Friday, March 5, 2021
Home भर्खरै संक्रमित नै सम्पर्कबाहिर

संक्रमित नै सम्पर्कबाहिर

काठमाडौं । कोरोना भाइरस संक्रमण पुष्टि भएकामध्ये केही संक्रमित भागेकाले संक्रमणको जोखिम बढ्न सक्ने देखिएको छ । बुधबार उपत्यकामा संक्रमण पुष्टि भएका १ सय २ जनामध्ये आठ जना संक्रमित स्वास्थ्यकर्मीको सम्पर्कबाहिर रहेको पाइएको हो । बुधबार बिहानसम्म १६ जना संक्रमित सम्पर्कबाहिर रहेकामा बिहीबार आठ जना सम्पर्कमा आएका छन् । बाँकी आठ जनाको कुनै अत्तोपत्तो छैन ।

स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका वरिष्ठ जनस्वास्थ्य अधिकृत उत्तम कोइरालाका अनुसार सम्पर्कबाहिर रहेका केही संक्रमितले सम्पर्क नम्बर नै गलत राखेका छन् । इडिसिडीले स्वाब संकलन गरेकामध्ये केहीले अपुरो सम्पर्क नम्बर दिएको जनाएको छ ।

–स्वाबको नतिजा नआउँदासम्म क्वारेन्टिनमै बस्न सुझाव
—लकडाउन अन्त्यपछि ३९०५ लाई संक्रमण

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका वरिष्ठ जनस्वास्थ्य अधिकृत कोइरालाले भने, ‘केही संक्रमितलाई सम्पर्क गर्न खोज्दा मोबाइल अफ छ । सम्पर्क गर्न खोज्दा केहीको गलत नम्बर रहेछ । संक्रमितको पहिचानका लागि नम्बर ट्र्याक गर्न नेपाल टेलिकम, प्रहरीलगायतका निकायको सहयोगमा खोजिरहेका छौं ।’

संक्रमितहरू सम्पर्क बाहिर रहँदा कन्ट्याक्ट ट्रेसिङलगायतमा समस्या हुने गर्छ । जसले गर्दा संक्रमितको सम्पर्कमा आएकाहरू थप जोखिममा पर्ने चिकित्सकको भनाइ छ ।

सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले संक्रमण रोकथाममा स्वयं व्यक्ति नै सचेत र सजग हुनुपर्ने बताए । उनले भने, ‘सबैभन्दा मुख्य कुरा आत्मानुशासन हो । र, जनस्वास्थ्यका न्यूनतम मापदण्ड सबैले पूर्ण रूपमा पालना गर्नुपर्छ ।’
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वाबको नतिजा नआउँदासम्म होम क्वारेन्टिनमै बस्न आग्रह गर्दै आएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भने, ‘स्वाब संकलन गरिसकेपछि नतिजा नआउँदासम्म होम क्वारेन्टिनमै बस्नुस् । नत्र झन् जोखिम बढ्न सक्छ ।’

यो पनि पढ्नुहोस   ‘रेमिट्यान्स दुरुपयोग’ले बढाउँदै सम्बन्धविच्छेद

लकडाउन खुलेयता हालसम्म ३ हजार ९ सय ५ जना संक्रमित थपिएका छन् । काठमाडौं उपत्यकामा पछिल्लो चौबिस घण्टामा थप ८७ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार काठमाडौंमा ७६, ललितपुरमा १० र भक्तपुरमा १ जना गरी कुल ८७ जनामा संक्रमण देखिएको छ ।

पछिल्लो २४ घण्टामा नेपालमा थप ३ सय ६० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । योसँगै संक्रमितको संख्या २१ हजार ७ सय ५० जना पुगेको छ ।

बिहीबार २ सय ३३ जना उपचारपछि निको भई डिस्चार्ज भएका छन् । नेपालमा हालसम्म १५ हजार ३ सय ८९ जना उपचारपछि निको भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म ६४ जना संक्रमितको मृत्यु भएको छ ।
पछिल्लो समय संक्रमितमा श्वासप्रश्वासमा गाह्रो हुने, झाडापखाला, ज्वरोलगायतका लक्षण देखिन थालेको चिकित्सकहरू बताउँछन् । हालसम्म ४ लाख १९ हजार ५ सय ७५ जनाको आरटी–पिसिआर प्रविधिबाट कोरोना परीक्षण गरिएको छ । देशभर ९ हजार ४ सय ७० जना क्वारेन्टिनमा बस्दै आएका छन् ।

(Visited 759 times, 1 visits today)
Loading comments...

