Tuesday, January 19, 2021
Home Editor-Picks अचाक्ली महँगी, सरकारी निकाय मूकदर्शक

अचाक्ली महँगी, सरकारी निकाय मूकदर्शक

काठमाडौं । पछिल्लो समय व्यापारीले विभिन्न बहानामा तरकारी तथा अन्य दैनिक उपभोग्य वस्तुको मूल्य अचाक्ली बढाउँदा पनि सरकारी निकाय मौन देखिएका छन् । बिचौलियाहरू हावी भएर तरकारी तथा अन्य उपभोग्य वस्तुहरूको मूल्य अस्वाभाविक रूपमा वृद्धि गरेर कालोबजारी हँुदासमेत सरकारी निकायले सशक्त रूपमा अनुगमन गर्न सकेको छैन ।

महँगी नियन्त्रण हुन नसक्दा वाणिज्य तथा आपूर्ति मन्त्रालय र मातहतको वाणिज्य विभागको भूमिकामाथि नै प्रश्न सिर्जना भएको छ ।

बजारमा व्यापारीले मनपरी गर्दा अनुगमन गरेर कारबाही गर्ने कानुनी अधिकार वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र स्थानीय निकायलाई छ । तर, कानुनी अधिकार प्रयोग गर्न नसक्दा सरकारी पदाधिकारीहरू र बिचौलियाबीच नै साँठगाँठ भइरहेको छैन भन्ने आशंकासमेत बढेर गएको छ ।

साताअघि खुद्रा बजारमा प्रतिकिलो ३० देखि ४० रुपैयाँमा पाइने हरियो तरकारीको मूल्य ९० देखि १ सय २० रुपैयाँ पुग्दासमेत अनुगमनको जिम्मेवारीमा रहेका सरकारी निकायहरू मूकदर्शक बन्दै आएका छन् ।

व्यापारी तथा बिचौलियाले वर्षा र बाढीको बहानामा हरियो तरकारीको मूल्य तेब्बरसम्म बनाएका छन् । उनीहरूका लागि वर्षा र बाढी ठग्ने माध्यम बनिरहेको छ । बजारमा खुलेयाम रूपमा चर्को ठगी हुँदासमेत सरकारीको उपस्थिति नभएको भन्दै आमउपभोक्ताहरू आक्रोशित बनेका छन् ।

महँगी नियन्त्रणका लागि सशक्त अनुगमन गर्न नसक्दा वाणिज्य तथा आपूर्ति मन्त्रालय र मातहतको वाणिज्य विभागको भूमिकामाथि नै प्रश्न सिर्जना भएको छ ।

‘अचाक्लीको महँगीले हैरान भएका छौं, यस्तो अवस्थामा सरकारी निकाय सुतेर बस्नु घोर विडम्बना हो,’ काठमाडौं माछापोखरीकी रीता लामाले भनिन् ।

साता दिनभित्रै तरकारीको मूल्य तेब्बरले वृद्धि भएकाले आफूहरू तरकारी किनेर खानै नसक्ने अवस्थामा पुगेको लामाको गुनासो छ । लामा प्रतिनिधि पात्र मात्रै हुन् । यस्तै, समस्याबाट आम उपभोक्ताहरू सताइएका छन् ।

जथाभावी मूल्य वृद्धि हुँदा समेत बजारमा सरकारको उपस्थिति नभएकै कारण व्यापारीले त्यसको फाइदा लिएर उपभोक्तामाथि आर्थिक शोषण गरेको उपभोक्ता अधिकार मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले बताए । ‘व्यापारीले वर्षा र बाढी पहिरोको बहानामा हरियो तरकारीको मूल्य तेब्बरसम्म बढाएर उपभोक्ता ठग्दै आएका छन्,’ उनले भने, ‘बजारमा सरकारको उपस्थिति नहुँदा व्यापारीले फाइदा लिएका हुन्’ ।

यो पनि पढ्नुहोस   पर्यटन क्षेत्रलाई चलायमान बनाउन सरकारले सहयोग गर्छ : अर्थमन्त्री पौडेल

