ललितपुर । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले भूमि सम्बन्धी समस्या समाधान आयोगका पदाधिकारी छलफल गरेकी छन् ।
आयोग पदाधिकारी तथा केही सांसदहरुसँग गरिएको छलफलमा मन्त्री अर्यालले आयोगलाई छिटो काम अगाडी बढाउन निर्देशन दिएकी छन् । आइतबार ललितपुरमा गरिएको छलफलमा मन्त्री अर्यालले आयोग गठन भएदेखि हालसम्म भएका कामको प्रगतिका ’boutमा जानकारी लिएकी थिइन् ।
आयोगको कामको अवस्थाका ’boutमा जानकारी लिएपछि कार्यक्रममा बोल्दै मन्त्री अर्यालले छिटोभन्दा छिटो काम अगाडी बढाउन आयोगका पदाधिकारीहरुलाई निर्देशन दिइन् । ‘जुन उद्देश्यका साथ आयोग गठन भएको हो । त्यसअनुसार छिटोभन्दा छिटो काम अगाडी बढाउनुस्’, मन्त्री अर्यालले भनिन्, ‘यो काम छिटो अगाडी बढाउनुपर्छ । तपाईहरु त्यसका लाग्नुस् ।’
मन्त्री अर्यालले आयोगले आयोगले समयमै आफ्नो काम सम्पन्न गर्नेगरी अगाडी बढ्नुपर्ने समेत बताइन् । देशभरका भूमिहिन, सुकुम्बासीलाई जमिनको मालिक बनाउने महत्वपूर्ण जिम्मेवारी आयोग र समग्र सरकारको जिम्मेवारीमा रहेको भन्दै उहाँले यो महत्वपुर्ण कार्य सबैले मिलेर सम्पन्न गर्नुपर्ने बताइन् ।
त्यस अवसरमा बोल्दै भूमि सम्बन्धी समस्या समाधान आयोगका अध्यक्ष देवी ज्ञवालीले सबै मिलेर भूमिहिन, सुकुम्बासीको समस्या समाधान गर्ने कार्यमा सरकार, सरोकारवाला सबै मिलेर अगाडी बढ्नुपर्ने बताइन् ।






