Monday, January 18, 2021
Home Editor-Picks विश्वविद्यालयमा आर्थिक अराजकता: आम्दानीभन्दा खर्च एक चौथाइ बढी

विश्वविद्यालयमा आर्थिक अराजकता: आम्दानीभन्दा खर्च एक चौथाइ बढी

काठमाडौं । देशभर रहेका अधिकांश विश्वविद्यालयको खर्च प्रणाली मितव्ययी नभएको पाइएको छ । अधिकांश विश्वविद्यालयको आम्दानीभन्दा खर्च धेरै देखिएको छ । यसले विश्वविद्यालयको आर्थिक पारदर्शितामाथि पटक पटक प्रश्न उठ्ने गरेको छ ।

देशकै जेठो त्रिभुवन विश्वविद्यालयले आम्दानीको तुलनामा खर्च एक चौथाइ बढी गरेको छ । विश्वविद्यालयअन्तर्गतका १३ निकायले तलब भत्तासमेतका शीर्षकमा स्वीकृत बजेटभन्दा १२ करोड २१ लाख ६ हजार रुपैयाँ बढी खर्च गरेको पाइएको छ ।

आंगिक क्याम्पस र अन्य निकायको आय २ अर्ब २३ करोड ३६ लाख रुपैयाँ, खर्च ९ अर्ब ४१ करोड ९६ लाख रुपैयाँ

त्रिभुवन विश्वविद्यालयअन्तर्गतका ६२ आंगिक क्याम्पस र अन्य निकायले आर्जन गरेको आन्तरिक आय २ अर्ब २३ करोड ३६ लाख रुपैयाँ रहेको छ । यद्यपि खर्च ९ अर्ब ४१ करोड ९६ लाख रुपैयाँ भएको देखिएको छ ।

क्याम्पसहरूको खर्चमध्ये ७० प्रतिशतसम्म शिक्षक र कर्मचारीको तलब भत्तामा हुने गरेको छ । विद्यार्थी संख्या बर्सेनि घटेको, लामो अवधिदेखि शिक्षण शुल्क पुनरावलोकन नगरेको र आयस्रोतको व्यवस्थापनमा त्रिविले चासो नदेखाएको पाइएको छ । खर्च नियन्त्रण गरी आन्तरिक आय वृद्धि गर्न महालेखा परीक्षकको ५७औं प्रतिवेदनले सुझाव दिएको छ ।

यस्तै, दाङको बेलझुन्डीमा रहेको नेपाल संस्कृत विश्वविद्यालयले विनियोजन गरिएको रकमभन्दा बढी खर्च गरेको पाइएको छ । विभिन्न खर्च शीर्षकमा स्वीकृत बजेट सिमा नघाई १ करोड ६ लाख ९८ हजार रुपैयाँ खर्च गरेको महालेखापरीक्षकको ५७औं प्रतिवेदनमा उल्लेख छ ।

संस्कृत विश्वविद्यालयको आर्थिक प्रशासनसम्बन्धी नियमावली २०६७ को नियम २३(३) मा सम्बन्धित शीर्षकमा स्वीकृत बजेटभन्दा बढी खर्च गर्न नपाउने व्यवस्था छ । संस्कृत विश्वविद्यालय संस्कृत शिक्षाको उत्थानमा केन्द्रत नभएको शिक्षाविद्हरू बताउँछन् ।

यो पनि पढ्नुहोस   उद्योगमा ७२ अर्ब ६२ करोड लगानी गर्ने प्रतिबद्धता

यस्तै, सुदूरपश्चिम विश्वविद्यालयको दुर्दशा पनि उस्तै छ । सुदूरपश्चिम विश्वविद्यालयले आम्दानीभन्दा ३ करोड ३१ लाख ८० हजार रुपैयाँ बढी खर्च गरेको महालेखापरीक्षकको प्रतिवेदनले आंैल्याएको छ । विश्वविद्यालयले स्वीकृत बजेटको सीमा नघाई बजेट खर्च गरेको देखिएको हो । विश्वविद्यालय ऐन २०६७ दफा ३३ मा आय व्ययको लेखा सरकारले अपनाएको लेखा प्रणालीअनुसार राख्नुपर्ने उल्लेख छ । ऐन लागु भएको नौ वर्ष बितिसक्दा समेत लेखा नीति तयार गरिएको छैन ।

