Thursday, August 5, 2021
Homeभर्खरैवामदेवको आँखामा तीन गुट सक्रिय

वामदेवको आँखामा तीन गुट सक्रिय

गुटले पार्टी कमजोर भएको विश्लेषण

,
sharethis

काठमाडौं । नेकपामा देखिएको विग्रह रोक्न भन्दै ६ बँुदे प्रस्ताव सार्वजनिक गरी चर्चामा आएका उपाध्यक्ष वामदेव गौतमले गुटै गुटको भेलाले पार्टी कमजोर भएको विश्लेषण गरेका छन् । उनले पार्टीलाई एकजुट बनाउन आफूले अघि सारेको प्रस्ताव सबै पक्षले मान्नुपर्ने बताएका छन् ।

वामदेवको ६ बुँदे प्रस्तावलाई नेकपाका आमकार्यकर्ताले प्रशंसा गरे पनि गुट भेलामा रमाउँदै आएका शीर्ष नेताहरूले नै बेवास्ता गरेपछि गौतम खिन्न छन् । गौतमलाई ६ बुँदे प्रस्ताव कार्यान्वयनमा ल्याउने गरी सशक्त भूमिका निर्वाह गर्न नेकपाका कार्यकर्ताले सुझाव दिँदै आएका छन् ।

‘मैले पार्टीलाई एक ढिक्का राख्न सो प्रस्ताव ल्याएको हुँ तर केही शीर्ष नेताहरूबाटै सो प्रस्तावको बेवास्ता हुनु दुःखद हो,’ वामदेवले आफू निकटस्थहरूसँग यस्तै गुनासो गर्ने गरेका छन् । यद्यपि, उनले आफू कुनै गुटमा नरहेकाले पार्टीलाई एकजुट बनाएर अघि बढाउनुपर्छ भन्ने मान्यतामा रहेको बताउँदै आएका छन् ।

गौतमले दुवै अध्यक्षले आफूमा रहेको कमजोरी सुधारेर अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।

गौतमको विश्लेषणअनुसार हाल पार्टीभित्र तीन गुट सक्रिय रहेका छन् । गौतमले शुक्रबार एक विज्ञप्ति प्रकाशित गर्दै तीन गुट सक्रिय रहे पनि आफू कुनै पनि गुटमा संलग्न नभएको स्पष्टीकरण दिएका छन् ।

पार्टीभित्र देखापरेका अन्तरविरोध हल हुन नसक्दा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल तथा वरिष्ठ नेता माधवकुमार नेपालको नामका तीन गुट सक्रिय भएको गौतमको ठहर छ । तर, पछिल्लो समय नेपाल समूह पनि दाहाल समूहमा नै समाहित हुन पुगेको विश्लेषण गर्न थालिएको छ । गौतमले भने अहिले तीनवटै गुट सक्रिय रहेको र सोही गुटकै कारण पार्टी कमजोर भएको ठहर गर्दै आफू कुनै पनि गुटमा नरहेको स्पष्ट पारेका हुन् ।

‘अहिले हाम्रो पार्टीभित्र देखापरेका अन्तरविरोध हल हुन नसक्दा तीनवटा विचार समूह बनेका छन् । यी समूहसँग ओली, दाहाल र नेपाल जोडिनुभएको छ,’ गौतमले आफ्नो विज्ञप्तिमा उल्लेख गरेका छन् ।

‘म समूहगत रूपमा यी कसैसँग जोडिएको छैन र जोडिन पनि चाहन्न,’ गौतमले भनेका छन् । गौतमले पछिल्लो समय आफू गुटगत भेलामा जान छोडेको बताएका छन् । यद्यपि, दुई जना पार्टी अध्यक्षले छुट्टाछुट्टै बोलाउँदा भने आफू जाने गरेको उनको भनाइ छ ।

‘ओली र दाहालले भेट्न बोलाउँदा म जाने गरेको छु । सल्लाह, सुझाव र राय पनि दिने गरेको छु । मैले आफूलाई स्वतन्त्र राख्ने कोसिस गरेको छु । पछिल्लो पटक मैले पार्टीमा राखेको ६ बँुदे प्रस्ताव त्यसकै एउटा उदाहरण हो,’ गौतमले भने ।

