Saturday, September 19, 2020
Home भर्खरै प्रधानमन्त्रीलाई विज्ञहरूको सुझाव : कडा लकडाउन गर्नुस्

प्रधानमन्त्रीलाई विज्ञहरूको सुझाव : कडा लकडाउन गर्नुस्

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई जनस्वास्थ्य विज्ञहरूले पुनः कडा लकडाउन गर्न वा २१ दिनसम्म कफ्र्यु लगाउन सुझाएका छन् । पछिल्लो समय काठमाडौं उपत्यकालगायत विभिन्न ठाउँमा कोरोना भाइरस (कोभिड–१९) का संक्रमित बढेसँगै प्रधानमन्त्री ओलीले जनस्वास्थ्य विज्ञसहित केही राजनीतिक दलका नेतृत्वसँग मंगलबार छलफल गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा विज्ञहरूले कोरोनाको प्रकोप बढ्दै गएकाले लकडाउन गर्न सुझाव दिएका हुन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले कफ्र्यु लगाउनेसम्मका सुझाव आएको जानकारी दिए । ‘विज्ञहरूबाट लकडाउन कडाइ गर्ने वा २१ दिन तोकेर कर्फ्यु लगाउने वा संक्रमण बढेका स्थान सिल गर्ने र नागरिक उत्तरदायित्व बढाउने जस्ता मिश्रित सुझावहरू प्राप्त भएका छन्,’ उनले भने ।

सल्लाहकार थापाले अस्पतालमा पूर्वाधार बढाउन आइसियू र भेन्टिलेटर उपलब्धता बढाउन पनि जोड दिएको जानकारी दिए । प्रधानमन्त्रीले विभिन्न खाले सुझाव आएकामा सरकारले आवश्यक र जायज सुझाव कार्यान्वयन गरी अगाडि बढ्ने र सिंगो देश एकताबद्ध भएर कोरोना संक्रमणलाई पराजित गरिछाड्ने बताएका थिए ।

छलफलमा सहभागी जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डेले देशमा बढिरहेको कोरोना संक्रमण नियन्त्रणलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा गहन छलफल भएको जानकारी दिए । उनले परीक्षणको दायरा व्यापक बढाएर संक्रमित क्षेत्रलाई आवश्यकताअनुसार कडाइ गर्ने वा दुई साता लकडाउन गर्ने, लकडाउन प्रभावकारी नभएमा कर्फ्यु लगाउने वा संक्रमित क्षेत्रलाई सिल गर्ने जस्ता सुझाव दिएको बताए ।

उनले परामर्शमा सहभागीहरूले मास्कको प्रयोग र व्यक्तिगत दुरी कायम गराउन कडाइ गर्नुपर्ने, आइसोलेसन तथा अस्पतालको क्षमता बढाउन अधिकतम प्रयास गर्नुपर्ने, नेपाली नागरिकबाहेकलाई सिमानामा कडाइ गर्ने, संक्रमित क्षेत्रबाट भइरहेको आवतजावत नियमन गर्ने, संगठित बसोबासका पेसामा पनि जनस्वास्थ्यका मापदण्ड लागु गराउनेलगायत सुझाव आएको बताए ।

यो पनि पढ्नुहोस   काठमाडौंमा यस्तो देखियो चहल पहल (फोटोफिचर)

प्रधानमन्त्री ओलीले विज्ञको रायलाई कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमी) तथा मन्त्रिपरिषद्मा छलफल गरेर कार्यान्वयन गर्ने बताएको समेत उनले उल्लेख गरेका छन् ।

छलफलमा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, जनता समाजवादी पाटीका अध्यक्ष महन्त ठाकुर, उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, स्वास्थ्य मन्त्री भानुभक्त ढकाल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली तथा अर्थमन्त्री युवराज खतिवडालगायत उपस्थिति थिए ।

देउवाका सात सुझाव

कांग्रेस सभापति शेरबहादुर देउवाले आरडिटी परीक्षण स्थायी रूपमा बन्द गरेर सम्पूर्ण रूपले पिसिआर परीक्षण गर्न सुझाव दिएको छन् । उनले एक प्रदेशमा एक लाख नयाँ परीक्षण तत्काल प्रारम्भ गर्ने गरी आवश्यक बन्दोबस्त गर्न सरकारसँग माग पनि गरे ।

प्रधानमन्त्रीसँगको परामर्शमा उनले सात बुँदे सुझाव पेस गर्दै कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेका स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितताको छानबिन माग पनि गरेका छन् । हालसम्मका कमजोरी र प्रगतिको गहिरो समीक्षा गरेर अघि बढ्नुपर्ने उनको भनाइ छ ।

उनले स्वास्थ्य सामग्रीको पर्याप्त प्रबन्ध गर्न, आइसोलेसन वार्ड विस्तार तथा भेन्टिलेटरको अत्यावश्यक प्रबन्ध गर्न र मापदण्डअनुरूप क्वारेन्टिनहरूको यथाशीघ्र व्यवस्थापन गर्न सुझाव दिएका छन् ।

