Saturday, September 19, 2020
Home Breaking News नेकपामा फेरि अर्काे लफडा, भट्ट नियुक्तिलाई लिएर विवाद

नेकपामा फेरि अर्काे लफडा, भट्ट नियुक्तिलाई लिएर विवाद

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र देखिएको विवाद समाधान गर्न बसेको शिर्ष नेताहरुको बैठकमा सरकारी नियुक्तिलाई लिएर अर्को विवाद शुरु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको बैठकमा लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा सुशील भट्टलाई नियुक्ति गरिएको विषयलाई लिएर विवाद भएको हो ।

प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता झलनाथ खनालले पार्टीमा छलफल नै नगरी विवादित व्यक्तिलाई नियुक्ति किन गरिएको भन्दै असन्तुष्टि व्यक्त गरेको नेकपा स्रोतले जनाएको छ ।

पार्टीमा देखिएको विवाद समाधान गर्न बसेको बैठकको शुरुमै वरिष्ठ नेता खनालले भट्टको नियुक्तिप्रति असन्तुष्टि व्यक्त गरेका थिए । त्यसपछि अध्यक्ष दाहालले समेत प्रधानमन्त्री ओलीसँग भट्ट नियुक्तिको विषयमा प्रश्न उठाएका थिए ।

‘पार्टीमा छलफल नै नगरी किन विवादित व्यक्तिलाई नियुक्ति गर्नुभयो ?’ प्रश्न गर्दै दाहालले भने, ‘यस्ता बिषयमा हामीसंग किन सल्लाह हुदैन ?, पार्टीमा परामर्श नै नगरी यस्तो किन गर्नुपर्यो ?’

स्वेच्छाचारी रुपमा काम गरेकै कारण पार्टी भित्र विवाद भईरहेको आक्रोश दाहालले पोखेपछि प्रधानमन्त्री ओलीले अब पार्टीभित्र परामर्श गरिने प्रतिबद्धता व्यक्त गरेको स्रोतले जनाएको छ । पार्टीभित्रको सल्लाह, सुझाव र परामर्शमै अब यस्ता नियुक्ति गरिने प्रतिबद्धता ओलीले व्यक्ति गरेपछि बैठक कक्षको वातावरण केही शान्त भएको थियो ।

यो पनि पढ्नुहोस   मन्त्रिपरिषदबाट पास भयो लिम्पियाधुरासम्म समेटिएको नेपालको नयाँ नक्सा

भट्टलाई सोमबार बसेको मन्त्रीपरिषद बैठकले प्रमुख कार्यकारी अधिकृतमा नियुक्ति गरेको थियो । बैठकमा अध्यक्षद्धय ओली र दाहाल, वरिष्ठ नेता खनालका साथै संसदीय दलका उपनेता सुवास नेम्वाङ समेत सहभागि थिए ।

विगत तीन दिनदेखी सहमती जुटना शुरु भएको बैठक बिनानिष्कर्ष टुंगिरहेको छ । मंगलबारको बैठकमा समेत ओली र दाहाल आ–आफ्नै अडानमा अडिग रहेकाले सहमती जुटन सकेन् ।

प्रधानमन्त्री ओली सचिवालय बैठकबाट विवादको समाधान खोज्नुपर्ने अडानमा छन् भने दाहाल स्थायी कमिटी बैठकलाई निरन्तरता दिनुपर्ने अडानमा छन् । ओलीले सोमबार जस्तै मंगलबार पनि सचिवालय बैठक नै बस्नुपर्ने प्रस्ताव गरे । तर अर्का अध्यक्ष दाहालले ओलीको प्रस्ताव अस्वीकार गर्दै स्थगित स्थायी कमिटी बैठकको मिति तोक्नुपर्ने र त्यहीबाट सहमती खोज्नुपर्ने बताए ।

दाहाल, खनाल सहित वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री र पार्टी अध्यक्ष मध्ये एक पदबाट ओलीले राजिनामा दिनुपर्ने अडानमा छन् । तर ओलीले तत्काल दुबै पदबाट राजिनामा नदिने अडानमा रहेका छन् । साथै आफू अल्पमतमा रहेकाले स्थायी कमिटी बैठक र केन्द्रीय कमिटी बैठक बोलाउन अनिच्छा व्यक्त गर्दै आएका छन् ।

(Visited 255 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

काठमाडौं उपत्यकामा थपिए ७११ कोरोना संक्रमित, ५ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौँ उत्यकामा ७११ जना कोरोना सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । ती मध्ये...

