Wednesday, June 23, 2021
Home प्रदेश प्रदेश २ प्रदेश २ मा बेटी पढाऊ, बेटी बचाऊ’ अभियान कति उपलब्धिमूलक ?

प्रदेश २ मा बेटी पढाऊ, बेटी बचाऊ’ अभियान कति उपलब्धिमूलक ?

,

जनकपुर । प्रदेश नं २ को सरकारद्वारा महिला सशक्तीकरण तथा सामाजिक सुधार गर्ने गर्ने उद्देश्यले सञ्चालित ‘बेटी पढ़ाऊ, बेटी बचाऊ अभियान’ उपलब्धिमूलक रहेको बताइएको छ ।

प्रदेश सरकारद्वारा सार्वजनिक गरिएको दुई वर्षको उपलब्धि विवरणमा सो कुरा उल्लेख गरिएको छ । मुख्यमन्त्री लालबाबु राउतका अनुसार अभियानले महिलाप्रति हेर्ने दृष्टिकोणमा सकारात्मक परिवर्तन ल्याएको छ । सो अभियानअन्तर्गत हालसम्म माध्यमिक र उच्च माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत १४ हजार छात्रालाई साइकल वितरण र करिब १५ हजारलाई वितरण गर्न प्रक्रिया अगाडि बढाइएको बताइएको छ ।

साइकल वितरण कार्यक्रमअन्तर्गत सप्तरी जिल्लाका २९ विद्यालयका एक हजार ५३५ , सिरहा जिल्लाका २५ विद्यालयका एक हजार ६१६ , धनुषा जिल्लाका ३२ विद्यालयका एक हजार ७८५ र महोत्तरी जिल्लाका ३१ विद्यालयका एक हजार ८७० छात्रालाई साइकल वितरण गरिएको छ ।

त्यस्तै सर्लाही जिल्लाका ४२ विद्यालयका दुई हजार ४५७, रौतहट जिल्लाका २८ विद्यालयका एक हजार ४०८, बारा जिल्लाका २६ विद्यालयका एक हजार ६७५ र पर्सा जिल्लाका २७ विद्यालयका एक हजार ६५४ छात्रालाई साइकल वितरण गरिएको छ ।

‘छोरी जन्मनुलाई सराप होइन वरदान’का रूपमा लिनुपर्छ भन्ने भावना वृद्धि गरी जीवन सुरक्षित गर्ने उद्देश्यले सरकारले छोरी बीमाको रकमलाई वृद्धि गरी तीनलाख पु-याएको छ । सो अभियानप्रति विभिन्न पालिका उत्साहित भई सरकारद्वारा दिइएको रकममा थप गरी छ लाख पु(याउने लहर आएको जनाइएको छ ।

प्रदेश सरकारले गत वर्षको माघ १ गतेपछि जन्मिएका छोरीका लागि छोरी शिक्षा बीमा मुद्दति बचत कार्यक्रम सञ्चालन गर्दे आएको छ । सो कार्यक्रमअन्तर्गत गत आर्थिक वर्षमा चार हजार ३७३ बीमित बालिकाको खातामा रकम जम्मा भइसकेको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अनुसार सप्तरी जिल्लाका ६४७, सिरहा जिल्लाका ३६२, धनुषा जिल्लाका ७८१, महोत्तरी जिल्लाका ७२६, सर्लाही जिल्लाका ३०५, रौतहट ७६०, बारा जिल्लाका ४४१ र पर्सा जिल्लाका ३५१ बीमित बालिकाको खातामा रकम जम्मा भइसकको छ ।

सोही कार्यक्रमअन्तर्गत २०७६ साउनदेखि कात्तिकसम्म दर्ता भएका तीन हजार बालिकाको खातामा रकम पठाउने अन्तिम तयारीमा रहेको छ । त्यस्तै सो कार्यक्रम सन्दर्भमा चालु आवको माघ २ देखि माघ २९ गतेसम्म सञ्चालित शिविरमा २० हजार २५ छोरीको बीमाका लागि निवेदन दर्ता भइसकेको जनाइएको छ ।

(Visited 146 times, 1 visits today)
Loading comments...

