मेरी छोरीलाई ज्वाइले मारे अनि रुखमा झुण्ड्याए : धुरनी देवी

सप्तरी, राजविराज । सप्तरीको खडक नगरपालिका १० फुलबरियाकी ३५ बर्षिया लिला देवी भगतको हत्या भएको आमा धुरनी देवीले दावी गरेकी छिन् ।

उनले घटनाको उच्च स्तरिय छानविन हुनुपर्ने माग पनि गरेकी छिन् । घटनाको डेढ साता वित्तिसक्दा पनि लिलाको मृत्यु’bout सत्यतथ्य सार्वजनिक नभएपछि आईतबार सदरमुकाम राजविराज आईपुगेकी ७५ बर्षिय आमा धुरनी देवी घटना’bout वृतान्त सुनाउँदै सवै सँग सहयोगकालागि आग्रह गरेकी छिन् ।

लिलाको मृत्यु विवरण, ईलाका प्रहरी कार्यालय कल्याणपुरमा बुझाउन खोजेको जाहेरी दरखास्तका प्रतिलिपि र छोरीका केही तस्विर लिएर आएकी उनले छोरीको हत्या नै भएको दावी गरेकी छिन ।

गत माघ २० गते एकाबिहान लिलाको मृत शरिर घर नजिकैको आपको रुखमा झुण्डिएको अवस्थामा फेला परेको थियो । भोलीपल्ट धरान स्थित विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लिलाको पोष्र्टमार्टमा गरेपछि दाह संस्कार गरिको थियो ।

पोष्टमार्टम रिपोर्ट भने अहिले सम्म आउन सकेको छैन । उनलाई कुटपिट गरेर हत्या गरि झुण्डियाईको आमाको दावी छ । उनले छोरीलाई कुटपिट गरेर हत्या गरेको र हत्यालाई लुकाउन उनको मृत शरीर झुण्डियाईएको बताएकी छिन् ।

लिलाको हत्यालाई आत्महत्या देखाउन मृतकका पति सन्तोष, सासु जिबछी देवी र ससुरा लक्ष्मण भगतले मिलोमतो गरी लिलालाई पासो लगाएर झुण्डियाएको आमा धुरनी देवीको आरोप छ ।

लिलाको माईती खडक नगरपालिका ३ मा रहेको छ । माईती पक्षका अनुसार उनका पति सन्तोषको छिमेकी एक महिला सँग नाजायज सम्बन्ध थियो । ति महिलाका पति रोजगारीका शिलशिलामा बिदेशमा छन् ।

परस्त्रीसँग नाजायज सम्बन्धकै कारण पछिल्लो केही समय देखि ज्वाई सन्तोषले छोरीलाई चरम यातना दिदै आएको धुरनी देवीले सुनाईन । यस’bout छोरीले समेत पटक पटक आफुलाई जानकारी दिने गरेको उनले बताईन । ‘विहेको १५ वर्ष वित्तिसक्दा पनि छोरीको विहे दर्ता र नागरिकता समेत बनाई दिएनन,’ आमा धुरनी देवीले भनिन, विवाह दर्ता गराउन आग्रह गर्दा ज्वाई सन्तोषले निर्धात कुटपिट गर्ने गरेको छोरीले आफुलाई सुनाउने गरेको बताईन ।

यस’bout ईलाका प्रहरी कार्यालय कल्याणपुरमा सम्पर्क गर्दा प्रहरी निरिक्षक धर्मराज मुडभरीले पोष्र्टमाटम रिपोर्ट आई नसकेको अवस्थामा लिलाले आत्महत्या गरेकी हुन वा हत्या भन्ने ’bout अहिले यकिन भन्न नसकिने बताए ।
उनले घटनास्थलमा शवको प्रकृति हेर्दा हत्या भएको जस्तो अवस्था नदेखिएको बताउँदै पोष्र्टमाटम रिपोर्ट प्राप्त भएपछि सवै सत्यतथ्य सार्वजनिक गर्ने र आवश्यक कानूनी प्रकृया समेत अघी बढने बताए ।

तपाइको प्रतिक्रिया
(Visited 194 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

लुकेका ललिता निवासहरू

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पाल्पाको रामपुरमा नेपाली काँग्रेस विजयी