आँटीला प्रयोगशालाकर्मी, जसले १७५ जनाको नमुना संकलन गरे

काठमाडाैं । शान्त वातावरण । संक्रमणको जोखिम हुन सक्ने सम्भावित स्थान खरीपाटी, विद्युत प्राधिकरणको तालिम केन्द्र ।

आइतवारः विहान ९ वजे ।

त्यहाँ पुगेर १७५ को ‘थ्रोट स्वाव’ र ‘नेजल स्वाव’ गर्नु चानचुने विषय थिएन । अर्थात् घाँटीको स्वाव र नाकको स्वाब ।
तर,जोखिमलाई कर्तव्य र नैतिकता सोचेर सरुवा रोग विशेषज्ञ, भाइरोलोजिट डा.रञ्जीत शाहको नेतृत्वमा रहेको १० जनाको टोली खरिपाटी पुग्यो । त्यहाँ पुग्दा सुनसान थियो । न त स्थानिय देखिन्थे न त अन्य व्यक्ति ।

कसरी पुग्ने आँट आयो त ?

सहज जबाफः कोहि न कोहि त जानै पथ्र्यौ नी ?

टोली पर्सनल प्रोटेक्टेड इक्वीपमेन्ट सहित त्यहाँ पुग्यो । पुग्नु अघि ट्रेनिङ दिइएको थियो । उच्च संक्रमणको समयमा लगाउनुपर्ने सुट र नमुना संकलनका लागि आवश्यक प्रविधि सहित उनीहरु पुगे, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको गाडि लिएर । प्रविधी प्रयोगदेखि पर्सनल प्रोटेक्टेड इक्वीपमेन्टका सन्दर्भमा एक हप्ता अघि देखि तयारी थालिएको थियो ।
डा.शाह भन्छन्, ‘यो सुट(पि.पि.इ) लगाए भाइरसबाट बच्न मद्यत पुग्छ ।’ ट्रेनिङमा कसरी सुट (पि.पि.इ) लगाउने र कसरी खोल्ने कुराहरु समेत सिकाइएको थियो ।

उनीहरुले आइतबार ४ घण्टा लगाएर एक सय ७५ जनाकै ‘थ्रोट स्वाव’ कलेक्सन गरे ।

स्याम्पल कलेक्ट गर्नका लागि सबै प्रविधिहरु लगिएको थियो । ती प्रविधी अन्तराष्ट्र्रिय मापदण्ड अनुकुल थिए । टोली जब खरीपाटी पुग्यो, उद्धार गरिएका नेपाली डराए ।

के गरियो त ?

सर्वप्रथम तः कन्ट्रोल रुममा पुगेर सवै रुममा अवाज पुग्ने गरी जडान गरीएको माइक मार्फत् सबैलाई आउनुको कारण ’bout जानकारी गराइयो ।

ल्याव स्टेशन खडा गरिएको थियो, ल्याब वान, ल्याव २, ल्याव ३, ल्याव ४ । पिपिइ लगाएर क्वारेन्टाइन भित्रको क्षेत्रमा प्रवेश गरीयो । ती सवैमा दुइ दुइ जना टोली मुभ गरीयो । भित्र छिरीसकेपछि आएको कारण ’bout जानकारी गराइयो ।
दुइ मध्ये एकले नमुना संकलन र अर्का एक जनाले संकलन गरीएको नमुनालाई प्याकिङ र तीन लेयर सिस्टममा राखेर कोल्ड चेन बक्समा राख्ने काम भयो ।

‘नमुना संकलन गर्दा कुनै व्यक्तिलाई भाइरस भएको भए त्यहाँ हामीलाई पनि जोखिम हुन्छ तर, हामिले उच्च सतर्कता अपनाएका थियौं ।’ डा शाहले भने ।

क्वारेन्टाइन स्थल पुगेकी माइक्रोवायोलोजिष्ट स्विटी उपाध्यायले भनिन्, ‘वुटहरु पनि ठुलो थियो । सुरुमा त त्यहाँ जाँदा एकदमै अफ्ठेरो अनुभव भयो । त्यहाँ गएर नमुना संकलन गर्दा सामान्य लाग्दै गयो । ’

साहसी प्रयोगशालाकर्मी को को हुन् ?

टिममा सरुवा रोग विशेषज्ञ, कन्सल्टेन्ट माइक्रोवायोलोजिष्ट डा. रन्जीत शाह सहितको टोलि पुगेको थियो । टीममा भाइरोलोजिष्ट डा. विमलेश झा, कन्सल्टेन्ट माइक्रोवायोलोजिष्ट डा. महेश अधिकारी, मेडिकल टेक्नोलोजिष्ट त्रीभुवनप्रसाद शाह, सुनी डगोंल, माइक्रोवायोलोजिष्ट स्विटी उपाध्याय, मेडिकल ल्याव टेक्निसियन स्मृति श्रेष्ठ खटिएका थिए । यस्तै, ल्याव टेक्निसियन अविना ओझा, विनिता महर्जन, अर्जुन चौधरी समेत खटिएका थिए । टिमको समन्वय गर्ने जिम्मा प्रयोगशालाका निर्देशक डा. रुना झाले गरेकी थिइन् ।

तपाइको प्रतिक्रिया
(Visited 113 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

लामिछानेलाई थुनामै राख्न माग गर्दै सर्वोच्चमा पुनरावेदन

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ १७, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ १७, २०७९
गठबन्धनकाे निर्णय : एमालेसँग भएको तालमेल अमान्य