महेन्द्रनगर । कञ्चनपुरको बेलौरीमा गएराती एक पुरुष आफ्नै छोरी बलात्कारको आरोपमा प्रहरीले पक्राउ गरेको छ । बेलौरी नगरपालिका– ५ कञ्चनपुरका ४० वर्षीय पुरुषलाई गएराति प्रहरीले पक्राउ गरेको हो ।
छोराछोरीसँगै सुतेका पुरुषले मध्यरातमा छोरीमाथि बलात्कारको प्रयास गरेका थिए । बालिका कराएपछि परिवारका अन्य सदस्यले बलात्कार गरेको थाहा पाएपछि प्रहरीमा खबर गरेका थिए । घटना’bout प्रहरीलाई खबर आएपछि आरोपीलाई घरबाटै पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बेलौरीका इन्चार्ज रणबहादुर चन्दले बताए ।
इलाका प्रहरी कार्यालय बेलौरीले बालिकाको स्वास्थ्य चेकजाँच गरेको र दोषीमाथि छानबिन गरी कारवाही गर्नेकाम भइरहेको जनाएको छ ।
तपाइको प्रतिक्रिया
(Visited 179 times, 1 visits today)