नेबिसंघ (वी पी)को आयल निगम डिपोमा ताला लगाउने प्रयाश असफल

काठमाडौं । नेपाली काँग्रेस (वी पी) को भातृ संघ नेपाल विद्यार्थी संघ (वी पी) ले मंगलबार नेपाल आयल निगमको थानकोटमा रहेको डिपोको गेटमा ताला लगाउने प्रयाश गरेको छ ।

नेपाल विद्यार्थी संघ (वी पी) का महामन्त्री विकाश पाण्डेको नेतृत्वमा गएको विद्यार्थीहरुको समुहले सरकारले पेट्रोलियम पदार्थमा मुल्य वृद्धि गरेको भन्दै मुल्य वृद्धि फिर्ता लिन माग गरेको छ । त्यस्तै सरकारले पेट्रोलियम पदार्थमा भिन्न शिर्षकखडा गरि कर लगाएकोले पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको तर कर दाखिला र खर्चको हिसाब सार्वजनिक नगरेकोले जनाएको छ ।

हिसाब सार्वजनिक गर्न, कर एउटै शिर्षकमा लगातार लगाएको भन्दै कर सिमित अबधिको लागि मात्र लिनु पर्ने भन्दै अहिले लगाउदै आएको कर हटाई, मुल्य अभिवृद्धि कर (भ्याट) मात्रै लिएर उपभोक्तालाई सुलभ दरमा बिक्री वितरण गर्न माग राख्दै गएको ४ साउनमा ज्ञापनपत्र बुझाएको र त्यसको सुनाई नभएपछि १२ साउनमा पुन सचेत गराएको संघले जनाएको छ ।

नेपाल आयल निगमले आश्वासन दिएपनि पुन साउन १७ गते मध्ये रातीबाट लागू हुने गरि पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरि आफ्नो मागलाई बेवास्ता गरिएको भन्दै संघले थानकोट डिपो अगाडि नारा जुलुस सहित ताला लगाउन खोजेपछि डिपोको सुरक्षाअर्थ खटिएका नेपाली सेनाका सुरक्षाकर्मिहरुले रोक्ने प्रयाश गरेको नेपाल विद्यार्थी संघ (वी पी) ले जनाएको छ ।

आफ्नो मागको सुनाई नभएकोले भएको ताला लगाउने कार्य जबर्जस्ती रोकिए पनि ट्यङकर चालकहरुलाईलाई ट्यङकर नचलाउन आग्रह गरेको यद्यपि जबर्जस्ती चलाएमा अमलेखगञ्जबाट पेट्रोलियम पदार्थ भरेर काठमाडौ लगायत अन्य डिपोमा जादा जुनसुकै स्थानमा कारबाही गरिने नेपाल विद्यार्थी संघ (वी पी) तयारी रहेको विद्यार्थी संघका नेता सुशीलराज वाग्ले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 369 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

गड्तौलालाई कामु मुख्यसचिवको जिम्मेवारी दिने सरकारको निर्णय

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
प्रमुख/अध्यक्षमा कांग्रेसभन्दा एमालेको बढी उम्मेदवार