जनकपुरधाम । प्रदेश २ मा पछिल्लो २४ घण्टामा राष्ट्रिय वाणिज्य बैंकका प्रबन्धकसहित ३२ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । जसअनुसार पर्सामा ३१ र बारामा १ जना व्यक्ति संक्रमित भएका छन् । योसँगै यस प्रदेशमा संक्रमितको संख्या ४ हजार ३ सय ५३ पुगेको छ । संक्रमितमध्ये ४ हजार २२ पुरुष र ३ सय ३१ जना महिला रहेको प्रदेश स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय कुमार झाले जानकारी दिएका छन ।
पर्सामा संक्रमण पुष्टि भएकाहरु श्रीपुरस्थित वडा प्रहरी कार्यालयमा रहेका २२ देखि ४७ बर्ष उमेर समुहका ५ जना भारतीय थुनुवा, नारायणी अस्पताल वीरगञ्जको क्वाटरमा रहेका २३ र ३५ बर्षीय दुईजना पुरुष, पकहा मैनपुर-३ सबैठुवाका २७ र ५० बर्षीय दुईजना पुरुष, भौराटार ३ पर्साका ३३ बर्षीय एकजना पुरुष, छपकैया२ वीरगञ्जका ३० र ३४ बर्षीय दुईजना पुरुष, मुरली-१२ वीरगञ्जका ३८ बर्षीया एक महिला र ९ देखि १६ बर्ष उमेर समुहका ३ जना पुरुष, छिपहरमाई गाउँपालिका-३ का २३ बर्षीय एक पुरुष, घण्टाघर-९ वीरगञ्जका २५ बर्षीय एक पुरुष, राष्ट्रिय वाणिज्य बैंकका ३३ बर्षिय प्रबन्धक, वीरगञ्ज महानगरपालिका १० का १४ देखि ६० बर्ष उमेर समुहकी ४ जना महिला र २२ र २९ बर्षीय दुईजना पुरुष, वीरगञ्ज महानगरपालिका-१३ की ४८ बर्षीया एक महिला र ९ महिनाका एक बालक र ३० बर्षीय एक पुरुष तथा वीरगञ्ज महानगरपालिका वडा नम्बर(१४, २० र २९ का २५ बर्षीया एक महिला र २३ र ३२ बर्षीय दुईजना पुरुष रहेका छन् ।
त्यस्तै बाराको जीतपुरसिमरा उपमहानगरपालिका ११ का १९ बर्षीय एक पुरुष समेत संक्रमित भएका छन् । प्रदेशभरीमा शुक्रबारसम्म सप्तरीमा ६ हजार ६ सय ७७, सिरहामा ३ हजार ७ सय ६६, धनुषामा ५ हजार २ सय ३४, महोत्तरीमा ३ हजार ७ सय ८५, सर्लाहीमा ६ हजार ३२, रौतहटमा १४ हजार ९ सय २४, बारामा ४ हजार ६ सय ५० र पर्सामा ८ हजार ३ सय १ जना गरी कुल ५३ हजार ३ सय ६९ जनाको स्वाब परिक्षण गरिएकोमा ४ हजार ३ सय ५३ जना संक्रमित भएका छन् भने ४६ हजार ९ सय २० जनाको रिपोर्ट नेगेटिभ आएको छ ।
त्यस्तै सप्तरीमा ४ सय ६६, सिरहामा २ सय १९, धनुषामा १ सय ६०, महोत्तरीमा १ सय ६५, सर्लाहीमा १ सय ३३, रौतहटमा ४ सय ८८, बारामा २ सय ७ र पर्सामा २ सय ५८ जना गरि कुल २ हजार ९६ जनाको रिपोर्ट आउन बाँकी रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
यस प्रदेशमा आज मात्रै सप्तरीमा ५ सय ३१, धनुषामा ३०, बारामा ६७ र पर्सामा १ सय ६५ जना गरि ७ सय ९३ जनाको स्वाब संकलन गरिएको छ भने सिरहामा २५, महोत्तरीमा २, बारामा ५० र पर्सामा २८ गरि जम्मा १ सय ५ जनाको आरडिटी परिक्षण गरिएको वरिष्ठ जनस्वास्थ्य प्रशासक झाले जानकारी दिए ।
आरडिटी तर्फ अहिलेसम्म २६ हजार १ सय ८९ जनाको परीक्षण गरिएकोमा सप्तरीमा ६२, सिरहामा २ सय ४२, धनुषामा १ सय ६६, महोत्तरीमा ५ सय ४, सर्लाहीमा ६, रौतहटमा १ सय २६, बारामा ४५ र पर्सामा २४ जना गरि कुल १ हजार १ सय ७५ जनाको रिपोर्ट पोजेटिभ आएको छ भने २५ हजार १४ जनाको रिपोर्ट नेगेटिभ आएको झाले बताए ।
प्रदेश २ को आठवटै जिल्लाका बिभिन्न ठाँउहरुमा निर्माण गरिएको २३ हजार ६ सय ७७ बेड क्षमताको ३ सय ७७ वटा क्वारेन्टाइनमा अहिले २ हजार ६ सय ४७ जनालाई राखिएको छ भने ६ हजार ४ सय ९२ जनालाई होम क्वारेन्टाइनमा राखिएको छ । प्रदेशका आठवटै जिल्लाको बिभिन्न ठाँउहरुमा सञ्चालनमा रहेको २ हजार २ सय ३३ बेड क्षमताको आईसोलेशनमा सप्तरीमा ८९, सिरहामा २६, धनुषामा ७७, महोत्तरीमा १३, सर्लाहीमा ६४, रौतहटमा ७७, बारामा ५१ र पर्सामा ४९ जना गरि ४ सय ४६ जना बिरामीलाई भर्ना गरिएको वरिष्ठ जनस्वास्थ्य प्रशासक झाले जानकारी दिए ।
प्रदेश २ मा सबैभन्दा बढी रौतहट जिल्लामा १ हजार २ सय ५४ जनाको रिपोर्ट पोजेटिभ आएको छ । त्यस्तै महोत्तरीमा ७ सय ५२, सर्लाहीमा ७ सय ७, धनुषामा ६ सय १९, सप्तरीमा ४ सय ९,पर्सामा २ सय ३७, सिरहामा २ सय ९ र बारामा १ सय ६६ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा यस प्रदेशमा धनुषाका ८ जना व्यक्ति अस्पतालबाट डिस्चार्ज भएका छन् । योसँगै हालसम्म यस प्रदेशमा सप्तरीका ३ सय २५, सिरहाका १ सय ५४, धनुषाका ४ सय ८८, महोत्तरीका ३ सय ३७, सर्लाहीका ६ सय २१, रौतहटका ६ सय ७०, बाराका १ सय १६ र पर्साका १ सय ७७ जना गरि २ हजार ८ सय ८८ जना संक्रमितहरु डिस्चार्ज भई आ–आफ्नो घर फर्किसकेका छन् । प्रदेश २ मा हालसम्म पर्सामा ३, बारामा २, रौतहटमा २, महोत्तरीमा १ र सप्तरीमा १ जना गरी ९ जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ ।






