Thursday, October 1, 2020
Home भर्खरै जोखिमको ग्राफ उचालिँदो

जोखिमको ग्राफ उचालिँदो

काठमाडौं । लकडाउन अन्त्य भएयता कोरोना भाइरस संक्रमित र मृत्यु हुनेको संख्या ह्वात्तै बढेको छ । यो अवस्थाले आगामी दिन निकै चुनौतीपूर्ण र जोखिमपूर्ण हुन सक्ने देखिएको छ । पछिल्लो ३६ दिनयता शुक्रबार मात्रै सबैभन्दा धेरै ४ सय ६४ जना संक्रमित थपिएका छन् । शुक्रबार मात्रै थप ५ जनाको मृत्यु भएको छ । मृतकको उमेर समूह अधिकांशको ४० देखि ६० वर्ष छ ।

पछिल्लो एक साताको अवधिलाई आधार मान्दा दैनिक ३ सय ४९ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म देशभर कोरोना भाइरस संक्रमितको संख्या २२ हजार २ सय १४ पुगेको छ ।

गत ७ साउनदेखि सरकारले लकडाउन अन्त्य गरेको थियो । लकडाउन अन्त्य भएयता थप ४ हजार १ सय १९ जनालाई संक्रमण देखिएको छ । यस्तै, लकडाउन अन्त्य भएयता संक्रमित २७ जनाको मृत्यु गएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार हालसम्म संक्रमित ७० जनाको मृत्यु भएको छ ।

– संक्रमित र मृतकको संख्या तीव्र बन्दै
—लकडाउन अन्त्यपछि मात्रै २७ को मृत्यु

यस्तै, शुक्रबार काठमाडौं उपत्यकामा १ सय ६ जना कोरोना संक्रमित थपिएका छन् । यो हालसम्मकै संक्रमित थपिनेहरूको उच्च संख्या हो । काठमाडौंमा मात्रै शुक्रबार ९२, ललितपुरमा १० र भक्तपुरमा ४ जना संक्रमित देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । काठमाडौंमा कुल संक्रमितको संख्या ९ सय ८२ पुगेको छ ।

काठमाडौंमा ७ सय ६६, ललितपुरमा १ सय ३४ र भक्तपुरमा ८२ संक्रमित पुष्टि भएका छन् । देशैभर शुक्रबार ४ सय २५ जना उपचारपछि निको भई डिस्चार्ज भएका छन् । नेपालमा हालसम्म १५ हजार ८ सय १४ जना उपचारपछि निको भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हालसम्म ४ लाख २७ हजार ५सय एक जनाको आरटी–पिसिआर प्रविधिबाट कोरोना परीक्षण गरिएको छ ।

पछिल्लो समय श्वास प्रश्वासका समस्या, उच्च ज्वरो, पखालालगायतका लक्षणसहितका संक्रमित अस्पताल पुग्ने गरेका छन् । हेलचेक््रयाइँले संक्रमितको संख्या बढ्दै गएको भन्दै स्वयं व्यक्ति सचेत र सजग रहन चिकित्सकहरूले सुझाव दिएका छन् ।

मुख्यतः व्यक्ति व्यक्तिबीच भौतिक दूरी कायम नहुँदा र मास्कको उचित प्रयोग नगरिँदा जोखिम बढेको चिकित्सकहरू बताउँछन् । सरकारले लकडाउन अन्त्य गरे पनि संक्रमितको सम्पर्कमा आएकाहरूको कन्ट्याक्ट ट्रेसिङमा हेलचेक्याइँ गर्दै आएको छ ।

विभिन्न जिल्लाबाट काठमाडौं भित्रिनेहरूको ट्रेसिङ गरिएको छैन । काठमाडौं उपत्यकामा विभिन्न नाकाबाट भित्रिनेहरू बढ्दै गए पनि उनीहरू सबैको कोरोना परीक्षण गरिएको छैन । शुक्रबार काठमाडौं आइपुगेका सिन्धुपाल्चोकका रवीन खतिवडाले भने, ‘म काठमाडौं आइपुगें । मेरो साथीलाई कोरोना संक्रमण देखिएको थियो । म उसको नजिक थिएँ तर मेरो कोरोना परीक्षण गर्न अस्पतालले आनाकानी ग¥यो ।’