तिमिल्सिनाका अनुसार जसरी बजारमा व्यापारीले मनपरी तरकारीको मूल्य दोब्बर तेब्बर लिइरहेका छन् । ‘त्यो हिसाबले तरकारीको मूल्य बढ्ने अवस्था छैन । वर्षाले केही मात्रमा तलमाथि भए पनि त्यति धेरै बढ्दैन, यो सरकारी निकायको मौनताका परिणाम हो,’ अध्यक्ष तिमिल्सिनाले भने । सरकारले नियमित रूपमा बजार अनुमगन नगर्ने र गरिहाले पनि प्रभावकारी र पारदर्शी नहुने उपभोक्ता अधिकारीकर्मीको अनुभव छ । उनीहरूका अनुसार व्यापारीले बर्सेनि यस सिजनमा विभिन्न बहाना बनाएर दैनिक उपभोग्य वस्तु तथा हरियो तरकारीमा मूल्य बढाएर अस्वाभाविक रूपमा पैसा असुल्दै आएका छन् ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयकी सहप्रवक्ता उर्मिला केसीले पनि बजारमा सरकारी निकायको उपस्थिति न्यून भएकै कारण व्यापारीले दैनिक उपभोग्य वस्तुको मनपरी मूल्य लिएर उपभोक्तालाई ठग्ने गरेको स्विकारिन् ।

बजार अनुगमन गर्ने अधिकार प्राप्त निकाय वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग हुन् । तर, यी सरोकारवाला निकायको प्रभावकारी अनुमगन र समन्वय नहुँदा उपभोक्ता ठगिनुपरेको सहायक प्रवक्ता केसीको स्विकारोक्ति छ । बजारमा प्रभावकारी अनुगमन गरी बदमासी नियन्त्रण गर्न वाणिज्य विभागलाई निर्देशन दिइएको सहप्रवक्ता केसीले बताइन् ।

वाणिज्य आपूर्ति उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले केही दिनदेखिको अविरल वर्षाका कारण व्यापारीले हरियो तरकारीको मूल्य बढाएको बताए । उनले भने, ‘हामीले अहिलेसम्म बढेको तरकारीको मूल्यलाई लिएर अनुमगन गरेका छैनौं । बजारमा तरकारी निरन्तर आइरहँदा पनि मूल्य कम नभएपछि अब भने हामी बजार अनुगमन गर्ने तयारीमा छौं ।’

(Visited 189 times, 1 visits today)
Loading comments...

आजको समाचार

राजा र जनताको एकताले प्रजातन्त्र सबल : लोहनी

विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले राजा र जनताको एकताले राष्ट्रियता र प्रजातन्त्र सबल हुने बताएका छन् । ‘देश र...

थप ३४८ जनामा कोरोना संक्रमण, ४ जनाको मृत्यु

काठमाडौँ । थप ३४८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो समय ४ हजार ९५६ जनाको पिसिआर परीक्षण गरिएको थियो । थपिएका...

परीक्षणमै संघीयता

झन्डै २ सय ४० वर्ष पुरानो एकात्मक राजतन्त्रप्रणालीको शासन व्यवस्था समाप्त भई हाम्रो मुलुक संघीय लोकतान्त्रिक राज्य प्रणालीमा परिणत भएको धेरै समय भइसक्दा पनि...

प्रतिनिधिसभा पुनःस्थापना हुन्छ भन्ने भ्रममा नपर्नुस् : प्रधानमन्त्री ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका सबै जिल्ला, जनसङ्गठन र तहका कमिटीहरु तत्काल पुनः गठन गर्न...

पर्यटन क्षेत्रलाई चलायमान बनाउन सरकारले सहयोग गर्छ : अर्थमन्त्री पौडेल

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड–१९ का कारण अतिप्रभावित पर्यटन क्षेत्रलाई चलायमान बनाउन सरकारले आवश्यक सहयोग गर्ने बताएका छन् । पर्यटन र होटल व्यवसायका...

साताका लोकप्रिय समाचार

अफगानिस्तानमा गोली हानी दुई महिला न्यायाधीशको हत्या

काबुल । अफगान सर्वोच्च अदालतका दुई महिला न्यायाधीशमाथि आइतबार बिहानै राजधानी काबुलमा गोली हानी हत्या गरिएको छ । अफगानमा जारी हिंसा अन्त्य गर्न सरकार...