मध्यपश्चिमाञ्चल विश्वविद्यालयले लेखा प्रणाली चुस्त दुरुस्त नराखेको पाइएको छ । विश्वविद्यालयले २०७४÷७५ मा केन्द्रीय कार्यालयमा निकासा भएको १ करोड १७ लाख २९ हजार रुपैयाँको स्रेस्ता पेस गरी लेखा परीक्षण नगराएको पाइएको छ ।

पोखरा विश्वविद्यालयले ५८ शिक्षण संस्थाको अस्थायी नवीकरण गरेको छैन । यस्तै, विश्वविद्यालयले स्थायी सम्बन्धनसमेत नदिएको देखिएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालयले एकीकृत वित्तीय विवरण नै तयार नगरेको पाइएको छ । विश्वविद्यालयले मातहतका निकायको आर्थिक कारोबार समेटी एकीकृत वित्तीय विवरण तयार नगर्दा खर्च प्रणाली व्यवस्थित नभएको प्रतिवेदनले औंल्याएको छ ।

यस्तै, राजर्षि जनक विश्वविद्यालयले आर्थिक वर्षको सुरुमै बजेट कार्यक्रम स्वीकृत गर्नुपर्नेमा आर्थिक वर्षको अन्त्यतिर मात्रै बजेट स्वीकृत गरेको छ । राजर्षि जनक विश्वविद्यालयमा १६ शैक्षिक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा चारवटा मात्रै शैक्षिक कार्यक्रम सञ्चालन भएको देखिएको छ ।

(Visited 145 times, 2 visits today)
Loading comments...

आजको समाचार

प्रतिनिधिसभा विघटन मुद्दा हेर्दाहेर्दैमा, भोलि पनि बहस

काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदनबमोजिम आज संवैधानिक इजलासमा भएको सुनुवाइमा रिट निवेदकका तर्फबाट अधिवक्ता दीनमणि पोखरेलले प्रतिनिधिसभामा प्रधानमन्त्रीलाई अवरोध नहुँदा पनि विघटन...

झापामा एम्बुलेन्स र अटो ठोकिँदा दुई जनाको मृत्यु

दमक । झापाको दमकमा आज बिहान एम्बुलेन्स र अटो ठोकिँदा दुई जनाको मृत्यु भएको छ । ट्राफिक प्रहरीका अनुसार पूर्वपश्चिम राजमार्गको दमक– ४ स्थित...

निर्वाचन तयारीमा आयोग, ८ अर्ब खर्च अनुमान

काठमाडौं । निर्वाचन आयोगले १७ र २७ बैशाखमा गरी दुर्ई चरणमा हुने गरी तय भएको प्रतिनिधि सभा निर्वाचनका लागि करिब ८ अर्ब खर्च लाग्ने...

३२२ जना संक्रमित थपिए, ६ जनाको मृत्यु

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप ३२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय ४ हजार...

त्रिविमा बेथिति : तलवमा वार्षिक ४ अर्ब बढी खर्च

काठमाडौं । त्रिभुवन विश्वविद्यालय र मातहतका क्याम्पस तथा निकायहरुमा अध्यापनरत कर्मचारीहरुको तलवमा मात्रै वार्षिक अनुमानित चार अर्ब रुपैयाँ खर्च हुने गरेको पाइएको छ । त्रिवि...

साताका लोकप्रिय समाचार

मधेसवादी दलसँग साठगाँठ गरेर प्रचण्ड प्रधानमन्त्री बन्ने दाउमा : इश्वर पोखरेल

सर्लाही । उपप्रधानमन्त्री इश्वर पोखरेलले कांग्रेस र मधेसवादी दलसँग साठगाँठ गरेर प्रचण्ड प्रधानमन्त्री बन्ने दाउमा लागेको बताएका छन् । सर्लाही सदरमुकाम मलंगवामा मंगलवार आयोजित कार्यकर्ता...

