सिन्धुपाल्चोकमा चोर आतंक, त्रासमा स्थानीय


सिन्धुपाल्चाेक । सिन्धुपाल्चोकका विभिन्न बस्तीहरुमा पछिल्लो केही दिन यता चोरको बिगबिगी बढेपछि स्थानीय आतंकित भएका छन् । चोर र चोरीका गतिविधि बढेपछि प्रहरी समेत व्यापक परिचालन भएपनि दिनहुँजसो चोरीका घटनाहरु भने रोकिएको छैन ।

आफन्तको घरमा हिडेका सुनकोशी गाउँपालिका–५ रतनकोटका स्थानीय ज्ञानबहादुर तामाङलाई आइतबार बिहान ९ बजे नै स्थानीय पाखरखोलामा मास्क लगाएर आएका तिन जनाको समुहले निर्घात कुटपिटपछि उनीसँग साथमा भएको नगद र मोबाइल लुटेर लगे । उनी लुटिएपछि स्थानीय घटनास्थलमा पुग्दा चोरीमा संलग्नहरु फरार भएको प्रहरीले जानकारी दिएको छ ।

त्यही समुहले बेलुकी ४ बजेको समयमा सोही स्थान भन्दा केही तल स्थानीय खोलाखर्क जाने स्थानमा एक युवालाई निर्घात कुटपिट गरेर उनीहरु फरार भएका थिए ।

आइतबार राती सुनकोशी गाउँपालिका–७ पाँग्रेटारको माझी बस्तीमा चोरहरुको समुह प्रवेश गरेपछि स्थानीय आतंकित भएका थिए । स्थानीय सबैले होहल्ला गरेपछि चोरहरु भागेपनि लगतै गएको प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिन भने नसकेको सुनकोशी गाउँपालिका–७ का वडा अध्यक्ष इश्वर तिमिल्सिनाले जानकारी दिए ।

यी केही प्रतिनिधि घटना मात्रै हुन् । विगत एक महिनादेखि विशेष गरी लिसंखुपाखर, सुनकोशी,त्रिपुरासुन्दरी र बलेफी गाउँपालिकाका विभिन्न बस्तीहरुमा चोरहरु प्रवेश गरेर स्थानीयलाई आतंकित बनाउन काम भइरहेको छ ।

लिसंखुपाखर गाउँपालिकाको पेड्कुमा स्थानीको घर तोडफोड र चोरीपछि सुरु भएको घटना अहिले क्षेत्र नम्बर १ को प्राय सबै बस्तीमा पुगेको स्थानीय सरकारका प्रमुखहरुले जानकारी दिएका छन् । चोरहरुको समुहले लिसंखुपाखर गाउँपालिका समेत तोडफोड गरेका थिए । त्रिपुरासुन्दरी गाउँपालिकाको धुस्कुन लगायतका स्थानमा व्यापक रुपमा चोरी भएपछि स्थानीय र प्रहरीले सयुक्त रुपमा केही दिन गस्ती गरेपनि चोरमा संलग्नहरु भने अहिले सम्म पक्राउ हुन सकेको छैन ।

अनुसन्धान गर्दैछाैं : माधव काफ्ले

डीएसपी माधव काफ्ले

‘केही शंकास्पद व्यक्तीहरुलाई पक्राउ गरेका छौ,उनीहरुसँग अनुसन्धान भइरहेको छ’ जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकृत डीएसपी माधव काफ्लेले भने । चोरहरुको समुहले घर तोडफोड गर्ने मात्रै होइन विद्यालय र सार्वजनिक स्थानहरु समेत तोडफोड गरेर सामग्रीहरु लैजाने गरेको डीएसपी काफ्लेले जानकारी दिए ।

लिसंखुपाखर गाउँपालिकाको कार्यालय, वडा कार्यालय, जाल्पा देवी मावि, जनता आधारभुत विद्यालय लगायतका संघ संस्थाको कार्यालय समेत तोडफोड गरेर त्यहाँ रहेको नगर जिन्सी समेत लगेको प्रहरीले जानकारी दिएको छ ।

राती मात्रै होइन दिउँसो नै चोरहरुको बिगबिगी भएपछि आफुहरुले रात्री गस्ती समेत सुरु गरेको सुनकोशी गाउँपालिका–६ का वडा अध्यक्ष रामकुमार थापाले जानकारी दिए । ‘स्थानीयलाई सचेत हुन भनेका छौ, हामी सबैले रात्री गस्ती पनि सुरु गरेका छौँ’ वडा अध्यक्ष थापाले भने ।

चोरीका घटनामा वृद्धि भएपछि जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामचन्द्र घिमिरेको कमाण्डमा प्रहरी परिचालन गरिएको छ भने इलाका प्रहरी कार्यालय बाह्रविसे लगायत प्रहरी चौकीहरुबाट पनि रात्रीकालिन गस्तीलाई बढाइएको डीएसपी काफ्लेले जानकरी दिए । प्रहरीले सूचना संकलन, गर्न सुरु गरेको र केही शंकास्पद मान्छेहरु देखिन साथ प्रहरीलाई खबर गर्न स्थानीयलाई आग्रह गरिएको काफ्लेले बताए ।

चोरहरुको प्रमुख निशानामा गरगहना र नगद भएकाले नगद र गरगहनालाई सुरक्षीत राख्न पनि उनले स्थानीय संग आग्रह गरेका छन् । प्रहरी कार्यालयले सिभीलमा समेत जिल्लाभर प्रहरी परिचालन गरिएको डीएसपी काफ्लेले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 336 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

शिक्षक आन्दोलनले शिक्षालाई ठुलो क्षति पुर्‍याउँछ: कांग्रेस महामन्त्री थापा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पूर्वमन्त्री पद्मा अर्यालका श्रीमान् वडा सदस्यमै पराजित