देउवाले विदेशमा अप्ठ्यारोमा परेका नेपालीको निःशुल्क उद्वार गरी क्वारेन्टिन र परीक्षणपश्चात् घर पु¥याउने व्यवस्था गर्न पनि सुझाव दिएका छन् । नेपालीको उद्धार गर्नुपर्ने स्थितिबाहेक सिमानाको आवागमनमा सम्पूर्ण कडाइ र सीमा नाका सिल गर्न पनि देउवाको सुझाव छ ।

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले बढीभन्दा बढी परीक्षण गर्न सुझाव दिएका छन् ।
अध्यक्ष ठाकुरले सरकारले परीक्षणमा ढिलाइ गरेको उल्लेख गर्दै आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराई परीक्षण बढाउन सुझाव दिए ।

(Visited 107 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

काठमाडौं उपत्यकामा थपिए ७११ कोरोना संक्रमित, ५ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौँ उत्यकामा ७११ जना कोरोना सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । ती मध्ये...

थप १२०४ जनामा कोरोना संक्रमण पुष्टि, १४४७ जना डिस्चार्ज

काठमाडौँ । पछिल्लो २४ घण्टामा थप १२०४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या ६२ हजार ७९७...

उपत्यकामा मात्रै ६०० भन्दा बढी स्वास्थ्यकर्मी संक्रमित

काठमाडौँ । कोभिड–१९ को सङ्क्रमण पछिल्ला दिनमा स्वास्थ्यकर्मीमा बढी देखिन थालेको छ । मुलुकभर कोभिड–१९ को सङ्क्रमित बढिरहेको बेला उपत्यकामा अग्रपङ्क्तिमा काम गरिरहेका स्वास्थ्यकर्मीमा...

काँग्रेस महामन्त्री कोइराला अस्पतालबाट ‘डिस्चार्ज’

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइराला अस्पतालबाट ‘डिस्चार्ज’ भएका छन् । केही दिन पहिला कोरोना सङ्क्रमण पुष्टि भएका महामन्त्री कोइरालामा सामान्य ज्वरो...

भर्खरै

ठमेलमा टोलवासीको रात्रि सुरक्षागस्ती (फोटो फिचर)

काठमाडौं । ठमेलको पहिचानमा विकृति आउन नदिन र स्थानीयवासीको अमनचयनलाई कायम राख्न टोलीवासीले रात्रि सुरक्षागस्ती सुरु गरेका छन् । ठैटीदेखि गल्कोपाखासम्म राति ८ बजेदेखि...

काठमाडौं उपत्यकामा थपिए ७११ कोरोना संक्रमित, ५ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौँ उत्यकामा ७११ जना कोरोना सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । ती मध्ये...

कोरोनाबाट थप ११ जनाको मृत्यु, मृतकको संख्या ४०१ पुग्यो

काठमाडौँ । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रणबाट ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ७ महिला र ४ जना पुरुष...

थप १२०४ जनामा कोरोना संक्रमण पुष्टि, १४४७ जना डिस्चार्ज

काठमाडौँ । पछिल्लो २४ घण्टामा थप १२०४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या ६२ हजार ७९७...

धेरै पढिएका

अस्ट्रेलिया वरीयताको शीर्षस्थानमा

दुबई । अस्ट्रेलिया अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को नयाँ टेस्ट र टी–२० वरीयतामा शीर्षस्थानमा उक्लिएको छ । आईसीसीले शुक्रबार जारी गरेको नयाँ टेस्ट वरीयतामा अस्ट्रेलियाले...

कावासोतीका क्वारेन्टाइनबाट फरार ३ जना भेटिए

नवलपुर । पूर्वी नवलपरासीको कावासोती नगरपालिकाको क्वारेन्टाइनबाट फरार ३ जनालाई बुधबार नियन्त्रणमा लिएर पुन क्वारेन्टाइनमा राखिएको छ ।शनिबार भारतबाट आएका एक जना...

घुससहित इञ्जिनीयर र वडा सदस्य पक्राउ

तनहुँ । तनहुँको भानु नगरपालिकाका इञ्जिनीयर सुकदेव अधिकारी र वडा नं १३ का सदस्य कृष्णबहादुर अधिकारी हिजो सोमबार घुससहित पक्राउ परेका छन्...

एपीएफका ३६ खेलाडीलाई कोरोना संक्रमण

काठमाडौं । सशस्त्र प्रहरी बल (एपीएफ) का ३६ खेलाडीलाई कारोना संक्रमण देखिएको छ । सीमा क्षेत्रबाट फर्केका एपीएफका खेलाडीहरूमा कोरोना संक्रमण देखिएको एपीएफले जनाएको...

ई-पेपर

(Visited 63 times, 1 visits today)