२२ पदकसहित घले उत्तरकन्या मावि पहिलो

लमजुङ । लमजुङको क्व्होलासोंथर गाउँपालिका–९ गिलुङमा सञ्चालन गरिएको क्व्होलासोंथर गाउँपालिकास्तरीय दोस्रो राष्ट्रपति रनिङ कप प्रतियोगितामा वडा नम्बर–३ को बगुम गाउँस्थित घले उत्तरकन्या माध्यमिक विद्यालय पहिलो भएको छ । उक्त प्रतियोगिता गिलुङको बुद्धोदय माध्यमिक विद्यालयमा सञ्चालन गरिएको हो ।

प्रतियोगितामा २२ पदकसहित घलेउत्तरकन्या मावि पहिलो भयो । यस्तै, १८ पदकसहित वडा नम्बर ६ को पसगाउँ ठाँटी माध्यमिक विद्यालय दोस्रो भएको आयोजक क्व्होलासोंथर गाउँपालिका युवा तथा खेलकुद विकास समितिले अध्यक्ष गंगाबहादुर घलेले बताए ।

उनका अनुसार प्रतियोगिता चार दिनसम्म चलेको थियो । उक्त राष्ट्रपति कप प्रतियोगितामा भलिबल, सटपुट, हाइजम्प, लङजम्प, त्रिपल जम्पलगायतका १४ खेलका बीचमा प्रतियोगिता सञ्चालन गरिएको क्व्होलासोंथर गाउँपालिका युवा तथा खेलकुद विकास समितिका अध्यक्ष घलेले बताए ।

उनका अनुसार उक्त कप प्रतियोगितामा गाउँपालिका भित्र रहेका ९ विद्यालयले भाग लिएका थिए । बिजयीहरुलाई वडा नम्बर ९ का अध्यक्ष नन्दजङ गुरुङ, क्व्होलासोंथर गाउँपालिका युवा तथा खेलकुद विकास समितिले अध्यक्ष गंगाबहादुर घलेलगायतले पुरस्कार वितरण गरेका थिए ।

उक्त कप प्रतियोगिता गाउँपालिकाको सहयोगमा सञ्चालन गरिएको युवा तथा खेलकुद विकास समितिका सदस्य नौराज गुरुङले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 184 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रधानमन्त्री प्रचण्ड र देउवाबीच भेटवार्ता

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कैलालीका ४ पालिकामा रेशम चौधरीको पार्टी, ३ मा काँग्रेस अगाडि