खप्तड गोल्डकपमा १२ टोली

धनगढी । चौथो संस्करणको नेपाल आईस सुदूरपश्चिम अन्तर्राष्ट्रिय आमन्त्रण खप्तड गोल्डकप फुटबल प्रतियोगिताको सोमबार ट्रफी सार्वजनिक गरिएको छ । आयोजक सुदूरपश्चिम–११ स्पोटर््स क्लबले सोमबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै ९ देखि २० फागुनम्म आयोजना हुने प्रतियोगिताको ट्रफी सार्वजनिक गरेको हो ।

आयोजक क्लबका अध्यक्ष सुरेश हमालले प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जानकारी गराए । चौधरी ग्रुपको नेपाल आइसले मुख्य प्रायोजन गरेको प्रतियोगितामा दुई विदेशीसहित १२ टिम सहभागी हुनेछन् । जसमा ‘ए’ डिभिजनका ६ क्लब, २ विदेशी, १ आयोजक र ३ विभिन्न क्लब गरी १२ टोलीको सहभागिता रहेको छ । समूह ‘ए’ मा आयोजक सुदूरपश्चिम–११, बाग्मती क्लब सर्लाही, कञ्चनजंघा एफसी भारत, नेपाल एपीएफ क्लब, न्युरोड टिम (एनआरटी) र नेपाल पुलिस क्लब रहेका छन् । समूह ‘बी’ मा रुस्लान थ्री स्टार क्लब, नवजन जागृति सिमरा, प्रभु जावलाखेल युथ क्लब, गोर्खा ब्वाइज, कोवा एफसी क्यामरुन र संकटा क्लब रहेका छन् ।

प्रतियोगिताको उद्घाटन खेलमा ९ गते बाग्मती क्लब सर्लाही र कञ्चनजंघा फुटबल क्लब भारतबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको विजेताले २१ लाख १ रुपैयाँ हात पार्नेछ । दोस्रो हुनेले १० लाख १ रुपैयाँ पाउनेछ । धनगढी रंगशालामा हुने प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई मोटरसाइकल, विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई १५–१५ हजार र प्रत्येक खेलको म्यान अफ दि म्याचलाई १०–१० हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतियोगिताको अनुमानित बजेट १ करोड ५० लाख रुपैयाँ रहेको छ । गत संस्करणमा रुस्लान थ्रीस्टार क्लबलाई पराजित गर्दै नेपाल पुलिस क्लबले उपाधि जितेको थियो । प्रतियोगितालाई नेपाल टेलिकमले सहप्रायोजन गरेको छ । प्रतियोगिताको प्रायोजकमा ग्लोबल आईएमई बैंक, एभरेस्ट एकेडेमी र सगरमाथा सिमेन्ट रहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 188 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ– एमडीएमएस खरिद अनियमितताको अन्तरकथा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
सुनसरीमा २ वटा पालिकाको अन्तिम मतपरिणाम सार्वजनिक, कुनमा को अगाडि ?