आजको समाचार

गोर्खा वारियर नबन्दै गोर्खा वारियर–२ निर्माण सुरु

काठमाडौं । पहिलो शृंखला निर्माण नभई चलचित्र गोर्खा वारियरको दोस्रो शृंखला निर्माण हुने भएको छ । मंगलबार काठमाडौंमा गोर्खा वरियर–२ को निर्माण घोषणा गरियो...

सुटुक्क बिहे गरेकी श्रेया घोषालले ‘बेबीबम्प’ सार्वजनिक गरिन्

मुम्बई । बलिउडकी चर्चित नायिका श्रेया घोषाल विवाह गरेको ६ वर्षपछि आमा बन्दैछिन् । सामाजिक सञ्जालमा ‘बेबीबम्प’ सार्वजनिक गर्दै हुनेवाला बच्चाको नाम समेत जुराइसकेको...

अनुदानसँगै ऋण लिएरै भएपनि कर्णाली बनाउन जुटे स्थानीय सरकार

सुर्खेत । कर्णाली प्रदेश प्रमुख गोविन्द प्रसाद कलौनीले विकासका दृष्टिले निकै पछाडि रहेको कर्णालीमा राज्यले लगानी बढाउन ढिलो गर्नु नहुने बताएका छन् । नगर...

स्राेताकाे मन जित्दै ‘हातैका पौजाले…’

काठमाडाैं । लाेक शैलीकाे गीत  रातो घलेकिमाको  सफलतापछि गायक तथा गीतकार कुशल बेलबासेको लोकदोहोरी गीत ‘हातैका पौजाले…’ सार्वजनिक भएको छ । कुशल बेलबासे र गायिका...

शुक्रबार प्रधानमन्त्री ओली र विप्लवले एउटै मञ्चबाट सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेत्रविक्रम चन्द ‘विप्लव’ले शुक्रबार एउटै मञ्चबाट संयुक्त सम्बोधन गर्ने भएका छन् । शुक्रबार दिउँसो २ बजे राष्ट्रिय...

साताका लोकप्रिय समाचार

‘रेमिट्यान्स दुरुपयोग’ले बढाउँदै सम्बन्धविच्छेद

गलकोट । बागलुङ जिल्लामा बर्सेनि सम्बन्धविच्छेदका घटना बढ्दै गएको छ । जिल्ला अदालत बागलुङमा परेका मुद्दा र फैसलाको तथ्याङ्कअनुसार सम्बन्धविच्छेद पछिल्लो समय बढ्दो क्रममा देखिएको...

कोरोना संक्रमण जोखिम कायमै

काठमाडौं । देशभर कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या १ प्रतिशत नाघेको छ । यो तथ्यले कोरोना संक्रमणको जोखिम कायमै रहेको देखाएको छ ।...

समाजसेवी पशुपति गुरुङद्वारा विद्यालयलाई ५ लाख सहयोग

काठमाडौं । समाजसेवी एवम् साहित्यकार संस्कार समाज नेपालका अध्यक्ष पशुपति गुरूङले आफूले अध्ययन गरेको विद्यालयलाई ५ लाख सहयोग गरेकी छिन् । आफ्ना हजुरवुवा लक्ष्मण...

निशानको नयाँ शोरुम सँगै म्याग्नाइट बजारमा

इटहरी । निशान गाडीको नेपालका लागि आधिकारीक बिक्रेता पायोनियर मोटो कोर्प प्रालिले इटहरीमा श्रीजा मोर्टस शोरुम सञ्चालनमा ल्याएको छ । मोर्टस शोरुमको सञ्चालन संगै...

