पर्सामा आज ९ प्रहरीसहित थप ७५ जनामा कोरोना संक्रमण पुष्टि

वीरगञ्ज । पर्सामा आज आइतबार ९ प्रहरीसहित थप ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।
पुष्टि भएकामा ६० पुरुष र १५ जना महिला छन् । वीरगञ्ज–२ छपकैयाकी २० वर्षीया महिलाको हिजो शनिबार मृत्यु भएको थियो । उनलाई पनि १५ जनामध्येकै संक्रमितको सूचीमा राखिएको छ ।

स्रोतका अनुसार, जिल्ला प्रहरी कार्यालयका ९, आफैं कोरोना जाँच गराएका १२ जना, क्वारेन्टिनमा बस्दै आएका ४ जना, कन्ट्याक्ट ट्रेसिङमा परेका ३१, वीरगञ्ज महानगरपालिकाका दमकलका कर्मचारी २ जना, पर्सागढी नगरपालिकाका ३ जनामा कोरोना संक्रमण देखिएको छ ।

यसैगरी, नारायणी अस्पतालका कर्मचारी ३ जना र सर्लाहीका एक जनाको पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको छ । यस्तै ज्वरो, रुघा, खोकीको लक्षण देखिएका ९ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 156 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रधानमन्त्री प्रचण्ड र देउवाबीच भेटवार्ता

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
भरतपुरमा गठबन्धनको प्रतिबद्धतापत्र : विद्युतीय चुलोमा अनुदानदेखि किसानलाई पेन्सनसम्म