नेकपाभित्रको शक्ति संघर्ष उत्कर्षमा पुगेका बेला उपाध्यक्ष गौतमले गत १३ साउनमा ६ बुँदे प्रस्ताव सार्वजनिक गरेका थिए । उनको प्रस्तावमा नेकपा अध्यक्ष ओली प्रतिनिधिसभाको यो कार्यकालसम्म प्रधानमन्त्री र एकता महाधिवेशनसम्म अध्यक्ष रहने र पार्टीको कार्यकारी अध्यक्षमा दाहाल नै रहने उल्लेख गरिएको थियो ।

गौतमले आफू कुनै गुटमा नभएको स्पष्टोक्ति दिँदै आए पनि ६ बुँदे प्रस्तावपछि गौतम प्रधानमन्त्री ओली निकट समूहमा गएको विश्लेषण दाहाल–नेपाल पक्षले गर्दै आएको छ ।

‘पार्टी अध्यक्ष भनेको केवल व्यक्ति मात्र हुँदैन, त्यो पार्टीभित्रको सर्वस्वीकार्य संस्था हो । त्यसकारण पार्टी अध्यक्षहरू दुवै वा एक्लैले बोलाउँदा मैले भेट्ने गरेको छु । मैले समय–समयमा भेट गरेकै बेला ओलीकै अगाडि उहाँको गम्भीर आलोचना गर्ने गरेको छु भने प्रचण्डलाई पनि वहाँकै अगाडि आलोचना गर्ने गरेको छु,’ गौतमले दुवै अध्यक्षले आफूमा रहेको कमजोरी सुधारेर अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।

आफ्नाबारे भ्रामक प्रचार गरिएको भन्दै एक फरक प्रसंगमा उनले लगानी बोर्डमा सुशील भट्टलाई प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्न प्रधानमन्त्रीसँग आफूले कुनै प्रकारको सिफारिस नगरेको प्रस्ट्याएका छन् । उनले त्यसमा केही तŒवले निहित स्वार्थ राखेर भ्रम फैलाएको दाबी गरेका छन् ।

‘सुशील भट्ट वा कुनै पनि व्यक्तिको नियुक्तिका निम्ति मैले प्रधानमन्त्री वा कोही व्यक्तिसँग पनि केही भनेको छैन । यो मेरो सरोकारभन्दा बाहिरको विषय हो,’ गौतमले भनेका छन् ।

पदको लाज जोगाउनू
यसैबीच प्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले शुक्रबार पार्टी प्रवक्तालाई पदको लाज जोगाउन आग्रह गरेका छन् ।

ट्वीटरमा रिमालले लेखेका छन्, ‘इनफ इज इनफ नारायणकाजीजी । कमसे कम पार्टी प्रवक्ता पदको लाज त जोगाउनुस् । ‘विधि र पद्धति’को नक्कली गीत गाउँदै नेताहरूलाई गुटबन्दीको आगोमा पोल्न उत्तोलक नबन्नुहोस्, पार्टी एकताविरुद्धका कुनै पनि गतिविधि कतैबाट पनि नहोस्, मुलुक संवेदनशील मोडमा छ, महसुस होस्,’ रिमालले प्रवक्ता श्रेष्ठको ध्यानाकर्षण गराउँदै लेखेका छन् ।

सार्वजनिक रूपमा प्रधानमन्त्री ओलीको कार्यशैलीको विरोध गर्दै नेताहरूलाई उत्तेजित पारेको आरोप खेपेका प्रवक्ता श्रेष्ठलाई रिमालले सार्वजनिक रूपमै प्रवक्ता पदको लाज जोगाउन आग्रह गरेका हुन् ।

विवाद समाधानका लागि सहमति जुट्न नसकेका बेला नेताहरूले एकले अर्काविरुद्ध सामाजिक सञ्जालमा खरो रूपमा आलोचना गर्न थालेका छन् । युवा नेताहरूले शीर्ष नेतालाई पार्टी एकता जोगाउन पहल गरिरहेको भए पनि सहमति जुट्न सकेको छैन ।

शक्ति आर्जन र एकले अर्कोलाई गलाउने र होच्याउने काम जारी नै छ । सोही कारण विवाद समाधान हुनुभन्दा बढ्ने काम भएको नेकपाका एक नेताले बताए । अहिलेको विवाद कसरी समाधान हुन्छ भन्ने चिन्ता आमकार्यकर्तामा छ । तर, शीर्ष नेताहरूले कार्यकर्ताको भावना बुझ्न सकेका छैनन् ।

(Visited 252 times, 1 visits today)

आजको समाचार

सर्वोच्चबाट ठाकुरको पक्षमा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले जनता समाजवादी पार्टीका नेता महन्थ ठाकुरको मुद्दामा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । न्यायाधीश प्रकाशमान सिंह राउतको एकल...

