Sunday, May 16, 2021
Home अर्थ चिनीमा ठूलो झेल, १५ दिनमै साढे २६ करोड भन्सार छली

चिनीमा ठूलो झेल, १५ दिनमै साढे २६ करोड भन्सार छली

,

काठमाडौं । भन्सार कर्मचारीको मिलेमतोमा व्यापारीले साढे २६ करोड रुपैयाँभन्दा बढी भन्सार छली गरेर अवैध रूपमा चिनी आयात गरेको पाइएको छ । व्यापारीले गत असार मसान्तदेखि १४ साउनसम्म २६ करोड ६३ लाख २० हजार रुपैयाँ भन्सार छली गरेर अवैध रूपमा चिनी आयात गरेको पाइएको हो । त्यस क्रममा व्यापारीहरूले १ लाख २ हजार मेट्रिक टन चिनी अवैध रूपमा आयात गरेका छन् ।

स्रोतका अनुसार गत असार मसान्तदेखि १४ साउनसम्म व्यापारीले भारतको उत्तर प्रदेशबाट १ लाख ५० हजार मेट्रिक टन चिनी ल्याएका थिए, जसमध्ये ४८ हजार मेट्रिक टनको मात्रै भन्सार महसुल तिरेको पाइएको छ । बाँकी १ लाख २ हजार मेट्रिक टन चिनीको भन्सार तिरेको देखिएको छैन ।

– प्रधानमन्त्री कार्यालयमा उजुरी
– कृत्रिम अभावले उपभोक्ता मारमा

यसरी १ लाख २ हजार मेट्रिक टन चिनी अवैध रूपमा आयात गरेको पाइएपछि राष्ट्रिय उपभोक्ता मञ्चले छानबिन तथा कारबाही गर्न माग गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उजुरी दिएको छ ।

मञ्चले दिएको उजुरीमा १ लाख ५० हजार मेट्रिक टन चिनी ल्याउँदा ४८ हजार मेट्रिक टनको मात्र भन्सार महसुल तिरेको पाइएकोे छ । व्यापारीले भन्सारका कर्मचारीसँगको मिलेमतोमा करोडौंको भन्सार छली गरेको उपभोक्ता मञ्चको दाबी छ ।
सरकारले बाहिरबाट आयात हुने चिनीको प्रतिमेट्रिक टन भन्सार महसुल ५० प्रतिशतभन्दा कम नहुने गरी लिने गरेको छ । तर, व्यापारीहरूले भन्सार छली गर्दै अवैध रूपमा भन्सार नाकाबाट चिनी ल्याउने गरेका छन् । हाल प्रतिमेट्रिक टनको मूल्य ४३६ अमेरीकी डरले पर्न जान्छ । हाल अमेरिकी डलर १ रुपैयाँ बराबर नेपाली १ सय २० रुपैयाँ हुन्छ । सो मूल्य नेपाली रुपैयाँमा हिसाब गर्दा प्रतिमेट्रिक टन चिनीको मूल्य २५ हजार ३ सय २० रुपैयाँ पर्न जान्छ ।

१ लाख २ हजार मेट्रिक टन चिनीको मूल्यसँग हिसाब गर्दा ५ अर्ब ३३ करोड ६६ लाख ४० हजार हुन जान्छ । सो चिनीको मूल्यलाई ५० प्रतिशतका दरले हिसाब गर्दा २६ करोड ६३ लाख २० हजार भन्सार महसुल लिनुपर्ने हुन्छ । तर, त्यसरी सो रकम लिएको नदेखिँदा चिनी आयातमा ठूलै चलखेल भएको हुन सक्ने आशंका गरिएको छ ।

असार मसान्तदेखि १४ साउनसम्म व्यापारीले भारतको उत्तर प्रदेशबाट १ लाख ५० हजार मेट्रिक टन चिनी नेपाल ल्याएका थिए, जसमध्ये ४८ हजार मेट्रिक टनको मात्रै भन्सार महसुल तिरेको पाइएको छ ।

कर्मचारीहरूको मिलेमतोमा यसरी करोडौं रुपैयाँको भन्सार छली गरेर व्यापारीहरूले चिनी आयात गरेर ल्याउने गरेको राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले बताए । महर्जनका अनु्सार स्वदेशी उद्योगीसँग र साल्ट टे«डिङ कर्पाेरेसनसँग चिनीको मौज्दात कम भएको फाइदा लिँदै व्यापारीले अवैध रूपमा चिनी आयात गरी प्रतिकेजी ९० रुपैयाँमा बिक्री गरेर उपभोक्तालाई ठग्दै आएका छन् ।

