सानुमायाको ६० लाख यसरी चोरियो

काठमाडौं । तारकेश्वर नगरपालिकाकी सानुमाया लामासंग पैसा थियो । रामचन्द्र कुँबरले सानुमाया संग पैसा भएको जानकारी पाइसकेका थिए । रामचन्द्रले सानुमायालाई आग्रह गर्दै भने ‘अमेरिका जान लागेको बैंकमा ब्यालेन्स देखाउनु पर्ने भयो पैसा नै भएन केही दिनलाई मेरो खातामा पैसा राखिदिनु न ।’

सानुमायाले रामचन्द्रको आग्रह सहजै स्वीकारिन र प्राइम बैंकमा रहेको रामचन्द्रको खातामा पैसा डिपोजिट गरिदिइन् ६० लाख रुपैंया ।

पैसा डिपोजिट गरेपछि रामचन्द्र सानुमायाको सम्पर्कवाट टाढिए । सानुमायालाई शंका लाग्यो र प्रहरीमा पुगिन् । प्रहरीले अनुसन्धान गरेपछि थाहा पायो । उनले जम्मा गरेको ६० लाख रुपैंया झिकिसकिएको थियो ।

प्रहरीले दिएको जानकारी अनुसार रकम जम्मा गरेको भोलीपल्ट नै प्राइम बैंकको शाखा कार्यालय चाबहिल, नयाँवानेश्वर, कोटेश्वर, सामाखुसी र इमाडोलवाट नक्कली कागजपत्र र नक्कली सवारी चालक अनुमती पत्रको आधारमा रकम निकालेर रामचन्द्र फरार थिए ।

प्रहरीको खोजी कार्य जारी थियो । भक्तपुर ठिमी क्षेत्रमा लुकेर बसेको अवस्थामा रामचन्द्र र उनका साथी गणेश लामालाई पक्राउ गरेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 191 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

११ माघ २०८१

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
इटहरीको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी