Thursday, October 1, 2020
Home भर्खरै कोरोना संक्रमण समूह–समूहमा

कोरोना संक्रमण समूह–समूहमा

काठमाडौं । कोरोना भाइरस संक्रमण समुदायबाट समूह समूहमा फैलिन थालेको छ । पछिल्ला केही दिनयता संक्रमण समूह समूहमा देखिँदै गएपछि यसको जोखिम पनि सोही रूपमा बढ्न थालेको हो ।

पछिल्लो २४ घण्टायता थप पाँच जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । जनस्वास्थ्य विज्ञहरूले संक्रमण तीव्र रूपमा फैलिएको भन्दै सचेत र सतर्क रहन आग्रह गरेका छन् ।

सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले संक्रमण तीव्र रूपमा फैलिएको भन्दै कोरोना जोखिम बिस्तारै समुदायमा प्रवेश गरिसकेको बताए । उनले भने, ‘अन्तरजिल्लामा आवतजावत पूर्णतः बन्द गर्नुपर्छ । भारतबाट नेपाल आउन रोक लगाउनुपर्छ ।’

– एकै दिन पाँचको मृत्यु
– स्थिति अनियन्त्रित हुन सक्ने
– सिंहदरबार पनि छि-यो कोरोना

संक्रमणको उद्गम मानिएको चीनको वुहानबाट नेपाल फर्किएका चिकित्सक तथा अनुसन्धानकर्ता डा. रमेश आचार्यले संक्रमण समुदायबाट समूह समूहमा फैलिन सुरु गरिसकेको बताए । उनले भने, ‘समुदायबाट समूह समूहमा संक्रमण फैलिसकेको छ । समयमा नियन्त्रण गर्न नसकिए स्थिति अझै भयावह भई गम्भीर क्षति बेहोर्नुपर्ने हुन सक्छ ।’

जनस्वास्थ्य विज्ञहरूले हेलचेक््याइँ गरिए स्थिति अनियन्त्रित हुन सक्ने भन्दै सावधानी अपनाउनुको विकल्प नरहेको बताएका छन् । तर, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने संक्रमण अझै समूह समूहमा फैलिनसकेको बताएको छ ।
काठमाडौंभित्र प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत ७२ जना र अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालमा कार्यरत १६ जनामा संक्रमण देखिएको छ । यस्तै, सिंहदरबारको ट्राफिक व्यवस्थापनमा खटिएका दुई सुरक्षाकर्मीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

सरुवा रोग विशेषज्ञ डा. पुनले आत्मानुशासन नै कोरोनाबाट बच्ने उत्तम विकल्प रहेको बताए । उनले लकडाउन कोरोना नियन्त्रणको अन्तिम विकल्प नभएको भन्दै स्वयं व्यक्ति सजग रहनुपर्ने बताए ।

यसैबीच सरकारले लकडाउन हटाए पनि सीमानाका कडाइ गर्न नसकेको र हेलचेक््रयाइँ गरे स्थिति अनियन्त्रित हुन सक्ने भन्दै सावधानी अपनाउनुको विकल्प नरहेको बताएका छन् ।

यसैबीच सरकारले लकडाउन हटाए पनि सीमानाका कडाइ गर्न सकेको छैन । काठमाडौं उपत्यकामा दैनिक ६ हजार नागरिक भित्रिए पनि उनीहरूको आरटी–पिसिआर प्रविधिबाट कोरोना परीक्षण गरिएको छैन । नागरिकले मास्क लगाउने, सेनिटाइजर प्रयोग, दुरी कायम लगायतमा हेलचेक््याइँ गर्दै आएका छन् ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट नेपालमा थप पाँच जनाको मृत्यु भएको छ । पर्सा र मोरङमा दुई–दुई जना र काठमाडौंमा एक जनाको मृत्यु भएको हो । योसँगै ६३ संक्रमितको मृत्यु भएको छ ।

यसैबीच, पछिल्लो २४ घण्टामा नेपालमा थप ३ सय ८१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार संक्रमितको संख्या २१ हजार ३ सय ९० जना पुगेको छ ।

यस्तै, बुधबार १ सय ३० जना उपचारपछि निको भएका छन् । नेपालमा हालसम्म १५ हजार १ सय ५६ जना उपचारपछि निको भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । संक्रमण फैलिएसँगै सरकारले १४ जिल्लामा निषेधाज्ञा जारी गरेको छ । मुख्यतः दीर्घ रोगीहरू, बालबालिका, विभिन्न रोगले प्रताडित भएकाहरू कोरोनाको जोखिममा रहेको चिकित्सकहरू बताउँछन् ।

(Visited 692 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

रुपन्देही र बाँकेमा कोरोनाबाट थप ४ जनाको मृत्यु

बुटवल । रुपन्देही र बाँकेमा कोरोना सङ्क्रमणका कारण चार जनाको मृत्यु भएको छ । रुपन्देहीमा लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका क्रममा बुधबार बेलुका मृत्यु भएका...