विप्लव समुहका दाेस्राे नेता बास्ताेल पक्राउ

काठमाडाैं ।  प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका प्रमुख नेता धर्मेन्द्र बास्तोला पक्राउ परेका छन् । विप्लव समूहको दोस्रो नेता मानिने बास्तोलालाई मकवानपुरको बागमती गाउँपालिकाबाट...

प्रदेश १ मा सत्तारोहणको बाटोमा काँग्रेस

मोरङ । प्रदेश १ मा अबको सत्ता समिकरणका लागि नेपाली कांग्रेस निर्णायक भएको छ । दुई तिहाई सहितको सरकार सञ्चालन गरिरहेको नेकपा नै दुई...

नेपाललाई उपलब्ध गराउने कोरोनाविरुद्धको खोपबारे भारतले आज निर्णय गर्ने

नयाँदिल्ली । नेपाललाई उपलब्ध गराउने कोरोनाविरुद्धको खोपका विषयमा भारतले आज निर्णय गर्दैछ । आज दिउँसो बस्दै भारतको केन्द्रीय स्वास्थ्य समितिको बैठकले नेपाललाई उपलब्ध गराउने...

एआईजी पोखरेलको नेतृत्वमा प्रहरीको निर्वाचन तयारी समिति

काठमाडौं । नेपाल प्रहरीले आगामी वैशाखमा हुने प्रतिनिधिसभा निर्वाचनको तयारीका लागि ३७ सदस्यीय निर्वाचन समिति बनाएको छ । प्रहरी प्रधान कार्यालयले अतिरिक्त प्रहरी महानिरीक्षक...

ट्रेन्डिङ

सीमा क्षेत्रमा जबर्जस्ती पिलर गाडेपछि स्थानीयले लखेटे एसएसबीलाई

इलाम । नेपाल–भारत पूर्वी सीमावर्ती क्षेत्रमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले जबर्जस्ती पिलर गाडेको थाहा पाएपछि स्थानीयले रोकेका छन् । सूर्याेदय नगरपालिकाको हिलेभन्ज्याङमा आइतबार...

बाफलमा ट्रकको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु

काठमाडौं । काठमाडौँको बाफलमा ट्रकको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–१३ बाफलस्थित सडकमा एनएल ०१ एडी ७१९३ नम्बरको ट्रकको ठक्करबाट...

कोरोनाबाट थप ८ जनाको मृत्यु, मृतकको संख्या १८३ पुग्यो

काठमाडौँ । नेपालमा कोरोना भाइरस (कोभिड १९) बाट आज एकै दिन आज ८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित पत्रकार...

दमकमा भदौ १३ गतेसम्म लकडाउन लम्बियो

दमक । सङ्क्रमण तीव्र फैलिँदै गएको दमकमा लकडाउनलाई फेरि एक साताका लागि थपिएको छ । नगरप्रमुख रोमनाथ ओलीको अध्यक्षतामा नगरपालिकामा शनिबार बसेको कोरोना रोकथाम...

अस्पतालको लापर्वाहीले कोरोना जितिसकेकी महिलाको मृत्यु

वीरगन्ज । अस्पतालमा उपचार गराइरहेका मध्ये गएको सोमबार यता कोभिड अस्पतालमा कसैको मृत्यु नभएको पर्सामा आइतबार एक महिलाको मृत्यु भएको छ । कोभिड अस्पतालमा...

संकटको बेला सहयोगमा देखिएनन् स्टार कलाकार

काठमाडौं । अहिले भारत लकडाउन भएको बेला बलिउडका कलाकारले दिल खोलेर सहयोग गरेका छन् । उनीहरूले सरकारदेखि विपन्न मानिसलाई आर्थिक र...

नवनियुक्त प्रहरी महानिरीक्षक ज्ञवालीद्वारा पदभार ग्रहण

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले आज प्रहरी प्रधान कार्यालयमा आफ्नो पदभार ग्रहण गरेका छन् ।
यो पनि पढ्नुहोस   मौद्रिक नीतिमार्फत घोषणा गरिएका राहत प्याकेज कार्यान्वयन गराउन माग
गृह...