थप १२०४ जनामा कोरोना संक्रमण पुष्टि, १४४७ जना डिस्चार्ज

काठमाडौँ । पछिल्लो २४ घण्टामा थप १२०४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या ६२ हजार ७९७...

उपत्यकामा मात्रै ६०० भन्दा बढी स्वास्थ्यकर्मी संक्रमित

काठमाडौँ । कोभिड–१९ को सङ्क्रमण पछिल्ला दिनमा स्वास्थ्यकर्मीमा बढी देखिन थालेको छ । मुलुकभर कोभिड–१९ को सङ्क्रमित बढिरहेको बेला उपत्यकामा अग्रपङ्क्तिमा काम गरिरहेका स्वास्थ्यकर्मीमा...

काँग्रेस महामन्त्री कोइराला अस्पतालबाट ‘डिस्चार्ज’

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइराला अस्पतालबाट ‘डिस्चार्ज’ भएका छन् । केही दिन पहिला कोरोना सङ्क्रमण पुष्टि भएका महामन्त्री कोइरालामा सामान्य ज्वरो...

भर्खरै

जनकपुरमा संविधानको विरोध/समर्थन !

जनकपुरधाम । जनकपुरधाममा आज दुइ थरी दृश्य देखियो । जनता समाजवादी पार्टीले संविधानको विरोध गर्दै प्रदर्शन गरिरहेका थिए भने केही युवाहरुले जानकी चोकमा दिपावली...

पत्रकार घिमिरे र आचार्यलाई शैलजा आचार्य पत्रकारिता पुरस्कार

मोरङ । विराटनगरका दुई जना पत्रकार शैलजा आचार्य पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन । नेपाल प्रेस युनियन मोरङले कोरोना महामारीबीच शनिबार विराटनगरमा भर्चुअचल कार्यक्रम...

ठमेलमा टोलवासीको रात्रि सुरक्षागस्ती (फोटो फिचर)

काठमाडौं । ठमेलको पहिचानमा विकृति आउन नदिन र स्थानीयवासीको अमनचयनलाई कायम राख्न टोलीवासीले रात्रि सुरक्षागस्ती सुरु गरेका छन् । ठैटीदेखि गल्कोपाखासम्म राति ८ बजेदेखि...

काठमाडौं उपत्यकामा थपिए ७११ कोरोना संक्रमित, ५ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौँ उत्यकामा ७११ जना कोरोना सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । ती मध्ये...

धेरै पढिएका

क्वारेन्टिनमा यौन दुव्यवहारका ६२४ घटना

काठमाडौं । नेपालमा रहेका विदेशी दूतावास तथा अन्तर्राष्ट्रिय सहयोग नियोगहरूले नेपालमा कोरोना संकटका बेला क्वारेटिनमा नै यौन हिंसाका ६ सय २४ वटा घटना भएको...

बराबरीले म्यान्चेस्टर युनाइटेडको अवसर गुम्यो

लन्डन । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाईटेडलाई साउथह्याम्प्टनले २–२ गोलको बराबरीमा रोकेको छ । गएराति ओल्ड ट्याफोर्डमा भएको खेल बराबरीमा रोकिएपछि म्यान्चेस्टर युनाईटेडले तालिकाको...

सडकमा ह्याण्डवासपछि दिनदुखीलाई गाँस, कोही भोकै परे हामी छौं : शर्मा

काठमाडौं । कोरोना संक्रमणको सन्त्रास विश्वभर फैलिएपछि राजधानीका सडकमा पानीको ट्याङ्की र हातधुने ह्याण्डवास राखेर हात धुने अभियान सुरु गरेको ‘मिसन अन्नपुर्ण’...

भक्तपुरमा साग पदक विजेता खेलाडी सम्मानित

भक्तपुर । भक्तपुरमा साग पदक विजेता सम्मानित भएका छन् । भक्तपुरबाट साग खेलमा सहभागी भई पदक विजयी खेलाडीलाई संवाहक मिडिया...

ई-पेपर

(Visited 63 times, 1 visits today)