आजको समाचार

विकासविरोधी तत्व मौलाएको भन्दै मौलापुरमा विकासको पक्षमा प्रदर्शन

  गौर । प्रदेश २ मै विकासको गतिमा सदैब एक कदम अगाडि रहने रौतहटको मौलापुर नगरपालिकामा बुधबार बिशाल जनप्रदर्शन भएको छ । विकास तथा सत्यको लडाईमा...

निषेधाज्ञामा १३ हजार हवाई यात्रु र २३ लाख केजी बढीको कार्गो सेवा

काठमाडौं । नयाँ भेरियन्टसहित तीव्र तीव्रमा फैलिएको कोरोना महामारी नियन्त्रणका लागि गरिएको निषेधाज्ञाको समय गत जेठ महिनामा मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब १३ हजार...

९७ अर्बको लगानी स्वीकृत

काठमाडौं । लगानी बोर्डले जलविद्युत् परियोजनाको करिब ९७ अर्ब रुपैयाँ लगानी स्वीकृत भएको जनाएको छ । मंगलबार प्रधानमन्त्री एवं लगानी बोर्डका अध्यक्ष केपी शर्मा...

देश गम्भीर संकटतर्फः पाँच दल

काठमाडौं । विपक्षी गठवन्धनमा आबद्ध पाँच राजनीतिक दलले सरकारको स्वेच्छाचारिताका कारण देश गम्भीर संकटतर्फ अग्रसर भएको निष्कर्ष निकालेका छन् । नेपाली कांग्रेस, माओवादी केन्द्र, उपेन्द्र...

उपत्यकाका नौ प्रहरी वृत्तमा नयाँ प्रमुख

काठमाडौं । नेपाल प्रहरीले काठमाडौं उपत्यकाका ९ प्रहरी वृत्तमा नयाँ प्रमुखलाई जिम्मेवारी दिएको छ । उपत्यकाका नयाँ प्रहरी प्रमुखमा ढुण्डिराज न्यौपाने बौद्ध, दुर्गाप्रसाद दाहाल लैनचौर,...

साताका लोकप्रिय समाचार

किनाराको ढुङ्गा सार्वजनिक

काठमाडौं । कवि तथा गीतकार कमला न्यौपानेको किनाराको ढुङ्गा नामक गीत सार्वजनिक भएको छ । नेपाल आईडल सिजन ३ की बिजेता सज्जा चौँलागाईको आवाज...

मेयर सा’ब ११ महिना भो भत्ता खोइ ?

  नुवाकोट । बैंकमार्फत भुक्तानी नगरेकै कारण नुवाकोटको पञ्चकन्या गाउँपालिका वडा नम्बर २ को कार्यालयबाट गत २४ चैतमा सामाजिक सुरक्षा भत्ताको ५३ लाख रुपैयाँ चोरी...

अशक्त बालबालिकाको हेरविचार सरकारले गर्नेछ : प्रधानमन्त्री

  काठमाडाैं ।   प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले अशक्त र परित्यक्त बालबालिकाको हेरविचारसहित आवश्यक सबै प्रबन्ध गर्ने बताएका छन् । नेपाल बाल संगठनको केन्द्रीय सभाको...

गर्मी छल्न पाटन उक्लेका भेडिगोठको विचल्ली

  जुम्ला । गर्मी छल्न पाटन उक्लेका भेडिगोठहरु निरन्तरको वर्षाले समस्यामा परेका छन् । भेडाको बथान सँगै पाटन र खर्कहरुमा बसेका भेडिगोठालाहरु अहिले विचल्लीमा छन्...

निषेधाज्ञाले मात्रै घटदैन संक्रमण

  उपत्यकालगायतका प्रमुख प्रभावित सहरमा निषेधाज्ञा लगाइएको चार साता नाघिसक्दा देशभर निषेधाज्ञा छ । तथापि, संक्रमित र मृत्यृको संख्या ओर्लिन उल्लेखनीय सुरु गरेको छैन ।...

ट्रेन्डिङ

कोरोना अपडेटः विश्वभर २ लाख ११ हजार बढीको मृत्यु, संक्रमितको संख्या ३० लाख

जेनेभा । विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाभाइरसबाट दुई लाख ११ हजारभन्दा बढी मानिसको मृत्यु भएको छ भने ३० लाखभन्दा बढी मानिस संक्रमित भएका छन्...