संघीयता मात्रै दोषी हो र ?

नेपालको प्रमुख समस्या भनेको गरिबी, बेरोजगारी, महँगी, शान्ति सुरक्षाको कमजोर अवस्था तथा आर्थिक अनियमितता हो । आर्थिक पारदर्शिता र सुशासनबिना नेपालजस्तो देशको प्रगति असम्भव...

हामी सचेत छौं, सक्रिय छैनौं

यहाँ हामी भन्नाले समग्र नेपाली नागरिकलाई भन्न खोजिएको हो । पढेलेखेको, राजनीतिक सुझबुझ भएको, जानेबुझेको, देशदुनियाँ देखेको सचेत वर्गलगायत आमनागरिक नै हामी हौं ।...

४२ दिनयता बुधबार सबैभन्दा धेरै संक्रमित

काठमाडौं । पछिल्ला दिनमा दिनप्रतिदिन कोरोना संक्रमित बढ्न थालेपछि नेपाल कोरोनाको तेस्रो लहरमा प्रवेश गर्न थालेको आशंकामा बल पुग्न थालेको छ । जनस्वास्थ्यविद्हरूले संक्रमण...

साताका लोकप्रिय समाचार

फिक्सन : पेन्सिल

बिहानी खासै खुलिसकेको छैन । हिजोदेखि धुर्मैलो आकाश मन्दमन्द निन्यारो छ । केटाकेटीका कल्याङबल्याङ अलि चर्कै सुनिइरहेको छ । ‘मम्मी भरे स्कुलबाट फर्केपछि पेन्सिल किन्दिनु...

हामी सचेत छौं, सक्रिय छैनौं

यहाँ हामी भन्नाले समग्र नेपाली नागरिकलाई भन्न खोजिएको हो । पढेलेखेको, राजनीतिक सुझबुझ भएको, जानेबुझेको, देशदुनियाँ देखेको सचेत वर्गलगायत आमनागरिक नै हामी हौं ।...

जसपा संसदीय दलको नेता यादव चयन

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को संसदीय दलको नेतामा उपेन्द्र यादव चयन भएका छन् । सो पार्टीले नेता नवराज सुवेदीको संयोजकत्वमा गठन गरेको निर्वाचन...

अवसरवादीलाई वहिष्कार गरौं

राजनीतिक अवसरवादी यानेकी ‘राजनीतिक भतुवा’ शब्द सुन्नमै अशिष्ट छ । कसलाई राजनीतिक भतुवा वा अवसरवादी भनिएको हो भन्ने कुराले धेरैलाई आश्चर्य पनि लाग्न सक्ला...

माथिल्लो तामाकोसीको चौथो युनिटबाट विद्युत् उत्पादन सुरु

काठमाडौं । दोलखामा निर्माण भएको राष्ट्रिय गौरवको ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको चौथो युनिटबाट समेत विद्युत् उत्पादन सुरु भएको छ ।...

ट्रेन्डिङ

भेरी अस्पताल कोरोना संक्रमितले भरियो

नेपालगञ्ज । नेपालगञ्जको भेरी अस्पतालमा कोभिड–१९ का गम्भीर प्रकृतिका विरामीको चाप बढेपछि थप कोरोना संक्रमितलाई अस्पतालले उपचारका लागि आइसोलेशसनमा राख्न समेत नसक्ने भएको छ...

खोप उपलब्ध गराऊ

महामारीको दोस्रो लहरपछि तेस्रो लहरको सम्भावनाको कुरा गरिरहँदा पनि सरकारले पहिलो चरणको खोप सार्वजनिक रूपमा सबैलाई उपलब्ध गराउन सकिरहेको छैन । अझै पनि खोपको...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 194 times, 1 visits today)