हाल स्वदेशी उद्योगीसँग चिनी करिब ४० हजार मेट्रिक टन मात्र मौज्दात छ । यसैगरी, साल्ट टे«डिङ कर्पाेरेसनसँग चिनीको मौज्दात अत्यन्त न्यून छ । त्यसको फाइदा उठाउँदै व्यापारीले बजारमा कृत्रिम अभाव सिर्जना गरी अवैध रूपमा आयात गरेको चिनी महँगोमा विक्री गरेको महर्जनले बताए ।

सरकारले स्वदेशी चिनी उद्योगीहरूलाई बचाउन भन्दै अदूरदर्शी तरिकाले विदेशबाट आयात हुने चिनीमा विभिन्न किसिमको बाधा अवरोध खडा गर्ने कामबाट चोरी तस्करी भई ठूलो परिमाणमा चिनीको आयात हुने गरेको अध्यक्ष महर्जनको भनाइ छ ।

(Visited 323 times, 1 visits today)
Loading comments...

आजको समाचार

८ हजार १६७ जना संक्रमित थप, १ सय ८७ को मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै १८७ जनाको मृत्यु भएको छ । स्वास्थ्य...

नेपालमा राधे रिलिजको सर्वत्र विरोध

काठमाडौं । बलिउड अभिनेता सलमान खानको फिल्म राधे बिहीबारबाट विश्वसँगै नेपालमा पनि नेट टिभी डिजिटल प्लेटफर्ममार्फत रिलिज भयो । यो भारतीय फिल्म राधेको नेपालमा...

१ सय १९ सिलिन्डर एयर लिफ्टबाट ल्याइयो

काठमाडौं । गृह मन्त्रालयले कोरोना महामारीबाट उत्पन्न परिस्थितिमा अक्सिजन अभाव हुन नदिन सक्रियता बढाएको छ ।गृह मन्त्रालयले मोरङ र सुनसरीमा रहेका विभिन्न अक्सिजन प्लान्टबाट...

कर्णाली अस्पतालमा अक्सिजन अभाव, नयाँ बिरामी भर्ना बन्द

सुर्खेत । कारोना संक्रमणको दोस्रो लहरमा कर्णालीमा एकसय जनाले ज्यान गुमाएका छन् । गत बैशाख ११ गतेदेखि आजका दिनसम्म कर्णालीमा कोरोना संक्रमणबाट एकसय बिरामीले...

सर्वोच्चमा ‘भर्चुअल’ बहस पैरवी

काठमाडौं । सर्वोच्च अदालतले कोभिड–१९ संक्रमण ध्यानमा राखेर मुद्दा बहस पैरवी ‘भर्चुुअल’ माध्यमबाट गर्ने भएको छ । सर्वोच्चको शुक्रबार बसेको पूर्ण बैठकले यस्तो निर्णय...

साताका लोकप्रिय समाचार

ठूला भवन आइसोलेशन केन्द्रका रुपमा सञ्चालन गरिने

काठमाडाैं ।  उपप्रधानमन्त्री ईश्वर पोखरेलले काठमाडौंँमा उपलब्ध ठूला भवनलाई आइसोलेशन केन्द्रका रुपमा सञ्चालन गरी कोरोना संक्रमितको उपचार प्रभावकारी बनाइने बताएका छन् । स्थानीय वसुन्धरामा...

अरुण तेस्रोको सुरुङ भित्र मृत्यु भएका मजदुरको परिवारलाई ३० लाख क्षतिपूर्ति

संखुवासभा । संखुवासभाको निमार्णाधीन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत परियोजनाको विद्युत् गृहस्थलको सुरुङ भित्र मृत्यु भएका मृतकका परिवारलाई ३० लाख रुपैयाँ क्षतिपूर्तिदिने सहमति...

भारतमा कोभिड–१९ बाट दैनिक सङ्क्रमितभन्दा निको हुनेको सङ्ख्या बढी

नयाँदिल्ली । भारतमा कोभिड–१९ बाट दैनिक सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या भन्दा निको हुनेको सङ्ख्या बढी भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले शुक्रबार जानकारी गराएको छ...

भारतमा भेटिएकाे कोभिड–१९ काे नयाँ स्वरूप निकै सजिलाेसंग फैलिन सक्ने

  नयाँ दिल्ली ।  भारतमा फेला परेको कोरोनाभाइरस (कोभिड–१९) को चिन्ताजनक नयाँ स्वरुप (भेरिएन्ट) निकै सजिलोसँग फैलिन सक्ने देखिएको छ । तर यस नयाँ स्वरुपको...

अस्पतालकाे भेन्टिलेन्टर हेर्दै ज्यान गुमाउँछन् कोरोना सङ्क्रमित

भजनी ।  कैलालीको टीकापुर अस्पतालको उच्च उपचारकक्षमा सात थान भेन्टिलेटर छन् । भेन्टिलेटरकै छेउमा कोरोना सङ्क्रमितको उपचार हुन्छ । अस्पतालमा भर्ना भएका अधिकांश बिरामीमा...