गैरआवासीय नेपालीलाई स्वदेश फर्कने वातावरण मिलाउन सरकारलाई आग्रह

काठमाडौं । गैरआवासीय नेपाली संघको कोभिड–१९ उच्चस्तरीय समितिका संयोजक तथा अध्यक्ष कुमार पन्तले विदेशमा रहेका गैरआवासीय नेपालीलाई नेपाल फर्कन सहज वातावरण मिलाउन नेपाल सरकारलाई...

२१ वर्षिय युवकको घाटी रेटी हत्या

बारा ।  बाराको निजगढ ९ बजारस्थित एक घरमा करिब २१ वर्षिय युवकको घाटी रेटी हत्या भएको छ । काले भन्ने रोहितको गएराती घरमै घाटी रेटी...

नायिका श्वेतालाई साेक, काेराेना संक्रमणबाट श्रीमानकाे निधन

काठमाडाैं । नायिका श्वेता भट्टराइकाे श्रीमान मिलन सापकाेटाकाे काेराेना संक्रमणबाट निधन भएकाे छ । चलचित्र ‘रिदम, ब्ल्याकमेल, प्रोड्यूसर’ लगायतका चलचित्रमा मुख्य भूमिका निर्वाह गरेकी  स्वेताका...

ब्रोकर एसोसिएसनको नयाँ कार्यसमिति

काठमाडौं । नेपाल स्टक ब्रोकर एसोसिएसनको नयाँ कार्यसमितिले कार्यभार सम्हालेको छ। संघले यसपालि अध्यक्ष निर्विरोध चयन गरेको छ। सन्तोष मैनालीको अध्यक्षतामा एसोसिएसनको २६औं वार्षिक...

आरडीटी पोजेटिभ देखिएपछि क्वारेन्टाइनबाट निकालेर भैसी गोठमा राखियो

दैलेख । भैरवी गाउँपालिका –३ को देउती आधारभुत क्वारेन्टाईनमा राखिएका चार जनामा आरडीटी पोजेटिभ देखिएपछि क्वारेन्टाईनबाट भैसी बाँध्ने गोठमा सारिएको छ । -यापिड डायग्नोस्टिक...

कलाकारद्वारा नृत्य लिपि व्यवस्थापनको माग

काठमाडौं । संगीत जस्तै नृत्यको लिपि हुन्छ । नाट्य, संगीत र नृत्यको विकास र विस्तारका लागि स्थापित नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानलाई नृत्य...

बाँकेमा थप १३ जना संक्रमित निको भएर घर फर्किए

नेपालगन्ज । बाँकेमा शुक्रबार थप १३ जना कोरोना संक्रमित निको भएर घर फर्केका छन् । नरैनापुर गाउँपालिका वडा नं.२ का १२ र नेपालगन्जका १...

क्वारेन्टाइनबाट भागेका युवक मोटरसाइकल दुर्घटनामा घाइते

तुलसीपुर । मावि सेन्टर स्कुल तुलसीपुरको क्वारेन्टाइनमा बसेका भनिएका युवक डोक्रेनामा मोटरसाइकल दुर्घटनामा परी घाइते भएका छन् । मावि सेन्टर स्कुलको क्वारेन्टाइनबाट हिजो साँझ भागेका...

सभामुख सापकोटाको आँखाको शल्यक्रिया

काठमाडौ । सम्माननीय सभामुख अग्निप्रसाद सापकोटाको आज मोतियाबिन्दुको शल्यक्रिया भएको छ । उनको काठमाडौंस्थित तिलगंगा आँखा अस्पतालमा दायाँ आँखाको शल्यक्रिया गरिएको हो । वरिष्ठ चिकित्सक...

भारतमा एकैदिनमा १३ हजारभन्दा बढी सङ्क्रमित

नयाँदिल्ली । भारतमा शुक्रबार एकैदिनमा अहिलेसम्मकै सवैभन्दा धेरै सङ्क्रमित भएको विवरण सार्वजनिक भएको छ । सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार भारतमा पछिल्लो २४ घण्टामा कोरोनाभाइरसबाट...

१ सय २० अधिकृत अलपत्र: पत्र लिएर महिनौं भौतारिए

काठमाडौं । स्थानीय तहका लागि लोकसेवा आयोगद्वारा नियुक्त गरिएका १ सय २० जना अधिकृत अझै अलपत्र परेका छन् । लोकसेवा आयोगले नियुक्त गर्नुअगावै संघीय...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)