नक्कली सुन प्रकरण : फेरि १ किलो बरामद

काठमाडौं । नक्कली सुन प्रकरण’bout अनुसन्धान गरिरहेको प्रहरीले शुक्रबार फेरि एक किलो नक्कली सुन बरामद गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार न्युरोडमा रहेको उमेश श्रेष्ठको घरको एक कोठाबाट बाहिर सुनको जलप लगाइएको १ किलो चाँदी प्रहरीले फेला पारेको हो ।

परिसर काठमाडौंका प्रवक्ता डिएसपी राजकुमार केसीले मंगलबार नियन्त्रणमा लिएको शैलीकै जलप लगाइएको अवस्थामा १ किलो चाँदी शुक्रबार न्युरोडबाट बरामद भएको जानकारी दिए ।

‘बाटामा माटो राखेर त्यसभित्र लुकाइएको अवस्थामा बाहिर जलप लगाइएको १ किलो सुन जस्तै देखिने पदार्थ नियन्त्रणमा लिइएकामा परीक्षण गर्दा चाँदी रहेको पुष्टि भयो,’ परिसर काठमाडौंका प्रवक्ता केसीले राजधाीसँग भने ।

प्रहरी उच्च स्रोतका अनुसार सो पदार्थ दरबारमार्गमा कार्यरत प्रहरी जवान प्रसन्न श्रेष्ठले त्यहाँ लगेर लुकाएको आशंका गरिएको छ । तर, प्रहरीले भने कसले लगेर लुकायो भन्ने विस्तृतमा अनुसन्धानबाट खुल्ने बताएको छ । प्रहरीले घरधनी उमेश श्रेष्ठलाई भने नियन्त्रणमा लिएको छ ।

यसअघि बिहीबार प्रहरीले साढे १४ किलो सुनचाँदी र आधा किलो सुन प्रकरणमा संलग्न अर्का एक जनालाई समेत न्युरोडबाट पक्राउ गरेको थियो । प्रहरीले चाँदीमा सुनको जलप लगाएर ढिक्का बनाउने कालिगढ मनिष मल्लिकलाई पक्राउ गरेको हो ।

उनीबाटै प्रहरीले चाँदीमा सुनको जलप लगाउन निर्देशन दिने मुख्य व्यक्तिको खोजी गरिरहेको छ । प्रहरीले बिहीबार नै सुन फ्याँकेर भाग्ने तीन जनालाई पूर्वी नवलपरासीबाट पक्राउ गरेको थियो भने सुन फ्याँक्न प्रयोग भएको स्कारर्पियो समेत नियन्त्रणमा लिएको थियो ।

खुल्दै रहस्य
साढे १४ किलो चाँदी र आधा किलो सुन अपरेसन प्रकरणमा थप रहस्य खुल्दै गएको छ । प्रहरीले गत मंगलबार कमलादीबाट सुन जस्तो पदार्थ फ्याँकेर अभियुक्तहरू भागेको बताए पनि बिहीबारसम्ममा प्रहरी आफैंले घटना भएको स्थल नै परिवर्तन गरेर सुन्धारालाई घटनास्थल बनाएको थियो ।

प्रहरीले घटनाको विवरण उठाएको कानुनी मुचुल्कामा समेत घटनास्थल सुन्धारा क्षेत्रलाई मानिएको छ । तर शुक्रबार भने फेरि सोही प्रकरणको अर्को रहस्य खुलेको छ । प्रहरीले सुन बरामद गरेको दाबी गरे पनि सुन तस्करले नै प्रहरीको हातमा नै झोला दिएको खुलेको हो । महानगरीय प्रहरी वृत्त दरबारमार्गका डिएसपी रञ्जन दाहालको नेतृत्वमा मंगलबार सुन अपरेसन भएको भनिएको थियो ।

डिएसपी दाहाललाई काठमाडौंमा सुन आएको सूचना दरबारमार्ग वृत्तमा सादा पोसाकका प्रहरी जवान प्रसन्न श्रेष्ठले दिएका थिए । ‘पहिले सुन फ्याँकेर अभियुक्त भागे भन्ने थियो, अहिले प्रहरी जवानलाई नै झोला थमाएर अभियुक्तहरू हिँडेको देखिन्छ । थप अनुसन्धान हुँदै छ,’ सो प्रकरणको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले भने ।

स्रोतका अनुसार प्रहरी जवान बहादुरसिंह कठायतलाई अभियुक्तहरूले झोला दिएर भागेको खुल्न आएको छ । त्यसको केही समयमा नै डिएसपी दाहाल सोही स्थानमा पुगेको अनुसन्धानबाट खुलेको छ ।

घटनाको प्रकृति हेर्दा सो प्रकरणमा जवान श्रेष्ठ र कठायतले डिएसपी दाहाललाई नै गुमराहमा राखेर तस्कर समूहसँग मिलेको हुन सक्ने देखिएको छ । सो प्रकरण’bout अनुसन्धान गर्न महानगरीय प्रहरी कार्यालयले कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक सुशीलकुमार यादवको नेतृत्वमा छानबिन गरिरहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 300 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले चैत १९ मा विश्वासको मत लिने

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पोखराको मेयर र उपमेयरमा सत्ता गठबन्धनको अग्रता