पूर्णिमा मिस ब्युटिफुल नेपाल र पवित्रा मिसेस ब्युटिफुल नेपाल

काठमाडौं । यो वर्षको मिस ब्युटिफुल नेपालको उपाधि पूर्णिमा क्षत्रीले र मिसेस ब्युटिफुल नेपालको उपाधि पवित्रा वञ्जारा जितेका छन् । दक्ष इन्टरनेसनल प्रालिले राजधानीमा...

ट्रेन्डिङ

कोराना संक्रमणबाट बर्दियाका वडाध्यक्षको मृत्यु

बाँके । भेरी अञ्चल अस्पताल नेपालगञ्जमा उपचारका क्रममा बर्दियाको बारबर्दिया नपा वडा नं ३ का वडाध्यक्ष वर्ष ३९ का सूर्यबहादुर थारुको आज कोरोना सङ्क्रमणबाट...

विश्वमा ९४ लाखभन्दा बढीमा कोरोना संक्रमण पुष्टि, ४ लाख ८० हजारभन्दा बढीको मृत्यु

जेनेभा । विश्वमा कोरोनाभाइरस (कोभिड–१९) सङ्क्रमण पुष्टि हुने व्यक्तिको सङ्ख्या ९४ लाखभन्दा बढी पुगेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले जानकारी गराएको छ । डब्लुएचओका अनुसार विगत...

ललितपुरमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ पुग्यो

ललितपुर । ललितपुरमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भएका थप १ जनाको मृत्यु भएको छ । योसँगै ललितपुरमा कोरोना संक्रमण भएका ब्यक्तिको मृत्यु हुनेको...

कोरोनाबाट एकैदिन ११ जनाको मृत्यु, मृतकको संख्या १७५ पुग्यो

काठमाडौँ । नेपालमा कोरोना भाइरस (कोभिड १९) बाट आज एकै दिन आज ११ जनाको मृत्यु भएको छ ।
यो पनि पढ्नुहोस   ‘रेमिट्यान्स दुरुपयोग’ले बढाउँदै सम्बन्धविच्छेद
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित पत्रकार...

पुर्नगठित जनता समाजवादी पार्टीमा असन्तुष्टि चुलिदै

सप्तरी, राजविराज । जनता समाजवादी पार्टी नेपाल निर्वाचन आयोगमा दर्ता गराए लगत्तै सो पार्टी भित्र एक पछि अर्को असन्तुष्टिका स्वरहरु उठ्न थालेको छ । पार्टी...

यी हुन् बलिउडमा न्युड फोटो खिचाउने कलाकार

मुम्बई । बलिउड कलाकार मिलिन्द सोमनले हालै न्युड फोटो सुट गरे । उनले आफ्नो जन्मदिनको अवसरमा उक्त तस्विर खिचाएका थिए । समुन्द्रको किनारमा नाङ्गै...

मेलम्चीको पानी वितरणका लागि तयारी

काठमाडौँ । मेलम्चीको पानी आएपछि प्रभावकारी वितरणका लागि काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले योजना तयार गरेको छ । पानी काठमाडौँमा झर्नासाथ कसरी सबैतिर...

रकम झिक्न बैंकमा घुइँचो

भक्तपुर । कोभिड—१९ को संक्रमणबाट जोगिन सरकारले कुनै पनि ठाउँमा २५ जनाभन्दा बढी जम्मा नहुन निर्देशन दिए पनि भक्तपुरका सबै बैंकमा आइतबार...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

पशुपतिमा विशेष पूजा फागुन २५ देखि

काठमाडौं । पशुपतिनाथ मन्दिरमा कोरोना महामारीका कारण एक वर्षअघि देखि रोकिएको विशेष पूजा फागुन २५ गतेदेखि शुरु हुने भएको छ । कोरोना जोखिम कायमै...

नख्खुमा जीपको ठक्करबाट क्याम्पस हिँडेकी १९ वर्षीया छात्राको मृत्यु

काठमाडौं । ललितपुरको नख्खुमा क्याम्पस जाँदै गरेकी एक छात्राको आज विहान जीपको ठक्करबाट मृत्यु भएको छ । बिहान पौने ६ बजे स १ ज...