योगेश भट्टराई भन्छन् : केटो नै हुँ, प्रधानमन्त्रीको स्तर थाहा पाएँ

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी दाहान–नेपाल समूहका नेता एवं पूर्व मन्त्री योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ट्वीटमार्फत् उत्तर दिएका छन् । प्रदेश १ को...

कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू गर्ने बाटो खुल्यो

काठमाडौं । सर्वोच्च अदालतले कक्षा ११ को नयाँ पाठ्यक्रम लागू गर्ने बाटो खुला गरिदिएको छ । न्यायाधीश तेजबहादुर केसी र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले...

मोटरसाइकल ठोक्किँदा कञ्चनपुरमा दुईको मृत्यु

कञ्चनपुर । गए राति मोटरसाइकल एकआपसमा ठोक्किँदा कञ्चनपुरको कृष्णपुरमा दुई जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्र्तगत यहाँको कृष्णपुर नगरपालिका–५ आम्खैयामा दुर्घटना हुँदा दुई...

पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्य बृद्धि गरेको छ । प्रतिलिटर पेट्रोल, डिजेल र मट्टितेतमा निगमले २ रुपैयाँ बृद्धि गरेको छ ।...

ट्रेन्डिङ

ओभरटेकले मुग्लिन सडक अस्तव्यस्त, १५ किलोमिटर बढी जाम

मुग्लिन । मनसुनको शुरुआतीसँगै चितवनको मुग्लिन नारायणगढ सडकमा पुनः सास्ती शुरु भएको छ । पहिरोले उक्त सडक अहिले अस्तव्यस्त बन्न पुगेको छ । बुधबार...

जंगलको बास, चाउचाउको भोजन

धनगढी । तीन दिनदेखिको अविरल वर्षाका कारण कैलालीको दक्षिणपूर्वी क्षेत्र बाढीको चपेटामा परेको छ । बाढीका कारण ठूलो संख्यामा घर डुबानमा परेपछि दुई दिनदेखि...

दुई दिनमा साढे चार लाख यात्रु बाहिरिए

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को त्रासका कारण दुई दिनमा काठमाडौं उपत्यकाबाट ४ लाख २८ हजार ८ सय १६ यात्रु बाहिरिएका हुन्...

‘मौन क्रन्दन’को अनलाइन विमोचन सम्पन्न

काठमाडौं । डा. सावित्री श्रेष्ठको कथा संग्रह ‘मौन क्रन्दन’ को शनिबार अनलाईन विमोचन गरिएको छ । विगत तीन दशकदेखी नेपाली साहित्यमा संलग्न रहेकी लेखक...

निजी अस्पतालमा कोरोनाको उपचार मिलाउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले कोरोना भाइरस (कोभिड—१९) को उपचार गर्नबाट निजी अस्पतालले उन्मुक्ति हुन नमिल्ने आदेश जारी गरेको छ ।...

बागलुङमा अपहरण आरोपमा दुई पक्राउ

बलेवा । विद्यालय हिँडेकी बालिका अपहरण गर्ने दुई जनालाई जिल्ला प्रहरी कार्यालय बागलुङले पक्राउ गरेको छ । काठेखोला गाउँपालिका–६ की एक बालिकालाई गत मङ्गलबार...

समीक्षालाई सहयोग जारी

काठमाडौं । घरनजिकै बारीमा काम गर्ने सिलसिलामा आँखामा गम्भीर चोट लागेकी यू–१६ महिला फुटबल खेलाडी समीक्षा मगरलाई आर्थिक सहयोग आउनेक्रम बढेको छ । शुक्रबार...

अमिलो पानी महोत्सव तथा डम्फू सेलो साँस्कृतिक कार्यक्रम

काठमाडौं । सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरी थाङपाल गाउँपालिकामा ‘अमिलो पानी महोत्सव तथा डम्फू सेलो साँस्कृतिक’ कार्यक्रम हुने भएको छ । साझा भोथाङ संस्थाले राजधानीमा पत्रकार...

