मुम्बई । केही दिन यताको सक्रिय मनसुनसँगै अहिले भारतको आसाम र बिहार डुवानमा परेको छ । उनीहरुलाई सहयोगको खाँचो छ । बाढीपीडितहरुको उद्धारपछि यतीबेला उनीहरुलाई राहतको लागि बलिउड अभिनेत्री प्रियँका चोपडा जुटेकी छिन् ।
आफ्ना पति निक जोनसका साथ अभिनेत्री प्रियँकाले दुई दिन अघि आसामका बाढी पीडितलाई सहयोग गरेकी थिईन् । यतीबेला आफ्ना पति जोनसकासाथ यी अभिनेत्रीले बिहारका बाढीपीडितहरुका लागि सहयोग प्रदान गरिरहेकी छिन् ।
अहिले बाढीका कारण बिहारको ११ जिल्लाका २५ लाख मानिसहरु पीडित बनेका छन् । बाढीमा बगेर अहिले ८ जनाको मृत्यु भएको छ । बाढी पीडितहरुका लागि बस्न आबस्यक त्रिपाल सहितको बन्दोबस्तीको सामग्री, खानेकुरा, सफा पनि, औषधी जस्ता विभिन्न सामग्रीहरु अभिनेत्री प्रियँका चोपडाले प्रदान गरेकी छिन् ।
अभिनेत्री प्रियँकाले आफ्नो ट्विटमा लेखेकी छिन्,‘भारतमा मनसुनका कारण देशको विभिन्न स्थानमा बाढीले ताण्डब मच्चाएको छ भने बिहारका विभिन्न स्थान त पूर्ण रुपमा बाढीमय भएको छ । त्यहाँ लाखौं मानिसहरु बिस्तापित भएका छन भने उनीहरु अहिले प्रकोपसँग जुधिरहेका छन् ।’ उनले अगाडि लेखेकी छिन्,‘बाढीपीडितहरुका लागि हरेक क्षेत्रबाट अहिले मद्धतको आबस्यक छ ।
यसै क्रममा निक र मैले विभिन्न संस्था र समुहमार्फत बाढी ग्रस्त क्षेत्रमा राहत सामग्री सहितको सहयोग पु¥याईरहेका छौं भने अब तपाईहरुको पनि पालो आएको छ ।’ यस्तो अबस्थामा सबैलाई सहयोग गर्ने अभिनेत्री प्रियँका चोपडाले आह्वान गरेकी छिन् ।