‘मुलुक विकासतर्फ लम्किरहेको छ’ : प्रधानमन्त्री ओली

????????????????????????????????????

काभ्रे । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक विकासतर्फ लम्कि रहेको बताएका छन् । धुलिखेल नगरपालिकाको ३४ औँ स्थापना दिवस तथा स्वर्गीय मदन भण्डारीको शालिक अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मुलुक विकासतर्फ लम्किएको बताए ।


‘अहिले मुलुकको परिर्वतनको तीव्र गतिमा बढिरहेको छ,’ प्रधानमन्त्री ओलीले भने, ‘दैनिक रुपमा सरकारले विकासको कामलाई अगाडी सारेको छ । यसरी नै मुलुकले नयाँ युगमा प्रारम्भ गरेको छ ।’ देश विकासमा सूचना र प्रविधिको महŒव’bout बोल्दै, सरकारले अगाडी सारेको डिजिटिल निति कार्यक्रमको कार्यान्वयन भइरहेको उनले बताए । उनका अनुसार यसलाई प्रभावकारी बनाउन आधुनिक प्रविधिको प्रयोग गर्न जरुरी छ । सरकारले ७७ वटै जिल्लामा फोर्जी सेवा उपलब्ध गराउने कार्यक्रम राखेको उनले जानकारी गराए ।


जनचासोको विषय रहेको मेलम्ची खानेपानीको विषयलाई पनि प्रधानमन्त्री ओलीले सम्बोधन गरेका थिए । मेलम्ची खानेपानीको कार्यक्रम पनि द्रूत गतिमा अगाडी बढेकाले अब काठमाडौंबासीले पानीको समस्या भोग्नुनपर्ने उनले बताए । सरकारले अहिले महिला र पिछडिएका समयुदायको उत्थान, रोजगारी र युवालाई विदेशप्रति विकर्षणका कार्यक्रम ल्याइएको बताउँदै उनले भने,‘अब स्वेदशमै श्रम,प्रतिभा र सीपयुक्त दक्ष जनशक्ति उत्पादन गरिने छ । जीवनयोपयोगी प्राविधिक र ज्ञानमूलक शिक्षा नागरिकसम्म पु¥याउने कार्यक्रमको योजना सरकारले बनाएको छ ।’ त्यस्तै कृषिमा आधुनिकिकरणका लागि जिल्लाका कृषकलाई अर्गानिक फलफूल तथा तरकारी खेती गर्न प्रधानमन्त्री ओलीले सुझाव दिए ।


धुलिखेलको नगरपालिका र बाग्मती प्रदेशको संयूक्त लगानीमा धुलिखेलको काभ्रेभञ्ज्याङमा निर्माण भएको स्वर्गीय मदन भण्डारी स्मृती पार्कको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘८८ प्रतिशत घरमा केन्द्रीय विद्युत लाइन पुगेको छ । बाँकी १२ प्रतिशत जनताको घरमा विद्युत पुयाउने गरी काम भइरहेको छ । दुई वर्षमा यो कार्यक्रम सम्पन्न गर्ने सरकारको लक्ष्य छ ।’ प्रधानमन्त्री ओलीले काठमाडौँमा यत्रतत्र लत्रिएका टेलिफोनका तार जमीनमुनि पाइपमार्फत लैजाने काम सुरु भएको उनले जानकारी गराए । कार्यक्रममा भक्तपुर–बनेपा–धुलिखेल सडकलाई चौडा पार्ने काम चाँडै सुरु हुने बताउँदै उनले भने, ‘हामी अब सुरुङ युगमा प्रवेश गर्दैछौँ । सुरुङबाटै बाटो चौडा हुनेछ । कोटेश्वरको जाम हटाउन ‘अण्डरग्राउण्ड रोड’ बनाउने कार्यक्रम तय गरिएको छ ।’


अहिले मुलुक विकासतर्फ अगाडी बढेको बताउँदै सञ्चार तथा सुचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले भने, ‘ काभ्रेसँगै सम्रग मुलुकको विकास तिव्र गतिमा भइरहेको छ । सरकारले मुलुकको विकासको लागि प्रगति, न्याय र समानतालाई प्राथमिकतामा राखेको छ ।’ त्यसकारण पनि प्रधानमन्त्रीसमक्ष कुनै माग नराख्न मन्त्री बाँस्कोटाले आग्रह गरे ।


स्थानीय तहले गरेको कार्य प्रभावकारी भएको बताउँदै, खानेपानी तथा सरसफाई मन्त्री बिना मगरले भनिन्, ‘ धुलिखेल नगरपालिकाले समता र समावेशी ढंगले सबै क्षेत्रलाई समेटेर विकासका कार्यक्रम सञ्चालन गरिरहेको छ ।’ धुलिखेल नगरपालिकाले गरेको कार्यक्रम अरु स्थानीय तहको लागि उदाहरणी भएको भन्दै उनले खुशी व्यक्ति गरिन् । कार्यक्रममा धुलिखेल नगरपालिकाका नगरप्रमुख आशोक कुमार व्याञ्जुले नगरले मुलुककै नमूना नगर बनाउने योजना बनाएको बताए । उनका अनुसार उक्त योजना २० वर्षसम्ममा कार्यान्वयन हुनेछ ।

तपाइको प्रतिक्रिया
(Visited 244 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

शेरको सवारी

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
काठमाडौँमा ४ जना वडा सदस्य निर्विरोध निर्वाचित