थप २१० जनामा कोरोना संक्रमण, १४६ जना डिस्चार्ज

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम

काठमाडौँ । नेपालमा आज थप २१० जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा देशभरका विभिन्न स्वास्थ्य प्रयोगशालामा गरिएको पिसीआर परीक्षणमा २१० जना सङ्क्रमित भेटिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको सङ्ख्या १९ हजार २७३ पुगेको छ ।

मन्त्रालयद्वारा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणमुक्त हुनेमा १४६ रहेको बताए । हालसम्म कोरोना सङ्क्रमण निको भएर घर फर्किनेको जम्मा सङ्ख्या १४ हजार २१ जना पुगेको छ । हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार २०३ रहेको छ । मुलुकभरका विभिन्न क्वारेन्टिनमा हाल १४ हजार ४७१ व्यक्ति रहेको उनले जानकारी दिए ।

यसैगरी नेपालमा कोरोनाका कारण हालसम्म ४९ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 205 times, 1 visits today)

epaper

ताजा समाचार

विश्वकप फुटबलः फ्रान्स र नर्वे अन्तिम १६ मा