Saturday, September 26, 2020
Home Editor-Picks सुन प्रकरणमा काठमाडौं प्रहरी परिसर विवादमा

सुन प्रकरणमा काठमाडौं प्रहरी परिसर विवादमा

काठमाडौं । राजधानीको कमलादीमा भेटिएको नक्कली सुन र सो प्रकरणबारे अनुसन्धान गर्न महानगरीय प्रहरी कार्यालय रानीपोखरीले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को नेतृत्वमा समिति बनाएको छ ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख डिआइजी विश्वराज पोखरेलले सो प्रकरणबारे अनुसन्धान गर्न महानगरीय अपराध अनुसन्धान महाशाखाका एसएसपी दीपक थापाको नेतृत्वमा पाँच सदस्यीय समिति बनाएका हुन् ।

अपराधीले सामान फ्याँकेर आफू बच्नका लागि भागेको देखियो । सामान समात्न सकियो, गाडी र मान्छे समात्न सकिएन । कहाँ र कसरी कमजोरी भयो

मंगलबार कमलादीबाट बरामद भएको भनिएको सुनजस्तै देखिने वस्तु परीक्षण गर्दा साढे १४ किलो चाँदी र आधा किलो सुन रहेको पुष्टि भएको थियो । त्यसबखत दुई थान पेस्तोलसमेत बरामद भएको प्रहरीले बताउँदै आएको छ । तर, सो सामान बोकेर आएको स्कार्पियो भने चेकजाँच छल्दै सामान फ्याँकेर भागेको थियो ।

‘अपराधीले सामान फ्याँकेर आफू बच्नका लागि भागेको देखियो । सामान समात्न सकियो, गाडी र मान्छे समात्न सकिएन । कहाँ र कसरी कमजोरी भयो, त्यसको अनुसन्धान हुन्छ,’ महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख डिआइजी पोखरेलले राजधानीसँग भने ।

यो पनि पढ्नुहोस   जनकपुरधाम रेल्वे स्टेशनलाई मिथिला चित्रकलाले सजाइयो

समितिमा महानगरीय प्रहरी कार्यालयका एसएसपी किरण बज्राचार्य, एसपी सोमेन्द्रसिंह राठौर, एसपी दुर्गा दाहाल र डिएसपी राजकुमार केसीलाई सदस्यको जिम्मेवारी दिइएको छ ।

काठमाडौं प्रहरीको लापरबाहीले १४ किलो चाँदी र आधा किलो सुन बोकेको गाडीका साथै अभियुक्त भाग्न सफल भएको भन्दै प्रहरीको आलोचनासमेत हुँदै आएको छ । स्रोतका अनुसार सो प्रकरणमा प्रहरीले देखाएको गाडी नम्बरसमेत गलत छ ।

महानगरीय प्रहरी परिसरका प्रमुख श्यामलाल ज्ञवालीले मंगलबार भेटिएको सुन जस्तै देखिने पदार्थमा आधा किलो मात्र सक्कली सुन भएको र बाँकी चाँदी रहेको भन्दै पत्रकारसम्मेलन गरेका थिए । उनले सो सामान बोकेर आएको गाडी प्रहरी देख्नेबित्तिकै झोला फ्याँकेर भागेको भनेका थिए ।

काठमाडौं प्रहरीले सो गाडी भागेपछि समेत आफ्नो निकायमा जानकारी नगराएको र भाग्ने गाडीको जाँचबुझमा समेत आलटाल गरेको पाइएको प्रहरी अधिकृतहरू नै बताउँछन् ।

(Visited 154 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

आजदेखि मौसम सफा रहने

काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले विगत केही दिनयतादेखि प्रभावित मौसम आजदेखि सफा हुँदै हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।...

जोखिम कायम रहेकाले तत्काल विद्यालय नखोल्न शिक्षामन्त्रीको आग्रह

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोभिड–१९ को जोखिम कायमै रहेकाले केही समय विद्यालय खोल्नभन्दा वैकल्पिक सिकाइ प्रणालीलाई प्राथमिकता दिन आग्रह गरेका...

१३१३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ७० हजार नाघ्यो

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप एक हजार ३१३ कोभिड–१९ (कोरोना भाइरस) का सङ्क्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४...

सप्तरीमा थप एक कोरोना संक्रमितको मृत्यु

सप्तरी । कोरोनाबाट संक्रमित थप एक सप्तरीवासीको मृत्यु भएको छ । राजविराज नगरपालिका–३ का ७१ वर्षीय पुरुषको उपचारका क्रममा धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान...

भर्खरै

कोरोना संक्रमणबाट थप एक सैनिक जवानको मृत्यु

काठमाडौँ । कोराना संक्रमणबाट नेपाली सेनामा कार्यरत थप एक सैनिकको मृत्यु भएको छ । बझाङ जिल्ला घर भई काठमाडौँ उपत्यकामा कार्यरत सैनिक जवानको शुक्रबार...

युक्रेनमा सैनिक विमान दुर्घटना हुँदा २५ जनाको मृत्यु

किभ । युक्रेनमा भएको सैनिक विमान दुर्घटनामा परी कम्तीमा पनि २५ जनाको ज्यान गएको बताइएको छ । युक्रेनका सैनिक अधिकारीहरुले सो उक्त विमान दुर्घटनामा...

चितवनमा उपचाररत कोरोना संक्रमित पुरुषको मृत्यु

चितवन । जिल्लामा थप एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । चितवन मेडिकल कजेलमा उपचाररत हेटौँडा उपमहानगरपालिका वडा ९ का ७४ वर्षीय पुरुषको...

आजदेखि मौसम सफा रहने

काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले विगत केही दिनयतादेखि प्रभावित मौसम आजदेखि सफा हुँदै हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।...

धेरै पढिएका

स्याङ्जामा असिनाले करोडौँ क्षति

स्याङ्जा । स्याङ्जाको फेदिखोला गाउँपालिकामा गए राती (शनिबार) परेको असिनाले करोडौको क्षति भएको छ । गाउँपालिकाको वडा नम्वर १ र ४ मा असिनाले किसानको...

सञ्चारकर्मीलाई काठमाडौं महानगरको साथ

काठमाडौ । काठमाडौ महानगरपालिकाले कोरोना भाइरस संक्रमणको जोखिम मोलेर रातदिन फिल्डमा खटिने सञ्चारकर्मीका लागि सुरक्षा सामाग्री र केहि खाद्यन्न...

प्रहरीलाई सलमानको एक लाख सेनिटाइजर र मास्क

मुम्बई । बलिउड अभिनेता सलमान खानले मुम्बई प्रहरीका लागि पर्याप्त स्वास्थ्य सामग्री वितरण गरेका छन् । अभिनेता सलमानले मुम्बई प्रहरीलाई १ लाख वटा सेनिटाइजर...

तत्काल त्रिविका परीक्षा नहुने, परीक्षाको जिम्मा डीन कार्यालयलाई

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले तत्काल परीक्षा सञ्चालन नगर्ने भएको छ । कोभिड –१९ को सङ्क्रमण बढ्न थालेपछि त्रिविले तत्काल परीक्षा नगर्ने भएको परीक्षा नियन्त्रण...

ई-पेपर

(Visited 63 times, 1 visits today)