Friday, April 23, 2021
Home भर्खरै फेरि जोर बिजोर ?

फेरि जोर बिजोर ?

आज प्रधानमन्त्रीसँग विज्ञको छलफल

,

काठमाडौं । सरकारले काठमाडौं उपत्यकासहित केही जिल्लामा कोरोना संक्रमणको गति तीव्र रूपमा बढ्दै गएपछि निजीसहित सार्वजनिक सवारीमा फेरि जोर बिजोर प्रणाली लागु गर्ने तयारी गरेको छ ।

त्यसका लागि कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)सहित स्वास्थ्यका विज्ञसँग मंगलबार (आज) प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो अवस्था र कसरी अघि बढ्ने भन्ने विषयमा छलफल गर्दै छन् ।

सिएमसीका एक सदस्यका अनुसार सिसिएमसी बैठकमा संक्रमण बढ्दै गएपछिको वर्तमान अवस्थामा अति आवश्यक क्षेत्र बाहेकलाई बन्द गरेर निजी तथा सार्वजनिक सवारीमा जोर बिजोर लागू गर्ने विषयमा छलफल भइरहेको छ ।

सोमबार उपत्यकामा मात्रै ५१ जनामा संक्रमण देखिएपछि प्रधानमन्त्रीले अब कसरी अघि बढ्ने भन्नेबारे छलफल गर्न लागेका हुन् ।

‘संक्रमणको अवस्था बढ्दो क्रममा छ, समितिको बैठकमा अब अति आवश्यक बाहेकका क्षेत्रलाई बन्द गरेर निजी तथा सार्वजनिक दुवै सवारी साधनलाई जोर बिजोर लागू गराउनुपर्छ भन्ने सन्दर्भमा छलफल भएको छ । प्रधानमन्त्रीज्यूलाई मंगलबार बिफ्रिङ हुनेछ,’ सिसिएमसीका ती सदस्यले राजधानीसँग भने ।

सरकारले यसअघि निजी सवारीमा मात्रै जोर बिजोर लागु गरेको थियो । सिसिएमसी स्रोतका अनुसार स्वास्थ्य मन्त्रालयले समेत सिसिएमसीमा जोर बिजोरको प्रस्ताव गरेको छ ।

सरकारले पछिल्लो पटक संक्रमणको गतिको अवस्था हेरेर आवश्यक निर्णय गर्ने अधिकार जिल्लामा रहेका कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)लाई समेत अधिकार दिएको छ । सोहीअनुसार कतिपय जिल्लामा निषेधाज्ञासमेत लागु गरिएको छ ।

सरकारले लकडाउनलाई खुकुलो गरेसँगै गत २६ असारबाट निजी सवारी साधनमाथि लगाइएको जोर बिजोर प्रणाली हटाइएको थियो । सरकारले १ भदौबाट लामो दुरीको सवारीसमेत सञ्चालन गर्ने निर्णय गरिसकेको छ । तर, जोखिम दिनदिनै बढ्दै जाँदा लामो दुरीका सवारी सुचारु गर्ने विषयमा समेत सरकार पछि हट्ने सम्भावना छ ।

प्रधानमन्त्री ओलीले संक्रमणको विस्तारपछिको अवस्थामा कसरी अघि बढ्ने भन्ने विषयमा स्वास्थ्य विज्ञसँग समेत मंगलबार नै छलफल गर्नेछन् । सोमबार उपत्यकामा मात्रै ५१ जनामा संक्रमण देखिएपछि प्रधानमन्त्रीले अब कसरी अघि बढ्ने भन्नेबारे छलफल गर्न लागेका हुन् ।

स्वास्थ्य मन्त्रालयका अधिकारीले राजधानी बाहिरबाट आउनेलाई अनिवार्य १४ दिन क्वारेन्टिनमा राख्ने व्यवस्था गर्नसमेत सरकारलाई सुझाउँदै आइरहेका छन् ।

मन्त्रालयले उपत्यका प्रवेश गर्ने तीन नाका थानकोट, साँगा र फर्पिङमा १० देखि १३ साउनसम्म गरी १० हजार ८ सय २७ नमुना संकलन गरेको थियो । त्यसमध्ये करिब ३७ सय नमुना परीक्षण गर्दा २५ जनामा संक्रमण पुष्टि भइसकेको छ ।

(Visited 2,964 times, 1 visits today)
Loading comments...

