गुणस्तरहिन खाना खुवाएको भन्दै कोरोना संक्रमितद्धारा खाना बहिस्कार

सप्तरी, राजविराज । प्रदेश २ सरकारले संचालनमा ल्याएको साईकृष्णा मेडिकल कलेजभित्र रहेको आइसोलेशन सेन्टरमा बसेका संक्रमितले खाना बहिष्कार गरेका छन् ।

मुलुककै सबभन्दा बढी एक सय ७८ बेडको आइसोलेशन कक्ष रहेको सो कलेजमा खाना र खाजा राम्रो नभएको भन्दै भर्ना रहेका संक्रमितहरुले मंगलबार बिहान बिरोध जनाउँदै खाना बहिष्कार गरेका थिए ।

हाल सो आइसोलेशनमा १ सय ३१ जना संक्रमित भर्ना रहेका छन् । आइसोलेशनमा दिने गरिएको खाना र खाजा गुणस्तरहिन रहेको र यस’bout व्यवस्थापन पक्षलाई पटक पटक भन्दा पनि सुधारको संकेत नदेखिदा बाध्य भएर खाना बहिष्कार गरेको एक संक्रमितले बताए ।

आइसोलेशनमा खटेका कर्मचारी, स्वास्थ्यकर्मी तथा खाना पकाउने भान्सेले आफूहरुमाथी केही संक्रमितहरुद्वारा विभिन्न बखेडा झिकेर विभिन्न आरोप लगाउँने तथा अभद्र व्यवहार गर्ने गरेको भन्दै आइन्दा आइसोलेशनमा काम नगर्ने अडान लिएका थिए । जसकारण तनाव बढेको थियो ।

अवस्था जटिल बन्दै गएपछि दिउँसो ३ बजेतिर राजविराज नगरपालिकाका प्रमुख शम्भुप्रसाद यादव, पत्रकार महासंघका केन्द्रिय सदस्य अवधेश झा लगायतका टोलीले दुबै पक्षबीच सहमति गराएका छन् । संक्रमितको जायज मागलाई सम्बोधन गर्ने तथा आइसोलेशनमा खटिएका कर्मचारी, स्वास्थ्यकर्मी तथा कामदारहरुप्रति संक्रमितले सम्मानजनक व्यवहार गर्ने प्रतिबद्धा आएपछि सहमति बनेको नगरप्रमुख यादवले बताए ।

यता गजेन्द्र नारायण सिंह अस्पतालका प्रमुख तथा आइसोलेशन व्यवस्थापन समितिका अध्यक्ष डा. रन्जित झाले १ सय ८१ रुँपैया प्रति छाकका दरले खानाको बजेट उपलब्ध रहेकोमा सोही परिधी भित्र रही स्तरिय खानाको व्यवस्था गरेको बताएका छन् । खानाको गुणस्तर ठिक रहेको दाबीका साथ उनले केही संक्रमितले बाहिरबाट खाना मगाउन खोजेको र यसरी बाहिरबाट खाना मगाउन छुट दिँदा सोही भित्र लुकाएर चुरोट, खैनी र गुटका लगायतका बस्तु भित्राउन थालेपछि कडाई गरिएको बताए ।

बाहिरबाट सामान आउन रोकिएपछि सोही निहुँमा केही संक्रमितले बखेडा झिकेको उनको भनाई छ । उनले आइसोलेशनमा निगरानीका लागि जडान गरिएका ९ मध्ये ३ वटा सिसि क्यामरा समेत फुटाइदिएको बताए ।

तपाइको प्रतिक्रिया
(Visited 472 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रधानमन्त्री प्रचण्ड र देउवाबीच भेटवार्ता

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
१०८ बर्षिय महिलाले गरिन मतदान