ट्रेन्डिङ

यस वर्षको तिहारमा विदेशबाट फूल नआउने

काठमाडौं । यस वर्षको तिहारमा स्वदेशमै उत्पादित सयपत्री फूल प्रयोग हुने भएको छ । लामो समयदेखि भारतबाट आयातित सयपत्री फूलबाट तिहार मनाइँदै आएकामा यस वर्ष...

कोरोनाको उच्च जोखिममा उपत्यका

अमेरिका र युरोपजस्ता देशले त सकिरहेका छैनन्, हामीले कसरी सक्नु ? विगतमा जिम्मेवार व्यक्तिहरूले मुखबाट फुत्तफुत्त निकालिरहने वाणी हो यो । आज चामत्कारिक ग-यौं...

सरकार, सहायता कोष र जनआक्रोश

कोरोना भाइरसको संक्रमण अहिले विश्वकै चुनौतीपूर्ण बनेको छ । करिब साढे तीन महिनाकै समयमा विश्वका २ सय ६ मुलुकसम्म फैलिएको यो संक्रमण अन्य मुलुकको...

जुटेन सहमति, नेताहरू आआफ्नै रणनीतिमा

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का शीर्ष नेताहरूबीच सहमति जुट्न नसक्दा समस्या थप बल्झिँदै गएको छ । शीर्ष नेताहरू आआफ्नै अडानमा अडिग रहँदै...

दुई दिन बिदा दिएर कर्मचारीलाई घुम्न पठाउने प्रस्ताव

काठमाडौं । कोरोना महामारीले थला परेको मुलुकको पर्यटन क्षेत्रलाई बिस्तारै चलायमान बनाउन सरकारले कर्मचारीलाई सातामा दुई दिन बिदा दिएर आन्तरिक रूपमा घुम्न पठाउने गरी प्रस्ताव...

मनिता मिसेस नेपाल टुरिजम, अस्मिता मिस टिन टुरिजम

काठमाडौं । आयोजित ‘मिसेस नेपाल टुरिजम २०२०’ को उपाधि काठमाडौं बाफलकी मनिता रिसाल बुढाथोकीले जितेकी छिन् । स्टार वन इन्टरटेनमेन्ट प्रालिद्धारा आयोजित प्रतियोगितामा मनिताले मिसेस...

मेलम्चीको पानी वितरणका लागि तयारी अन्तिममा

काठमाडौँ । काठमाडौँ उपत्यकामा मेलम्चीको पानी ल्याउन पुनः परीक्षण गर्ने तयारी भइरहँदा पानी वितरणका लागि आवश्यक तयारी अन्तिम चरणमा पुगेको छ । मेलम्ची खानेपानी...

भारतमा एकैदिनमा संक्रमणमुक्त हुनेको संख्या अहिलेसम्मकै धेरै

नयाँ दिल्ली । भारतमा एकैदिनमा कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या अहिलेसम्मकै धेरै देखिएको छ । सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार पछिल्लो तीन दिनमा प्रत्येक दिन औसतमा...

रामोसले तीन खेल गुमाउने

मड्रिड । स्पेनिस क्लब रियल मड्रिडका कप्तान तथा सेन्टर ब्याक सर्जियो रामोसले तीन खेल गुमाउने पक्का भएको छ । ह्यामस्ट्रिङ इन्ज्युरीका कारण रामोसले स्पेनिस...

सिटभर यात्रु राखेर बढी भाडा असुल्दै सार्वजनिक सवारी

काठमाडौँ । कोरोना भाइरसबाट बच्न सार्वजनिक यातायातमा लागू गरिएको नियम यातायात व्यवसायीका लागि बढी भाडा असुल्न मात्र उपयोग भइरहेको यात्रुको गुनासो छ । बन्दाबन्दी...

धुलिखेलमा मृत्यु भएकी महिलाको गाउँमा सेना परिचालन गरेर सिल

मेलम्ची । धुलिखेल अस्पतालमा निधन भएकी महिलाको गाउँमा सिल गरिएको छ । आज बसेको जिल्ला सुरक्षा समितिको बैठकले बाह्रबिसे नपा–९ की २९ वर्षीय महिलाको...

तार्केश्वरको गुप्तेश्वर मन्दिरमा आजदेखि महायज्ञ

काठमाडौं । काठमाडौंस्थित तार्केश्वर नगरपालिका–४, ५ र ६ को संगमस्थलमा रहेको गुप्तेश्वर महादेवको प्रांगणमा आज (शुक्रबार) देखि सप्ताहव्यापी धार्मिक महायज्ञ सुरु हुने भएको छ...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 155 times, 1 visits today)