हाल देशभर १० हजार २ सय ७ जना क्वारेन्टिनमा बसेका छन् । सक्रिय संक्रमितको संख्या ६ हजार ३ सय ३० रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । केही दिनयता समूह समूहमा संक्रमण देखिन थालेको छ । लकडाउन अन्त्यपछि भारतबाट नेपाल फर्केकाहरू कोरोना परीक्षण नै नगराई धमाधम घर फर्किन थालेको पाइएको छ । जोखिम बढ्नुको मुख्य कारण यो पनि रहेको चिकित्सकको भनाइ छ ।

(Visited 76 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

रुपन्देही र बाँकेमा कोरोनाबाट थप ४ जनाको मृत्यु

बुटवल । रुपन्देही र बाँकेमा कोरोना सङ्क्रमणका कारण चार जनाको मृत्यु भएको छ । रुपन्देहीमा लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका क्रममा बुधबार बेलुका मृत्यु भएका...

मुख्य सचिव रेग्मीले दिए राजीनामा

काठमाडौँ । मुख्सचिव लोकदर्शन रेग्मीले राजीनामा दिएका छन् । रेग्मीले आफ्नो कार्यकाल सकिनु अघि नै राजीनामा दिएका हुन् । बिहीबार उनले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष...

दल दर्ता गर्न संघीय संरचना अनिवार्य

काठमाडौं । निर्वाचन आयोगले आयोगमा नयाँ दल दर्ता गर्न संविधानअनुसार दलको संघीय संरचना अनिवार्य गरेको छ । आयोगले संविधानमा भएको संघीय संरचनाअनुसारको मुलुकको ढाँचाको स्वरूपसहित...

एकैदिन १५५९ जनामा कोरोना पुष्टि, १०५७ जना डिस्चार्ज

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप एक हजार ५५९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या ७७ हजार...

भर्खरै

रुपन्देही र बाँकेमा कोरोनाबाट थप ४ जनाको मृत्यु

बुटवल । रुपन्देही र बाँकेमा कोरोना सङ्क्रमणका कारण चार जनाको मृत्यु भएको छ । रुपन्देहीमा लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका क्रममा बुधबार बेलुका मृत्यु भएका...

दोलखाका शैक्षिक संस्था पूर्ण रुपमा बन्द गर्न निर्देशन

दोलखा । जिल्लामा कोरोनाको लक्षणसहितका सङ्क्रमित फेला परेपछि जिल्ला कोभिड –१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले आजदेखि शैक्षिक संस्था पूर्ण रुपमा बन्द गर्न निर्देशन दिएको...

इजरायली श्रम बजार नेपालीका लागि खुला

काठमाडौं । इजरायलको विशिष्ट श्रम बजारमा नेपाली कामदारको अस्थायी रोजगारीसम्बन्धी सम्झौतामा हस्ताक्षर भएसँगै इजरायली श्रम बजार नेपाली युवाका लागि खुला भएको छ । नेपाल...

निगम भन्छ : नेपाली पाइलटले नै धेरै तलब बुझ्छन्

काठमाडौँ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले विदेशी विमानचालक (पाइलट) ले भन्दा नेपाली पाइलटले धेरै तलब बुझ्ने गरेको जनाएको छ । कोभिड–१९ महामारीको...

धेरै पढिएका

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कफीसपमा आगलागी

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पसलमा आगलागी भएको छ । आगलागी अन्तर्राष्ट्रिय टर्मिनलको कफी सपमा भएको हो ।

कोरोनाको जोखिम बढेपछि बागलुङ बजार एक साता बन्द

बागलुङ । कोरोना सङ्क्रमणको जोखिम बढेको भन्दै बागलुङ उद्योग वाणिज्य सङ्घले एक साताका लागि उद्योग, व्यवसाय बन्द गर्न व्यवसायीमा आग्रह गरेको छ । गए...

नेपालको अभिमत बुझेर भारतले वार्ताको ढोका खोल्नुपर्छ : परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नेपालको अद्यावधिक नक्शा राष्ट्रिय सहमतिका आधारमा नेपालको संविधानमा समावेश भइसकेको कुरा बुझेर छिमेकी मुलुक भारतले...

रुझ्दै, भिज्दै र ओत लागेर हिँड्नेका दुःख (फोटोफिचर)

काठमाडौं । कोरोना संक्रमण नभएको भए शायद यति खेर काठमाडौंका सडकमा दसैंको चहल पहल सुरु भैसक्थ्यो । संक्रमणका बाबजुत पनि पाँच महिनाको लकडाउनपछि शहर...

ई-पेपर

(Visited 64 times, 1 visits today)