इटहरी । जनता समाजबादी पार्टीका नेता कार्यकर्ताले रेशम चौधरीलाई रिहाई गर्न माग गरेका छन् । इटहरी २ त्रिभुवन चोकस्थित दर्जनौ युवाहरुले सोमबार चौधरीको रिहाईको लागि माग गरेका छन् । पत्नि हत्या अभियोग लागेका शशस्त्र प्रहरीका पूर्व डिआईजी रञ्जन कोईरालालाई अदालतले रिहाई गरेको भन्दै युवाहरुले प्रदर्शन गरेका हुन् ।
जनता समाजबादीका स्थानीय नेता अनुप सुब्बाले देशमा न्याय मरेको इङ्गित गर्दै पत्नि हत्याका अभियुक्त अदालतबाटै छुट्नु गम्भीर त्रुटि रहेको औँल्याए ।
रेशम चौधरीको रिहाई नभए देशले अर्कै रुप लिनेछ भन्दै सुब्बाले भने, “यदि जनमतको कदर हुँदैन भने उत्पीडित जनसमुदाय माथिको दमन अन्त्य गर्नका निमित्त ज्यान को बलि चढाउन तयार छु ।” उनले कुनै पनि हालतमा चौधरीलाई रिहाई हुनुपर्ने र पत्नि हत्याका अभियुक्त कोईरालामाथि कारबाही हुनुपर्नेमा जोड दिए ।
तपाइको प्रतिक्रिया
(Visited 221 times, 1 visits today)






