उत्रिए

इटहरी । इटहरी १९ मा रहेको शहीद स्मृति आवासीय माध्यमिक विद्यालयमा भएको अनियमितता बाहिरिने डरले स्कुलका प्रधानाध्यापक र लेखापाललाई विद्यालय व्यवस्थापन समितिले पदबाट निष्कासन...

यातायात मन्त्री नेम्वाङले भने ‘ढुक्क हुनुहाेस् वैशाखभित्रै रेल चल्छ’

महाेत्तरी । जयनगर–बर्दिवास रेल्वेको प्रथम खण्डमा यही वैशाख महिनाभित्रै रेल सञ्चालन हुने भएको छ । जयनगर–बर्दिवास रेल्वेको भारतको जयनगरबाट धनुषाको कुर्थासम्मको पहिलो खण्डमा वैशाख...

ईपीजी प्रतिवेदन भारत किन बुझ्न मान्दैन ?

काठमाडौं । तीन वर्षअघि १४ र १५ असार २०७५ मा काठमाडौंमा सम्पन्न नेपाल र भारत प्रबुद्ध समूह (ईपीजी) बैठकले साझा प्रतिवेदन तयार पारेर दुई...

उपनिर्वाचनको तयारीमा निर्वाचन आयोग

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा, प्रतिनिधिसभा र प्रदेश सभासहित स्थानीय तहमा रिक्त पदमा उपनिर्वाचन गर्न तयारी थालेको छ । आयोगले उपनिर्वाचनका लागि राष्ट्रिय...

नेदरल्यान्ड्ससँग नेपाल स्तब्ध

काठमाडौं । काठमाडौंमा जारी त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत नेदरल्यान्ड्ससँग नेपाल ३ विकेटले पराजित भएको छ । नेपालले दिएको २ सय ७ रनको लक्ष्य नेदरल्यान्डले...

ट्रेन्डिङ

अख्तियार कार्यालय अगाडिबाट साझा पार्टीका दर्जन नेता पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग नक्साल अगाडि प्रदर्शन गर्न पुगेका साझा पार्टीका दर्जन नेता तथा कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । निषेधित क्षेत्रमा...

वैशाख १७ गते ४० र २७ गते ३७ जिल्लामा चुनाव गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौं । दुई चरणमा निर्वाचन गर्ने भनेको सरकारले आगामी १७ वैशाखमा ४० र २७ वैशाखमा ३७ जिल्लामा निर्वाचन गर्ने निर्णय गरेको छ । सोमबार...

बुटवल–पाल्पा सडकखण्ड आजदेखि दैनिक ८ घण्टा बन्द

रुपन्देही । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल-पाल्पा सडकखण्ड स्तरोन्नति गर्न दैनिक ८ घण्टा सवारी आवागमन बन्द शुरु गरिएको छ । आजदेखि चैत १२ गतेसम्म दैनिक आठ घण्टा...

बेलका नगरपालिका पर्यटकिय क्षेत्रकोे विकासमा लागे

उदयपुर, ३० फागुन । उदयपुरको कान्छो बेलका नगपालिकाले नगर क्षेत्र भित्रको पर्यटकिय स्थलको संरक्षण तथा प्रवद्र्धनका लागि तिब्रता दिएको छ । नगरपालिकाले नगर क्षेत्र...

सप्तकोशी पानीको वहाव बढ्दै

इनरुवा । तराई तथा पूर्वी पहाडी क्षेत्रमा वर्षा शुरु भएसँगै सप्तकोशी नदीमा पानीको वहाव बढ्ने क्रम सुरु भएको छ । तीन दिनदेखि लगातार परेको...

अझै हिउँदे वर्षा भएन

काठमाडौँ । यस वर्ष हिउँदयाममा पानी नपर्दा हिउँदे बालीनालीका उत्पादनमा असर पुग्नेभएको छ । गत वर्षको मङ्सिर, पुस र माघमा वर्षा भएको थियो ।...

४३ दिनमा सकियो चुरीफुरी

काठमाडौं । ऋषिराज आचार्यको निर्माण निर्देशन रहेको हास्यप्रधान चलचित्र ‘चुरीफुरी’ को छायांकन सम्पन्न भएको छ । पुस अन्तिमबाट छायांकन थालिएको यो चलचित्रको ४३ दिनमा...

चुनाव एक दिन पनि पर सर्दैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चुनावको तयारीमा निर्वाचन आयोग लागिसकेकाले १ दिन पनि पर नसर्ने बताएका छन् । सोमबार धनुषाको ढल्केबरमा विद्युतको सब–स्टेसन उद्घाटनपछि...

पोखराका होटल असोजसम्म बन्द

पोखरामा ठूला भनिएका पोखरा होटल ग्राण्ड, फिस्टेल, बाराही, टेम्पल ट्री, ल्याण्डमार्क, माउण्ट कैलाश लगायत होटलमा पहिलेको तुलनामा हाल मात्र १५ प्रतिशत कर्मचारी कार्यरत छन् पोखरा...

४१ वर्ष पछि घर आएका दिपक आमासंग बोल्न सकेनन्

इलाम । ४० वर्ष देखि भारतीय जेलमा जीवन बिताइरहेका दिपक तिम्सिना आइतवार घर आइपुगेका छन् । इलामको फाकफोकथुम गाउँपालिका पूख्यौली घर भई हाल माईनगरपालिका...

इन्टरनेट सेवामा देखिएका समस्या तत्काल समाधान गर्न सञ्चारमन्त्रीको निर्देशन

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले इन्टरनेट सेवामा देखिएका सबै समस्या तत्काल समाधान गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् । सरकारका प्रवक्ता समेत...

रोनाल्डो आइसोलेसनमा

रोम । पोर्चुगल तथा इटालियन क्लब युभेन्ट्सका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो दुई साता आइसोलेसनमा बस्नुपर्ने भएको छ । लकडाउनकै समयमा रोनाल्डो पोर्चुगलबाट इटाली फर्केका...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 137 times, 1 visits today)