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

रविभवनको सोल्टी सिटी अपार्टमेन्टमा आगलागी

काठमाडौँ । काठमाडौंको रविभवनस्थित सोल्टी सिटी अपार्टमेन्टमा आगलागी भएको छ । सोमबार दिउँसो अपार्टमेन्टको माथिल्लो तलामा आगलागी भएको प्रहरी जनाएको छ । दमकल, प्रहरी, स्थानीयवासीको...

नेपालमा ३ जनामा नयाँ प्रजातिको कोरोना भाइरस पुष्टि

काठमाडौं । नेपालमा तीन जनामा नयाँ प्रजातिको कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । नेपालमा २८ वर्षीया महिला तथा ३२ र ६७ वर्षीय पुरुषमा...

‘संविधानमा हुँदै नभएको व्यवस्थालाई राजनीति हो भनेर संसद विघटन गर्न मिल्दैन’

काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदनबमोजिम आज संवैधानिक इजलासमा भएको सुनुवाइमा रिट निवेदकका तर्फबाट अधिवक्ता दीनमणि पोखरेलले यसमा राजनीतिक विषय भनेर अदालत उम्किन...

सूचना–प्रविधि पार्क ‘सेक्युरिटी प्रेस’मा परिणत हुँदै

काभ्रेपलाञ्चोक । दक्षिण एशियामै नमूना बनाउने उद्देश्यले काभ्रेपलाञ्चोकमा निर्मित सूचना–प्रविधि पार्क (आइटी पार्क) सेक्यूरिटी प्रिन्टिङ प्रेस (सुरक्षण मुद्रण केन्द्रम) मा परिणत हुँदैछ । यसका...

भर्खरै

पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्य बृद्धि गरेको छ । प्रतिलिटर पेट्रोल, डिजेल र मट्टितेतमा निगमले २ रुपैयाँ बृद्धि गरेको छ ।...

बालुवाटार गेटमा ओलीलाई स्पष्टीकरणको पत्र बुझाएर फर्किए दाहाल–नेपाल समुह

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा दाहाल–नेपाल समुहले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केपी शर्मा ओलीलाई स्पष्टीकरण सोध्ने निर्णयको पत्र बुझाएको छ । २ माघमा बसेको...

दोलखामा पहिलो चरणमा २ हजारलाई कोरोना विरुद्धको खोप लगाइने

दोलखा । दोलखाको स्थानिय सरकारले अग्रपंत्तिमा खटिएका स्वास्थ्यकर्मी लगायत करिब २ हजार नागरिकलाई पहिलो चरणको कोरोना विरुद्धको खोप लगाउनका लागि शिफारिस गरेको जनाएको छ...

३२२ जना संक्रमित थपिए, ६ जनाको मृत्यु

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप ३२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय ४ हजार...

धेरै पढिएका

छाडा छाडेकाे साँढेले लियो बृद्धाको ज्यान

सप्तरी, राजविराज । सडकमा छाढा छाडिएको साढेको आक्रमणबाट सप्तरीमा एक बृद्धाको ज्यान गएको छ । काम विशेषले घर बाहिर निस्केकी छिन्नमस्ता गाउँपालिका २ मोहनपुरकी...

विद्युत् प्राधिकरण संवेदनशील बन

राजधानी उपत्यकालगायत देशभर विद्युत् आपूर्तिमा गडबडी हुनेक्रम रोकिएको छैन । लगातार समस्या देखिन थालेपछि समस्या निरूपण तथा निदानका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय आफैंले...

विद्युतीय सवारी साधनमा सरकार नै बाधक

काठमाडौं । विद्युतीय सवारी साधन प्रयोग वृद्धिसहित न्यून इनधन, वातावरण स्वच्छ र घाटा कम गर्न सहयोग पु¥याउने काममा सरकार स्वयं बाधक देखिएको छ ।...

डेढ महिनादेखि बनमा डढेलो, अझै निभेन आगो

मनाङ । हिमाली जिल्ला मनाङको चामे गाउँपालिका–२ थानचोकको वनबाट मङ्सिर ११ देखि शुरु भएको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । सल्लोको जङ्गल, सुकेका...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 101 times, 1 visits today)