मुख्य सचिव रेग्मीले दिए राजीनामा

काठमाडौँ । मुख्सचिव लोकदर्शन रेग्मीले राजीनामा दिएका छन् । रेग्मीले आफ्नो कार्यकाल सकिनु अघि नै राजीनामा दिएका हुन् । बिहीबार उनले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष...

त्रिविको ‘गोल्डमेडल’ किन्ने वकिललाई १४ महिना कैद

काठमाडौं । विशेष अदालतले घूस खुवाएर त्रिभुवन विश्वविद्यालय स्नातकोत्तर परीक्षामा उत्कृष्ट अंक पाएका विद्यार्थी र त्यसमा संलग्न कर्मचारीलाई कैद र जरिमाना हुने फैसला सुनाएको...

दल दर्ता गर्न संघीय संरचना अनिवार्य

काठमाडौं । निर्वाचन आयोगले आयोगमा नयाँ दल दर्ता गर्न संविधानअनुसार दलको संघीय संरचना अनिवार्य गरेको छ । आयोगले संविधानमा भएको संघीय संरचनाअनुसारको मुलुकको ढाँचाको स्वरूपसहित...

भर्खरै

रुपन्देही र बाँकेमा कोरोनाबाट थप ४ जनाको मृत्यु

बुटवल । रुपन्देही र बाँकेमा कोरोना सङ्क्रमणका कारण चार जनाको मृत्यु भएको छ । रुपन्देहीमा लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका क्रममा बुधबार बेलुका मृत्यु भएका...

दोलखाका शैक्षिक संस्था पूर्ण रुपमा बन्द गर्न निर्देशन

दोलखा । जिल्लामा कोरोनाको लक्षणसहितका सङ्क्रमित फेला परेपछि जिल्ला कोभिड –१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले आजदेखि शैक्षिक संस्था पूर्ण रुपमा बन्द गर्न निर्देशन दिएको...

इजरायली श्रम बजार नेपालीका लागि खुला

काठमाडौं । इजरायलको विशिष्ट श्रम बजारमा नेपाली कामदारको अस्थायी रोजगारीसम्बन्धी सम्झौतामा हस्ताक्षर भएसँगै इजरायली श्रम बजार नेपाली युवाका लागि खुला भएको छ । नेपाल...

निगम भन्छ : नेपाली पाइलटले नै धेरै तलब बुझ्छन्

काठमाडौँ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले विदेशी विमानचालक (पाइलट) ले भन्दा नेपाली पाइलटले धेरै तलब बुझ्ने गरेको जनाएको छ । कोभिड–१९ महामारीको...

धेरै पढिएका

नक्शा पारितपछि कूटनीतिक पहल तीव्र बनाऊ : काँग्रेस

काठमाडौँ । नेपाली काँग्रेसले नयाँ अद्यावधिक नक्शा संविधानको अनुसूची–३ मा समाविष्ट भएपछि कालापानी क्षेत्रमा नेपालको निर्बाध हक स्थापित गर्नका लागि उच्चस्तरीय कूटनीतिक पहल गर्न...

सडकका बेसहारामा पनि कोरोना संक्रमण

काठमाडौँ । काठमाडौँको कालीमाटीस्थित सडकपेटीमा महिला आफ्नो सानो बालकसँगै थिइन् । कोभिड सङ्क्रमणको जोखिमका कारण उपत्यकामा निषेधाज्ञा जारी गरिएकाले बजार, पसल बन्द थियो ।...

पैसा ठिक पार्नुस्, छ अर्ब बराबरको साधारण शेयर आउदैछ

काठमाडाै‌ं ।  कोरोनाका कारण मुलुकको समग्र आर्थिक क्षेत्र नै प्रभावित भइरहेका बेला प्राथमिक शेयर निष्कासन गरेका दुई कम्पनीका शेयरमा लगानीकर्ताको उल्लेख्य आकर्षण देखिएपछि थप...

कोरोनाको कारण हवाई क्षेत्रले १६ अर्ब गुमायो

काठमाडौँ । कोभिड–१९ महामारीका कारण आन्तरिक उडानमा रहेका निजी क्षेत्रका वायुसेवा कम्पनीले रु १६ अर्बभन्दा बढी आर्थिक नोक्सानी बेहोर्नु परेको छ । कोभिड–१९ महामारी...

ई-पेपर

(Visited 64 times, 1 visits today)