सिन्धुपाल्चोक । नेकपाका वरिष्ठ नेता एवम पुर्वप्रधामन्त्री झलनाथ खनालले १० दिनभित्र एमसीसीको प्रतिवेदन सार्वजनिक गरिने बताएका छन् ।
नेकपा सिन्धुपाल्चोकको वृहत्त आमसभामका सञ्चारकर्मीहरुसँग कुराकानी गर्दे नेकपाको तर्फबाट एमसीसी कार्यदल अध्ययनका लागि गठित समितिका संयोजक समेत रहेका खनालले देश र जनाताको हितमा हुने रहेछ भने पारित हुने र नहुने रहेछ भने पारित नहुने जानकारी दिए । ‘हामी अध्ययन सुरु गरेका छौँ । १० दिनभित्र सबै प्रतिवेदन बुझाउने छौँ’, नेता खनालले भने ।
नेकपाको भर्खरै सम्पन्न केन्द्रीय समितिको बैठक ऐतिहासिक भएको भन्दै नेता खनालले अब पार्टीका केन्द्रीय अध्यक्षदेखि तल्लो तहका कार्यकर्ताहरु समेत एउटै विद्यान अनुसार अघि बढ्ने बताए । केन्द्रीय कमिटिको बैठकमा पुर्व एमाले र माओवादीको तर्फबाट भन्दा पनि नेकपाको तर्फबाट सबै नेताहरु प्रस्तुत भएकाले अब नेकपा कुनै पनि हिसाबमा नफुट्ने दाबी गरे ।
नेकपाको सरकार अहिले पनि दुई तिहाइकै भएको खनालले दाबी गरे । ‘मिडियाहरुले अब बहुमतको मात्रै सरकार भएको भन्छन् । तर राष्ट्रिय सभाको निर्वाचन पछि यो सरकार दुई तिहाइकै भएको छ, नभए गने हुन्छ’ खनालले भने ।
कार्यक्रममा नेकपा केन्द्रीय अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहरा, केन्द्रीय सदस्यहरु अरुण नेपाल, कृष्णप्रसाद सापकोटा, शेरबहादुर तामाङ,माधव सापकोटा लगायतले सबै जातिहरुको चाडपर्वलाई साझा रुपमा मनाउने संस्कृतिको विकास गर्नुपर्नेमा जोड दिए ।