आजको समाचार

संक्रमित बढेकाे बढ्यै, मास्क समेत लगाउन मान्दैनन् स्थानिय

बझाङ । बझाङमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । विहीबार दिउसो जयपृथ्वी नगरपालिका वडा नम्बर ६ का ४८ बर्षिया पुरुषको मृत्यु भएको...

ओली–नेपाल वार्ता सकियो

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आज भएको दोस्रो दिनको वार्ता सकिएको छ । नक्सालमा...

विद्यार्थीमा कोरोना संक्रमण भएपछि धनकुटा नगर क्षेत्रका विद्यालय नौ दिन बन्द

धनकुटा । विद्यार्थीमा कोरोना भइरसको संक्रमण देखिएकाले धनकुटा नगर क्षेत्रका विद्यालय नौ दिन बन्द गरिने भएको छ । धनकुटा नगरपालिका संकट व्यवस्थापन समितिको वुधवार...

वैशाखमा परेको हिउँले जुम्लाका स्याउ बगैंचामा क्षति

जुम्ला । जुम्लामा सामान्यतः पुस, माग, फागुन महिनामा हिउँ पर्छ । तर यो वर्ष वैशाखमा हिमपात भएको छ । मंगलवारदेखि पर्न थालेको हिउँले जुम्लाका...

सबै सिनेमा हल फेरि बन्द

काठमाडौं । नेपालका फिल्म हल सञ्चालक यतिबेला फेरि निराश भएका छन् । नेपालमा कोभिड–१९ को दोस्रो लहर बढेपछि सरकारले सबै सिनेमा हल बन्द गर्ने...

साताका लोकप्रिय समाचार

प्रतिजैविक सहनशील जीवाणुको बिगबिगी

पृष्ठभूमि जीवाणु ढुसी तथा एकटोमाइसेट तथा सूक्ष्म जीवाणुबाट उत्पादित तत्वलाई एन्टिबायोटिक प्रतिजैविक भनिन्छ । जसले जीवाणु तथा ढुसीजन्य मानिस तथा पशुपक्षीका रोगका कारक तत्वलाई मार्ने...

रेशम चौधरीको रिहाइप्रती प्रधानमन्त्री नरम, जसपासंग सत्ता सहकार्य !

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) र जनता समाजवादी पार्टी (जसपा)बीच सत्ता सहकार्य हुने भएको छ । जसपाले उठाउँदै आएको मागप्रति प्रधानमन्त्रीसमेत रहेका एमाले...

ओली-नेपाल वार्ता सकियो, वार्ता सकारात्मक

काठमाडाैं ।  प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीचको भेटवार्ता सकिएको छ । काठमाडौंको नक्शालस्थित मेरियट होटलमा अध्यक्ष ओली,...

पाकिस्तानको सेरेना होटलमा बम विस्फोट, चार जनाकाे मृत्यु

एजेन्सी । पाकिस्तानी क्वेटा शहरस्थिति एउटा होटलमा बुधबार राती भएको बम विस्फोट परी कम्तीमा चारजना मारिएका छन् भने अन्य एक दर्जन घाइते भएका देशका...

एमाले–जसपा सत्ता सहकार्य पक्का

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) र जनता समाजवादी पार्टी (जसपा)बीच सत्ता सहकार्य हुने भएको छ । जसपाले उठाउँदै आएको मागप्रति प्रधानमन्त्रीसमेत रहेका एमाले...

ट्रेन्डिङ

कोरोना संक्रमण नियन्त्रणमा उत्साहपूर्ण काम भइरहेको छ : प्रम ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमण नियन्त्रणमा सरकारले उत्साहपूर्ण काम गरेको दाबी गरेका छन् । छैटौं संविधान दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा...

बेहोस अवस्थामा बलात्कार, गर्भ बसेपछि समाजको तिरस्कार

इलाम । इलामकी १५ वर्षीया बालिका कक्षा ७ पढ्दापढ्दै बेहोस हुने रोग लागेपछि विद्यालय जान छाडिन् । उनका बुबाले पनि केही वर्षदेखि मानसिक रोगको...