प्रधानमन्त्रीको राजिनामा माग्नु अनैतिक : मन्त्री साह

काठमाडौ। नेपाल कम्युनिष्ट पार्टीका नेता तथा शहरी विकास मन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामा माग्नु नै अनैतिक भएको बताएका छन् । एक टेलिभिजन...

ताप्लेजुङको दोभान बजारमा आगलागी, ४० बढी घर जले, नियन्त्रण प्रयास जारी

काठमाडौं । ताप्लेजुङको दोभान बजारमा आज आगलागी हुँदा कम्तीमा चालीस घर जलेका छन् । बिहान करिब ९ बजेदेखि सुरु भएको आगलागी नियन्त्रणका लागि प्रयास...

भर्खरै

कृष्णमाया भन्छिन् ‘मलाई बलात्कार गर्नेले आधा सम्पत्ति दिनुपर्छ’

काठमाडौं । झापा जिल्लास्थित कनकाई नगरपालिका वडा ३ निवासी घर नजिकैका छिमेकी नेत्र प्रसाद तिम्सिनाबाट २०७० असोज १५ गते बलात्कृत भएकी पीडित कृष्णमाया उप्रेतीले...

अनुदानसँगै ऋण लिएरै भएपनि कर्णाली बनाउन जुटे स्थानीय सरकार

सुर्खेत । कर्णाली प्रदेश प्रमुख गोविन्द प्रसाद कलौनीले विकासका दृष्टिले निकै पछाडि रहेको कर्णालीमा राज्यले लगानी बढाउन ढिलो गर्नु नहुने बताएका छन् । नगर...

अब दुई वर्ष केपी ओली नै हाे प्रधानमन्त्री : अर्थमन्त्री

बुटवल ।  अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभामा वर्तमान सरकारका बहुमत सांसद रहेको बताएका छन् । गृह जिल्ला रुपन्देहीका विभिन्न कार्यक्रममा सहभागी हुन आएका अर्थमन्त्रीले पौडेलले...

पुस्तक अंश : कमरेड, २५ गते रातभर दुश्मनलाई ब्लक गरौं

प्रिय कमरेड परिवर्तन जी क्रान्तिकारी लाल सलाम । आराम छु आरामै चाहन्छु । विशेष कुरा के छ भने, नेपाली क्रान्ति रणनैतिक प्रत्याक्रमणको चरणमा पुग्दा फौजी हिसावले...

धेरै पढिएका

३१ सहसचिवको सरुवा: राजस्व अनुसन्धान र सम्पत्ति शुद्धीकरणमा नयाँ नेतृत्व

सरकारले आर्थिक अपराधीको पहिचान गरी कानुनी दायरामा ल्याउने महŒवपूर्ण भूमिकामा रहने राजस्व अनुसन्धान विभाग र सम्पति शुद्धीकरण अनुसन्धान विभागका प्रमुखसहित ३१ जना सहसचिवको सरुवा...

म्यान्मारमा सेनाको गोली लागेर छ जनाको मृत्यु

याङ्गुन । प्रजातन्त्रका पक्षमा सहभागी प्रदर्शनकारीमाथि सुरक्षा फौजले गरेको कारबाहीमा बुधबार कम्तीमा छ जनाको मृत्यु भएको छ । सेनाले सत्ता कब्जा गरी नेतृ आङ...

ताप्लेजुङको दोभान बजारमा आगलागी, ४० बढी घर जले, नियन्त्रण प्रयास जारी

काठमाडौं । ताप्लेजुङको दोभान बजारमा आज आगलागी हुँदा कम्तीमा चालीस घर जलेका छन् । बिहान करिब ९ बजेदेखि सुरु भएको आगलागी नियन्त्रणका लागि प्रयास...

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । भारतीय आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएर पठाएको छ । आइओसीले आजदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको हो...

छुटाउनुभयो कि?

(Visited 110 times, 1 visits today)