श्रीमती कुटेपछि पक्राउ गरेका अभियुक्त हथ्कडी फुस्किएपछी भागे

इलाम । इलाममा एक अभियुक्त हत्कडी फुस्किएपछि फरार भएका छन् । स्वास्थ्य जाँचका अस्पताल लैजाँदै गर्दा हत्कडी फुस्किएपछि फरार भएका हुन । श्रीमतीलाई कुटपिट...

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

सशस्त्रमा बाह्य हस्तक्षेप, तोकिएको गणमा किन जान पाएनन् खनाल ?

काठमाडौं । सशस्त्र प्रहरी मुख्यालयमा सोमबार विहान सि.सं. ४ व्यवस्थापन तथा योजना तालिमको समापन कार्यक्रम थियो । ३२ जना सशस्त्र प्रहरी उपरीक्षक (एसपी) सहभागी...

सुनसरीमा सवारी दुर्घटनामा ४ जनाको मृत्यु

इटहरी । सुनसरीमा भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । सुनसरीको दुहवी १० मा माइक्रो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ...

प्रतिनिधिसभा विघटन मुद्दाः प्रधानमन्त्रीलाई सहयोग गरेका अवस्थामा विघटन गर्न नपाइने

काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदन संवैधानिक इजलासमा भएको तेस्रो दिनको सुनुवाइ हेर्दाहेर्दै मङ्गलबारका लागि तय भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा...

थप ३४८ जनामा कोरोना संक्रमण, ४ जनाको मृत्यु

काठमाडौँ । थप ३४८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो समय ४ हजार ९५६ जनाको पिसिआर परीक्षण गरिएको थियो । थपिएका...

भर्खरै

सशस्त्रमा बाह्य हस्तक्षेप, तोकिएको गणमा किन जान पाएनन् खनाल ?

काठमाडौं । सशस्त्र प्रहरी मुख्यालयमा सोमबार विहान सि.सं. ४ व्यवस्थापन तथा योजना तालिमको समापन कार्यक्रम थियो । ३२ जना सशस्त्र प्रहरी उपरीक्षक (एसपी) सहभागी...

डिम्याट खाता खोल्नेहरुको संख्या २५ लाख नाघ्यो

काठमाडौं । पछिल्लो समय सेयर बजारमा लगानीकर्ताको आकर्षण बढेसँगै अहिले डिम्याट खाता खोल्नेहरुको संख्या उल्लेखनीय रुपमा बृद्धि भई २५ लाख नाघिसकेको छ । जसका...

बलात्कृत किशोरी गर्भवती भएपछि बलात्कारमा संलग्न पक्राउ

बैतडी । बैतडीमा किशोरीमाथि बलात्कार गरेको आरोपमा दुईजना पक्राउ परेका छन् । जिल्लाको सिगास गाउँपालिकाकी १६ बर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा सिगास ५ का...

राजा र जनताको एकताले प्रजातन्त्र सबल : लोहनी

विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले राजा र जनताको एकताले राष्ट्रियता र प्रजातन्त्र सबल हुने बताएका छन् । ‘देश र...

धेरै पढिएका

नेकपामा दुवै समूहका फरक फरक रणनीति

काठमाडौं । प्रतिनिधिसभा विघटनसँगै दुई समूहमा विभाजित नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरू आआफ्नै रणनीतिअनुसार अगाडि बढ्ने भएका छन् । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा...

आउन थाले फिल्म हलमा दर्शक

काठमाडौं । दस महिनासम्म नयाँ चलचित्र नआएका नेपालका फिल्म हलमा अभिनेता शिव श्रेष्ठले बिहीबारबाट देशव्यापी रूपमा आफ्नो नयाँ चलचित्र एउटा यस्तो प्रेम कहानी रिलिज...

निर्वाचन तयारीमा आयोग, ८ अर्ब खर्च अनुमान

काठमाडौं । निर्वाचन आयोगले १७ र २७ बैशाखमा गरी दुर्ई चरणमा हुने गरी तय भएको प्रतिनिधि सभा निर्वाचनका लागि करिब ८ अर्ब खर्च लाग्ने...

मैले हँसाए भनेर किन पीर : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताको लामो सङ्घर्षबाट प्राप्त गणतन्त्रलाई कसैको इशारा वा कसैको निजी स्वार्थका लागि प्रतिगमनतर्फ जान नदिइने बताएका छन्...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 102 times, 1 visits today)