संसद् पुनर्स्थापना नभए कांग्रेस चुनावमा जान्छ : देउवा

काठमाडौं । संसद् विघटनविरुद्ध सडक आन्दोलनमा जाने निष्कर्ष निकालेको प्रमुख विपक्षी दल नेपाली कांग्रेसले संसद् विघटनलाई अदालतले सदर गरे निर्वाचनमा जाने बताएको छ । गत १९...

साम्राज्ञीलाई खान नदिएको कुरा झुठो : भुवन

काठमाडौं । अभिनेत्री सामाज्ञी राज्यलक्ष्मी शाहले आफूलाई सुरुका दिनमा चलचित्रमा खानपिनमा असमान व्यबहार गरिएको बताएकी छन् । नेपाली चलचित्रमा नाताबाद कृपाबाद हुने गरेको र...

गुल्मी दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुग्यो

तम्घास । इस्मा गाउँपालिकामा आज बिहान जीप दुर्घटनामा परी छ जनाको मृत्यु भएको छ ।सदरमुकाम तम्घासका लागि छुटेको लु१ज ११६६ नंको जीप इस्मा –४...

मिस इको इन्टरनेशनलका लागि इजिप्ट उडिन् अनुश्मा

काठमाडौँ । ‘मिस इको इन्टरनेशनल नेपाल २०२०’की बिजेता अनुश्मा रायमाझी इजिप्ट उडेकी छन् । अन्तराष्ट्रिय सौदर्य प्रतियोगिता ‘मिस इको इन्टरनेशनल २०२१’मा सहभागी हुन उनी...

सुनौं सुनौं लागिरहने प्राश्नाको भक्तिभाव

काठमाडौं ।‘भर्सटायल’ आवाजकी प्राश्ना शाक्यले श्रीस्वस्थानी व्रतारम्भको अवसर पार्दै मायालु भक्तिभाव सार्वजनिक गरेकी छन् । ईश्वरको ईश्वरी जय जगदेश्वरी देवी स्वस्थानी माता सकल जगतको प्राणीहरूको तिमी...

आशिष स्मृति पुरस्कार घिमिरेलाई

इलाम । यस वर्षको ‘आशिष स्मृति पत्रकारिता पुरस्कार’बाट इलामका पत्रकार गणेश घिमिरे पुरस्कृत हुने भएका छन् । पूर्वका चार जिल्लाकार्यक्षेत्र बनाएर पत्रकारीता गर्ने क्रियाशील...

बार्सिलोना छाड्ने मेस्सीको संकेत

मड्रिड । क्याटलान क्लब बार्सिलोनाका अर्जेन्टिनी कप्तान लियोनेल मेस्सीले क्लब छाड्ने संकेत दिएका छन् । क्लबका नवनियुक्त प्रशिक्षक रोनाल्ड कोम्यानसँगको भेटमा मेस्सीले आफ्नो भविष्य...

सम्पादकीय : हेलचेक्र्याइँ नगरी खोप लगाऔं

दोस्रो चरणमा कोरोनाको खोप लगाइरहेका बेला गरिएको एक अध्ययनमा धेरै नै हेलचेक्र्याइँ भएको भेटिएको छ । सरकारले विभिन्न चरणमा विभिन्न क्षेत्र र समूहका व्यक्तिलाई...

पहिरोपीडितलाई दुलालको सहयोग

काठमाडौं । अखिल नेपाल टेबल टेनिस क्लबका उपाध्यक्ष, प्रशिक्षक एवं पूर्वखेलाडी राजेन्द्रबहादुर दुलालले सिन्धुपाल्चोकमा पहिरोपीडित ३५ घर परिवारलाई खाद्यान्न राहत प्रदान गरेका छन् । उपाध्यक्ष...

डोटीमा आज एकैसाथ ८ अस्पतालको शिलान्यास

सिलगढी । डोटी जिल्लामा आज एकैसाथ आठवटा अस्पतालको शिलान्यास गरिदैछ । नेपाल सरकारले आज देशभरिका ३९६ अस्पतालको एकै साथ उद्घाटनको तयारी गरेसँगै डोटी जिल्लामा...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 137 times, 1 visits today)